गाउँ जागरण अभियान सम्पन्न
बैतडी ११ गते आसाढ । हलिया मजदुरहरुको ज्यालाको हिसाव गरौं यीनिहरुको कामको मोल खै भन्ने मूल नाराका साथ RDN नेपालको जिल्ला शाखा बैतडीले यही असाढ १ गते देखि शुरु गरेको गाउँ जागरण अभियान ८ गते बैतडी जिल्लाको खोड्पे बजारमा आई समापन भएको छ ।
हलियाहरुको ज्यालाको हिसाव गरौं संविधान सभामा दलितहरुका एजेण्डाहरु संकलन, हलिया मुक्तिको वहस थालनी, जातीय विभेदको अन्त्यका लागि वहस थालनी, क्रान्तिकारी भूमिसुधार लागू हुनुपर्ने र भूमिमा जनताको अधिकारका विषयमा व्यापक जनचेतना जगाउने उक्त कार्यक्रमको ध्येय रहेको थियो । सोही अनुरुप बैतडी र डडेल्धुराबाट संयुक्त संचालन भएको अभियान बैतडी जिल्लाको खोड्पेमा र् याली सहित दुबै जिल्लाका दलित अभियानकर्ताहरु दियालो परिवार नेपालगंजका सांस्कृतिक टोली लगायत १५ जनाले गरेको पैदल यात्राको वृहत भेला गरी समापन भएको छ ।
बैतडी जिल्लामा एक नगरपालिका र ५ वटा गाविस र त्यसैगरी डडेल्धुरा जिल्लामा एक नगरपालिका २० वटा गाविसहरुमा भएको पैदल यात्रा पश्चात समापनमा परिणत भएको वृहत भेलाका प्रमुख अथिति तथा राष्ट्रिय हलिया अधिकार मंचका अध्यक्ष डम्बर िसंह टमटाले अबको जनताको जीतबाट स्थापना भएको लोकतान्त्रिक राज्यले हलिया प्रथाको अन्त्य गरी हलियाहरुको पुर्नस्थापनाको संगसँगै रोजगारी शिक्षा स्वास्थ्य आदिको ग्यारेण्टी गरी हलियाहरुको वास्तविक तथ्य संकलन र कार्यान्वयनका लागि राष्ट्रिय स्तरमा हलिया आयोग गठन गरिनुपर्नेमा जोड दिनु भएकॊ थियो ।
भेलामा नागरिक समाजका पृथ्वीराज अवस्थी राष्ट्रि भूमि अधिकार मंचका जगत बस्नेत RDN नेपालका महासचिव मोहन ओड केन्द्रीय सदस्य तथा बैतडी शाखाका अध्यक्ष पुरनिसंह दयाल माओवादी पार्टीका खोड्पे इन्चार्ज क. मायालु फेकोफनका मोहन शर्मा मुक्ति समाजका नरेश बि. क. पैदल यात्राका सदस्य सरस्वती नेपाली पीडित हलिया काली देवी पार्की BCDO का राम िसंह ऐर र दियालो परिवार नेपालगंजका पूर्ण सुनारले जनआन्दोलनको उपलब्धीका रुपमा स्थापीत लोकतान्त्रिक सरकारले घोषणामा मात्रै सिमित नराखिकन जनताका आवाजहरुलाई बुलन्द हुने खाले कार्यक्रमहरुको गाउँ स्तरसम्म पनि पुर् याउन जरुरी छ । घोषणाको कार्यान्वयन गर्नका लागि पीडितहरुको समानुपातिक प्रतिनिधित्व गराई आयोगहरु गठन गर्नु नै शान्ति प्रकि्रयाको खम्बा झै सावित हुनेछ ।
भेला RDN नेपालको डडेल्धुरा शाखाका अध्यक्ष ज्ञानु गैरीको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन बैतडी शाखाका सचिव तथा दलित एक्टीभिष्ट कर्णराम दयालले गर्नु भएको थियो ।
रिर्पोटिङ्ग
धिरेन्द्र बि. के.
संचार तथा मानव अधिकार विभाग
RDN नेपाल