मन्दिर प्रवेशमा रोक लगाउनेलाई अदालतबाट जरीवाना

The Ramechhap District court punishes for atrocities against Dalits.

The Ramechhap District court has punished so called upper- caste. The case was about verbal abuse. Some so called upper-caste people (like: Gunja Bahadur Chhetri, punya Bdr. basnet, Bhairab Karki etc.) discriminated to dalit people in Mahakali temple in Ramechhap District. In 2060 BS, when Dalit people entered the temple then so called upper caste people had punished the Dalits. Dalits had to paid a fine of Rs. 1650 for purifying the temple.

Then DNF filed a case against that. The case hearing date was on 2063.2.22. BS. Court decision was in favor of Dalits. The so-called upper-caste people are fined of Rs. 500/- who had committed the untouchability crime and they have to pay back Rs. 1500/- for compensation to punishing dalits who were fined by the so-called upper caste more than two years ago.

Gomati Sunar

DNF

7 Jun 2006

मन्दिर प्रवेशमा रोक लगाउनेलाई अदालतबाट जरीवाना

रामेछाप जिल्लाका दलित समुदायहरु राजन बिश्वकर्मा, गोपे बिश्वकर्मा, नर बहादुर विश्वकर्मा समेतले वेताली गा.वि.स. स्थित महाकाली देबी मन्दिरमा प्रवेश गर्दा त्यहांका कथित उपल्लो जातीका ब्यक्तिहरु गुाज बहादुर क्षेत्री कार्की, पुन्य बहादुर बस्नेत, रामकृष्ण कार्कर्ी, मोहन बस्नेत केदार काकीे गा.बि.स. को अध्यक्ष भैरव कार्की महाकाली देबी मन्दिरको पुजारी मान बहादुर बुढाथोकी समेतले दलितहरु मन्दिर भित्र पसेको कारण देखाई निजहरुले पुजाआजा गरेको करीव १०/११ दिन पछि गाउंमा बैठक बोलाई यी तल्ला जातका कामीहरु मन्दिर भित्र पसी मन्दिरलाई अपबित्र बनाए । तल्लो जातको मान्छे तिमिहरुको पानी समेत चल्दैन हामीलाई तल्ला जातका मान्छेको अनुहार देख्दा पनि साईत विगि्रन्छ हाम्रो छेउमा वस्दा छुईन्छ डुम्रा कामीहरु चोर तिमिहरु तल्ला जातका मानिसहरु भएर पनि मन्दिर भित्र पस्ने साहस कसरी गर्यौ भनि नानाथरी जातिय अपहेलनाका अपशव्द प्रयोग गरी सामुहिक बैठकमा नै दलित समुदायको बेइज्जत गर्ने गरी तल्ला जातीहरु मन्दिर भित्र पसेपछि अनर्थ हुन्छ देवता रिसाउछन । मन्दिरलाई रुद्री गरेर चोख्याउनु पर्छ । रुद्री खर्च यी कामीहरुबाट भराई पुजाआजा गरी पाठो पुजा गर्नु पर्छ भनि मन्दिर भित्र पसेको आरोपमा रु ३७०।-जरीवाना तिराउनुको साथै ३ तोलाको चांदीको त्रिसुल करीव ४८०।-रुपैयाको र १ लाल सुनको टिका रु।१०५ पर्ने बनाई मन्दिरमा चढाई ६५०।- मुल्य पर्ने पाठो समेत जरीवाना वापत तिराई पाठोको बली चढाई मन्दिर चोख्याउने काम गरेका रहेका रहेछन । निज निवेदकहरु कानूनी सहयोगको लागि दलित गै.स.स. महासंघ (DNF) मा आउनु भएपछि DNF कानूनी सहायता तथा परामर्श बिभागका अधिवक्ता गोमती सुनारले विपक्षीहरुका बिरुद्ध रामेछाप जिल्ला अदालतमा मिति २०६०।१२।१२ मा गाली बेइज्जती मुद्धा दर्ता गरेको थियों ।

देशको बदलिदो परिस्थितिका कारणले म्याद तामेल हुन ढिलाई भै यसको सुनुवाई मिति २०६३।२।२२ गते मात्र हुन सक्यो । सुनुवाइमा DNF का अधिवक्ता श्याम कुमार विश्वकर्माले बहस पैरवी गर्नु भएको थियो । रामेछाप जिल्ला अदालतले मन्दिर प्रवेश गर्दा मन्दिर चोख्याउन भनि जरीवाना तिराउने पिडकहरुबाट पिडितलाई रु. १५००।- क्षतिपूर्ति दिलाई निज पिडकहरुलाई रु ५००।- जरीवाना समेत गरेको छ ।

यसबाट पनि न्यायलाय दलितहरु प्रति केहि सकारात्मक भएको अनुभूति गर्न सकिन्छ ।


अधिवक्ता गोमती सुनार

डि.एन.एफ.

Posted under Archives-Document, Legal Matters on Tuesday 27 June 2006 at 11:56 pm

1 Comment »

  1. Comment by Mom Bishwakarma — June 29, 2006 @ 2:04 am

    This is very important decision made by district court on the issue of Dalit atrocity. Dalits being Hindus are not geeting equal oppertunity to pray and workship the God inside temple. So, let’s hope, this decision will be an example and will inspire entire Dalits. Finally, many thank to DNF and its family who is providing legal support to the victims of discrimination.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.