DNF submits recommendations to Interim Constitution Drafting Committee

मितिः २०६३।०४।१८

श्रीमान …………………….ज्यू
………………………………

बिषयः- सुझाव पेश गरिएको सम्बन्धमा

महोदय,
उपरोक्त सम्बन्धमा जनआन्दोलनद्धारा स्थापीत लोकतन्त्रको जग नेपाली जनता भएको हुंदा उनीहरुका सवाल/ अधिकारहरुको सुनिश्चित गरिनु आन्दोलनको माग हो । यसै सर्न्दर्भमा अन्तरीम संबिधानमा राज्य संचालनका सबै पक्षहरुलाई समेटी लोकतान्त्रीक गणतन्त्रको संस्थागत विकास गर्न एवं समाज र राज्यद्धारा अति पछाडी पारीएका दलित समुदायको तर्फाट मुलुकभर क्रियासिल २०० भन्दा बढी दलित संघ/ संस्थाहरुको संगठन दलित गै.स.स महासंघको ०६३।२।२६-२८ सम्मको पोखराको राष्ट्रिय महाधिवेशन, सुदुर पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चलमा गरिएका क्षेत्रीय एवं राष्ट्रिय अर्न्तक्रियाबाट अनुमोदन गरी सिफारीस गरिएका सवालहरुलाई अन्तरीम संबिधानमा बिशेष महत्वका साथ समावेश गर्नु हुन, ूअन्तरीम संबिधानमा दलित ू विषय सुझाव सम्पर्ूण्ा ४५ लाख -२३ प्रतिशत) दलित जनताको प्रतिनिधि मूलक संगठनको हैसियतले यस दलित गैर सरकारी संस्था महासंघ मार्फ बिभिन्न ११ धारा हरुमा समेटी पेश गर्दछौं ।
महासंघले देशब्यापी रुपमा यिनै बिषयमा जनजागरण अभियान संचालन गरिरहेको समेत अनुरोध गर्दछौं ।
महासंघ, अन्तरीम संबिधानमा दलित समुदायको राज्य संचालन गर्ने संबिधानमा दलितका अधिकार र राज्यका सम्पर्ूण्ा निकायहरुमा समावेशी लोकतन्त्रका आधारमा कम्तीमा समानुपातिक प्रतिनिधित्वको सुनिश्चिता यस सुझाव पत्रमा पेश गरिएका धाराहरुको यस सम्मानित मस्यौदा समितिले अन्तरीम संबिधानमा समेटोस भन्ने जोडदार माग गर्दछ ।

जय दलित ११

डि.वि. सागर विश्वकर्मा
राष्ट्रिय अध्यक्ष
अन्तरीम संविधान र दलित

भूमिका

जनआन्दोलको माध्यमबाट स्थापीत लोकतन्त्रको संस्थागत विकास, समावेशी राज्य ब्यवस्था, र्सार्वभौम र राज्य शक्तिका श्रोत नेपाली जनताले विना भेदभाव राजकिय सत्ता संचालन गर्ने नेपालको शासन बिधान -संबिधान) संबिधानसभा मार्फ तयार गर्ने ,संबिधान सभामा जनताको आधारभूत अधिकारको संरक्षण र राज्यबाट पछाडी पारीएका दलित लगायत अन्य जातीहरुको राज्य संचालनको बिशेष ब्यवस्था लाई सुनिश्चित गर्दै सात दल र नेकपा माओवादी बिचको १२ बुंदे समझदारी, प्रतिनिधि सभा घोषणा ०६३ र ८ बुंदे सहमतीलाई संबोधन गरी संबिधानसभा मार्फ नयां संबिधानको ब्यवस्था नहुंदा सम्मका लागि तयार गर्न लागिएको अन्तरीम संबिधानमा दलित एवं पछाडी पारिएका समुदायर्/वर्गका तर्फाट दलित गैर सरकारी संस्था महासंघ ९म्ल्ँ० बाट पेश भएका प्रस्तावहरु ः-

१) राष्ट्रिय गानः-
जन आन्दोलनको भावना बमोजिम जातीय समानता, न्याय र समुन्नत राष्ट्र अभ्रि्रेरित राष्ट्रिय गानको ब्यवस्था गर्ने ।

२) धर्म निरपेक्षताः-
नेपाल धर्म निरपेक्ष राष्ट्र हुनेछ । जातका आधारमा कुनै पनि नागरिकलाई उसको आस्थाको धर्म मान्न, धार्मीक क्रियाकलाप गर्नबाट बंचित गरिने छैन । अरुको धर्ममा हस्तक्षेप, इच्छा विपरीत धर्म परिवर्तन गर्न /गराउन पाइने छैन ।

३) मौलिक हकः-
-क) मानव अधिकारको विश्व घोषणा पत्र र मान्यताका आधारमा नागरिकका मौलिक हक सुनिश्चित /ग्यारेन्टी गरिनेछ ।

-ख) राज्य वा समाजबाट सिमाकींत गरिएका समुदायर्/वर्गहरुमा पुगेको क्षतीपर्ुर्ति स्वरुप दलित, अल्पसंख्यक/ जनजाती, मधेशी, अपांग, वालवालिका, महिलाको अधिकारलाई र्सार्वभौम जनताका अधिकारका रुपमा संरक्षण र र्सवर्ंद्धन गर्ने ब्यवस्था गरिने छ ।

-ग) छुवाछुत र जातीय भेदभावको ब्यवहार गर्नेलाई फौजदारी अपराध सरह दण्डको ब्यवस्था गरिनेछ ।

-घ) राज्य संचालनको श्रोत नेपाली जनता भएको हुंदा सामान्ती राज्य संरचना अर्न्तगत रहेका हलिया, खली, बालीघरे प्रथा र अन्य बिभेद युक्त प्रथाहरु तुरुन्त खारेज गरी उक्त समुदाय/ वर्गहरुको सामाजिक र आर्थिक विकासको लागि बिशेष कार्यक्रमको ब्यवस्था गरिनेछ ।

४) राज्यका निर्देशक सिद्धान्त ः-
-क) राज्यका नीति निर्माणका सबै तहमा जातीय समानुपातिक प्रतिनिधित्वको आधारमा सबै वर्ग/समुदायको प्रतिनिधित्वको ग्यारेन्टी गरिनेछ ।

-ख) राज्यको नीति निर्माणको प्रक्रियामा पछाडी पारिएका दलित र महिलाहरुको हकमा क्रमश २० र ३३ प्रतिशत प्रतिनिधित्व सबै तह र संरचनामा अनिवार्य गराइनेछ ।

-ग) मुलुकलाई भेदभाव रहित शान्ति र बिकसित राज्य बनाउन दलित, जनजाती, मधेशी, महिला ,अपांगका लागि बिशेष ब्यवस्था गरिनेछ । दलित साुदायको समग्र बिकासका लागि उनीहरुको प्रत्यक्ष निर्वाचित प्रतिनिधि रहेको अधिकार सम्पन्न ूदलित बिकास परिषदू गठन गरिनेछ ।

५) निर्वाचन प्रर्ण्ााली ः-
-क) संबिधानसभा र प्रतिनिधिसभामा जनसंख्याका आधारमा समानुपातिक निर्वाचन प्रर्ण्ाालीको ब्यवस्था गरिनेछ । जनसंख्याको बैज्ञानिक र ब्यवहारीक तथ्यांक संकलनको ब्यवस्था गरिनेछ ।

-ख) ब्यवस्थापिका र स्थानीय निकायमा दलित एवं अन्य पछाडी पारिएका समुदायर्/वर्गको समानुपातिक प्रतिनिधित्वलाई सुनिस्चित गर्न बिशेष निर्वाचन क्षेत्रहरु निर्धारण गरी उक्त क्षेत्रहरुमा पछाडी पारिएका समुदाय/ वर्ग बीचको प्रतिष्पर्धात्मक प्रक्रियाद्धारा निर्वाचन गर्ने ब्यवस्था गरिनेछ ।

६) कार्यपालिका ः-
मन्त्री परिषदको गठन गर्दा समावेशीको आधारमा समानुपातिक प्रतिनिधित्व गराइनेछ ।

७) ब्यवस्थापिका ः-
-क) कानून निर्माणको सम्पर्ूण्ा कार्य ब्यवस्थापिकाले गर्ने हुंदा समावेशी लोकतन्त्रका आधारमा सबै वर्ग जातीको समानूपातिक प्रतिनिधित्व भएको ब्यवस्थापिकाको निर्माण गरिनेछ ।

-ख) सात दल र नेकपा माओवादी बीचको ८ बुंदे सहमती अनुसार हाल बहाल रहेको प्रतिनिधिसभाको बिकल्पमा समाबेशी लोकतन्त्रको सिद्धान्तको आधारमा दलित, महिला, आदिवासी/जनजाती, मधेशीको समानूपातिक प्रतिनिधित्व भएको र्सार्वभौम अधिकार सम्पन्न वैकल्पीक ब्यवस्थापिकाको गठन गरिनेछ ।

८) न्यायपालिका ः-
-क) स्वतन्त्र र स्वायत्त न्यायपालिकाको ब्यवस्था गरिनेछ ।
-ख) न्यायीक परिषदले न्यायमा पहुंच नपुगेका दलित, महिला एवं अन्य पछाडी पारिएका समुदाय र्/वर्गबाट न्याय सम्पादन गर्ने दक्ष अधिकारीहरुको विकासमा बिशेष नीति तथा कार्यक्रम बनाइनेछ ।

९) संबैधानीक निकाय ः-
राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोग र राष्ट्रिय महिला आयोगलाई संवैधानीक निकायका रुपमा ब्यवस्था गरिनेछ ।

१०) राजनैतिक दल सम्बन्धी ब्यवस्था ः-
राजनीतिक दलहरुको सबै तहमा दलित, महिला र समाजबाट पछाडी पारिएका अन्य समुदायको समानुपातिक प्रतिनिधित्वको सुनिश्च्िात गर्ने ब्यवस्था गरिनेछ ।

११) नागरिकता ः-
वंशज र थरका आधारमा विना जातीय भेदभाव नागरिकता पाउने जन्म सिद्ध अधिकारको ग्यारेन्टी गरिनेछ । नागरिकताबाट बंचित मधेशी, भूमिहिन, वादी नेपाली नागरिकलाई नागरिकता तुरुन्त उपलब्ध गराउन ब्यवस्था गरिनेछ ।

२०६३।०४।१८

डिवि सागर विश्वकर्मा
राष्ट्रिय अध्यक्ष
दलित गैर सरकारी संस्था महासंघ
-केन्द्रिय कार्यसमिति एवं दलित
संघ संस्थाहरुको तर्फाट)

Posted under News on Saturday 5 August 2006 at 9:53 am

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.