अन्तरिम संविधान मस्यौदा समितिलाई एक दलित अधिकारकर्मीको हैसियतमा पेश गरेको सुझाव

अन्तरिम संविधानले पुरानो व्यवस्था र नया“ व्यवस्थालाई जोड्ने पुलको काम गर्ने भएकोले विद्यमान सकारात्मक पक्षको संरक्षण, नया“ मुद्दा र अग्रगामी अधिकारको स्थापित गदै नया“ व्यवस्थामा Jump गर्न procedure निर्धारणमा focus गर्दै निम्न कुराहरु समावेश गर्न आग्रह गर्दछु ।

१. प्रस्तावनामा समावेशी लोकतन्त्रलाई सुनिश्चित गर्ने गरी “समावेशी लोकतान्त्रीक व्यवस्थाद्धारा सबै जाति, वर्ग लिङ्गको राजनीतिक तथा सामाजिक, आर्थिक प्रकृयामा मूलप्रवाहीकरण सुनिश्चित गरिने” कुरा समावेश हुनु पर्दछ ।
२.र् धर्म निरपेक्षता संविधान मै व्यवस्था हुन पर्दछ ।
३. नेपालको निसान-छाप सम्बन्धी छुट्टै व्यवस्था हुनु पर्दछ ।
४. राष्ट्रिय गान- “गा“उछ गीत नेपाली- ज्योतिको पंखा उचाली ………….” लाई चयन गरी राख्नु पर्दछ ।
५. नागरिकता आमा वा बाबु दुवैको मध्ये कुनै एकको नाममा लिन पाउने व्यवस्था हुनु पर्दछ । आमाबाबुको पत्ता नलागेको हकमा बैकल्पीक व्यवस्थाद्धारा सहजरुपमा नागरिकता पाउने व्यवस्था गर्नु पर्दछ । सक्षम जनशक्तिको आगमनलाई प्रोत्साहन गर्न अंगिकृत नागरिकता वा “ग्रीन कार्ड” जस्तो प्रणालीको व्यवस्था हुनु पर्दछ ।
६. सामाजिक-सा“स्कृतिक-आर्थिक अधिकारहरुलाई व्यापक रुपमा संबोधन गर्न मौलिक हकमा पार्नु पर्दछ ।
७. दलित समुदायको मूल समस्याको रुपमा रहेका
-१) छुवाछूत र सबै किसिमका जातीय विभेद
-२) शक्ति, श्रोत-साधन र अवसर, सामाजिक हैसियतबाट बञ्चीतकरण
-३) प्रतिनिधित्व विहीनता
-४) बालीघरे/खलो, हली, डोली जस्ता कुप्रथाका समुल अत्त्यका लागि संबैधानिक व्यवस्थाद्धारा संबोधन गरिनु पर्दछ । उल्लेखित समस्या ग्रस्त दलित समुदाय भित्रका जातिहरुको अनुसुचिको व्यवस्था हुनु पर्दछ । वर्तमान राष्ट्रिय दलित आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय आदिवासी जनजाति प्रतिष्ठान लगायतकालाई समायोजन गरी राष्ट्रिय मूलप्रवाहबाट बाहिर पारिएका दलित, जनजाति, महिला, अपाङ्ग, मधेशी समुदाय लगायतकाहरुका अधिकारको सुनिश्चिता, संरक्षण र सर्ंवर्द्धन गर्न एक संवैधानिक आयोग -प्रस्तावित नाम ः- “मूलप्रवाहीकरण पर््रवर्धन आयोग”)को व्यवस्था हुनु पर्दछ ।
८. जातीय छुवाछूत र जातिय विभेदका व्यवहार गर्नेलाई कडा दण्डनीय - ५ वर्ष१० वर्ष्ासम्म कैद र १०००० देखि १००००० रुपैयासम्म) व्यवस्था संविधानमा हुनर्ुपर्दछ ।
९. दलित समुदायको अधिकार र विकासको लागि संवैधानिक आरक्षण अधिकार विशेष अधिकारको रुपमा व्यवस्था हुनर्ुपर्दछ ।
१०. व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, संवैधानिक अङ्गहरु, राजनीतिक पार्टर्ीीसरकारी समितिहरुको गठन विधिमै उल्लेख गरी जनसंख्याको अनुपातमा दलितको प्रतिनिधित्वको ग्यारेण्टी हुने व्यवस्था गरिनु पर्दछ ।
११. निर्वाचन प्रणालीको सर्न्दर्भमा समानुपातिक प्रतिनिधित्व (Proportional Representation) निर्वाचन प्रणाली र त्यस भित्र सूची प्रणालीको व्यवस्था हुनु पर्दछ ।
१२. ११ बमोजिम Constituency का सर्न्दर्भमा -१) साधारण -२) विशेष Constituency व्यवस्था हुनु पर्दछ । विशेष Constituency मा उमेदवारको हकमा दलित उमेदवार दलितसङ्गै, महिला महिलासङ्गै, जनजाति जनजातिसङ्गै मात्र प्रतिस्पर्धा हुृने गरी व्यवस्था हुने गर्दछ । जुन स्थानीय निकायमा बडा सदस्यका हकमा बडा महिला सदस्य चुनिने व्यवस्था थियो/छ । यो व्यवस्था सबै र सबै तहको निर्वाचनमा हुनु पर्दछ ।
१३ निर्वाचन कानून तथा नियमावली तदअनुरुप परिमार्जन हुने व्यवस्था हुनु पर्दछ ।
.१४. राजनीतिक पार्टर्ीींबन्धी व्यवस्थामा निश्चित मापदण्डका आधारमा समावेशीकरणलाई ग्यारेण्टी दिने राजनीतिक पार्टर्ीई मात्र राष्ट्रिय पार्टर्ी पहिचान दिने व्यवस्था हुनर्ुपर्दछ ।

तेज सुनार
दलित अधिकारकर्मी

Posted under News, Perspectives / Analysis, Legal Matters on Friday 14 July 2006 at 12:09 am

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.