जनताको भूमि ऐन जनमूखी हुनुपर्नेमा जोड

धनगढी ११ गते आषाढ । विगत २ वर्षदेखि राष्ट्रिय दलित नेटवर्क (RDN) नेपाल र सामुदायिक आत्म निर्भर केन्द्र द्वारा विशेष गरी डडेल्धुरा र बैतडी जिल्लामा संचालित भूमि अधिकार अभियान अन्तर्गत जनताको भूमि ऐन किन र कसरी भन्ने विषयमा जिल्ला स्तरीय छलफल कार्यक्रममा उपस्थित अथिति वक्ताहरुले जनताको भूमि ऐन जनमूखी हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रम जमिनमा स्वामित्व नभएका दलित भूमिहिन सुकुम्वासी मुक्त कमैयाहरुको अडान र सवालका बारेमा छलफल भएको थियो । जसको जोत उसको पोत क्रान्तिकारी तथा बैज्ञानिक भूमिसुधार लागू र भूमि ऐन २०२१ ले दलित सुकुम्वासी मोही हलिया भूमिहिन मुक्त कमैयाहरुको सवाललाई संम्वोधन गर्न नसकेको र स्पष्ट नीति नभएकोले अब बन्ने संविधान मार्फत तथा २०६४ मा आउने राष्ट्रिय योजना आयोगको दशौं योजनामा नयाँ भूमि ऐन ल्याउन र यसलाई प्रभाव पार्न जनताद्वारा जनताको भूमि ऐन तयार पार्न सरोकारवाला मार्फत राज्यलाई दबाब सृजना गर्न छलफल कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अथिति तथा प्रमुख जिल्ला अधिकारी मणि कुमार ज्ञवालीले हामीले नीति बनाउने भन्दा पनि सरकारद्वारा निर्दिष्ट नीतिलाई कार्यान्वयन गर्ने निकाय भएकोले नेपालका भूमिहिन सुकुम्वासी दलित मुक्त कमैयाहरुको प्रति व्यक्तिलाई खेती योग्य जमिन वितरण गरिनुपर्छ । भूमिको अधिकतम उपयोग कसरी गर्न सकिन्छ यसको लागि सबैले सोच्नुपर्छ भन्नु हुँदै जनताको जल्दावल्दा सवाललाई अब बन्ने भूमि ऐनमा समेट्नु पर्छ भन्नुभयो । त्यसैगरी नेकपा एमाले सेती अचंल सचिव एवं पूर्व सुकुम्वासी समस्या समाधान आयोगका अध्यक्ष दिनेश चन्द सुवेदीले अबको आन्दोलन भाषण भन्दा राशन पाउनुपर्ने हुन्छ । जनताको आन्दोलनको रक्षा गर्दै अब बन्ने संविधानमा धनी र गरिब बिचको खाल्टोलाई पुर्ने काम गर्नुपर्छ । यदि यस्तो भएन भने जँहा सामाजिक विभेद संास्कृतिक विभेद छ त्यो समाधान भएन भने परिवर्तन गर्न सकेनौं भने समाजको संरचना फेर्न भने अर्को विद्रोह उठ्न सक्छ । नेपालमा भूमि ऐन सम्बन्धि निश्चित नीति नआएकोले पनि यो समस्या समाधान हुन सकेन । दश/दश वर्षमा जग्गा नापी हुनुपर्छ संविधान सभामा दलित सुकुम्वासी भूमिहिनहरुको प्रतिनिधित्व हुनुपर्छ भन्नुभयो ।

कार्यक्रममा राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालले जिल्लामा गरेको सर्वेक्षण प्रतिवेदन संस्थाका जवालिसंह तिरुवाले प्रस्तुत गर्नु भएको थियो । उक्त प्रतिवेदनमा नेपाली कांग्रेसका बुद्धि सागर चौधरी जनमोर्चा नेपाल कैलालीका अध्यक्ष ओम प्रकाश पुन नेपाली कांग्रेस (प्र.) का छत्रराज जोशी नेकपा माओवादीका DCS क. अंकित, मुक्त कमैया समाजकी सुकदैया चौधरी पीडित पथरैयाकी रमा बादी मसुरियाका बीर िसं बि. क. मुक्त कमैया बसन्ती चौधरी धनगढी एयरपोर्टका दान बहादुर गौतमले अब बन्ने भूमि ऐन पीडितका पक्षमा हुनु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रमको सभापतित्व RDN नेपालका महासचिव मोहन ओडले गर्नुभएको थियो भने संचालन कैलाली शाखाका अध्यक्ष प्रेम बि. के. ले गर्नु भएको थियो ।

रिर्पोटिङ्ग

धिरेन्द्र बि. के.

संचार तथा मानव अधिकार विभाग

राष्ट्रिय दलित नेटवर्क (RDN) नेपाल

Posted under News, Legal Matters, Organizations Bay on Tuesday 27 June 2006 at 9:01 pm

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.