संविधानसभाको संरचना कस्तो हुनु पर्छ? -५ - दलितहरु बारे

संविधानसभाको संरचना कस्तो हुनु पर्छ? -५ (Source: INSN.org)

- महेश्वर श्रेष्ठ

दलितहरु बारे

संविधानसभामा प्रतिनिधित्व गर्ने सवालमा ३० लाखभन्दा बढी संख्यामा रहेका दलितहरुको प्रतिनिधित्व बारे नसोचिएमा ठूलो भूल हुनेछ । दलितहरु पनि पहाडिया र तर्राईवासी गरी दुई थरी छन् । पहाडिया दलितहरुको जनसंख्या १६१५५३७ छ भने तर्राईवासी दलितहरुको संख्या १४०५८४९ छ । यी दलितहरुमा पनि कतिपय जातजातिहरु छन् । पहाडिया दलितहरुमा कामी, दमाई, सार्की, गाइने र बादी जातका छन् । उनीहरुको जनसंख्या क्रमसः ८९५९५४, ३९०३०५, ३१८९८९, ५८८७ र ४४४२ छ । तर्राईका दलितहरुमा पनि १७ जात पाइएको छ जसमध्ये चमार (हरिजन, राम)-२६९६६१, मुसहर-१७२४३४, दुसाध (पासवान)-१५८५२५, धोबी-७३४१३, खत्वे-७४९७२, तात्मा- ७६५१२, सतार (संथाल)-४२६९८, झाँगड (धाँगड)-४१७६४, बाँतर-३५८३९, कहार-३४५३१, माली-११३९०, डोम-८९३१, हलखोर-३६२१, पत्थरकट्टा (कुशवाडिया)-५२२, राज्यले दलित भनी परिभाष्ति नभएका अन्य सम्भावित दलितहरुमा सोनार-१४५०८८, लोहार-८२६३७ र जात नखुलेका अन्य दलितहरु १७३४०१ संख्यामा पाइएका छन् । (यी जातजातिहरुलाई दलित भन्ने परिभाषा श्री हीरा विश्वकर्माको ‘दलितहरु को हुन र उनीहरुको पहिचान के हो’ शीर्षक कार्यपत्रबाट साभार गरिएको हो ।)

जातिय, भाषिक, साँस्कृतिक एवं भोगोलिक भिन्नताका कारण पहाड र तर्राईका दलितहरु बीचको सहकार्य तत्काल सम्भव देखिन्न । तर्सथ उनीहरुले स्पष्ट रुपमा पहाडे र तर्राई दलितको रुपमा अलग अलग सहकार्य गर्दा नै उचित हुने देखिन्छ । पहाडे दलितमा कामी, दमाई र सार्कीहरुले आआफ्नो प्रतिनिधि उठाउन सक्ने संख्यामा छन् । तर गाइने र बादीको संख्या अति कम भएकोले कामी, दमाई र सार्की मध्ये भावनात्मक रुपले नजिक जातका दलितसंग सहकार्य गर्दा बेस हुन्छ । तर्राईका दलितहरुमा कोही छूत जातजातिका छन्, कोही अछूत जातजातिका छन् । हुन त छुवाछूतको कुप्रथालाई कानूनत ४२ वर्षअघि नै अन्त्य गरिसकिएको हो र हालै मात्र पनि नेपाललाई छूवाछूत रहित मुलुक घोषणा गरिएको छ । तर कानून बनाउँदैमा वा घोषणा गर्दैमा व्यवहारमा यो कुप्रथा एकै पटक उन्मूलन हुने होइन । यसलाई त दर्ीघकालीन साँस्कृतिक क्रान्तिले मात्र समाधान गर्न सक्छ । छुवाछूतको सवालमा तर्राईवासीहरु अझ बढी कट्टर देखिएको सर्न्दर्भमा तर्राईका दलितहरुले पनि छूत र अछूत समूह बनाई सहकार्य गरेमा बढीया हुने देखिन्छ । आफै संगठित हुन नसकिरहेका तर्राईका यी दलितहरुलाई गोलबन्द गरी सहकार्य गर्ने गराउने काम भने एउटा कठीन चुनौति नै हो । यसका लागि सम्बन्धित दलितहरु बीच सिघ्रातिशिघ्र सर्म्पर्क, सम्बन्ध, अन्तरकृया, समझदारी को गृहकार्य हुनु जरुरी छ ।

Posted under Perspectives / Analysis on Thursday 29 June 2006 at 8:27 am

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.