नेपालमा छुवाछुत र लिंगभेद उन्मूलन

नेपालमा छुवाछुत र लिंगभेद उन्मूलन

- दीर्घ राज प्रर्साई

जातिभेद, लिङ्गभेद र छुवाछुत प्रथालाई उन्मूलन गर्ने हो भने सशक्त अभियान सञ्चालन नगरी उन्मूलनको कुनै सम्भावना छैन ।

२०५६ सालतिरको कुरा हो स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकामा सप्ताह पुराणको अन्तिम दिन पण्डित रामचन्द्र कोइरालाले २७ जना दलीत युवालाई गायत्री मन्त्र सुनाएपछि त्यही निहुँमा नगरबासी र गाउँलेहरूले पं.रामचन्द्रलाई सामाजिक बहिष्कार गरे । अहिलेसम्म त्यो ठाउँमा दशैं, तिहार, विवाह, प्रतवन्ध कति आए-गए तर रामचन्द्र पण्डितलाई कसैले बोलाएका छैनन् र उनले कुनै कार्यमा बोलाउँदा पनि कोही आएका छैनन् । उनका आमाबाबु उनले छोएको खादैनौं भन्छन् । पण्डित रामचन्द्र कोइरालाले दलीतहरूलाई गायत्री मन्त्र सुनाएर छुवाछुत प्रथालाई ठूलो चुनौती दिनखोजेका हुन् भने यस्ता महान् समाज सुधारकलाई राज्य र दलित संस्थाहरूले पुरस्कृत गरेर एउटा नमूनाको रूपमा प्रस्तुत गर्न सकेनन् ।

मुगु जिल्लाको होग्लु गाउँका जग्गीप्रसाद उपाध्यायलाई माओवादी कार्यकर्ताले दर्ुइवर्षअघि अछुतले छोएको पानी जबरजस्ती खुवाएपछि कर्ण्ााली नदीमा हामफालेर आत्महत्या गरे । उनी मरेको १८ दिनपछि उनको घाँटीमा वेदको पुस्तक बाँधेको अवस्थामा उनको मृत शरीर भेटिएको थियो । अछुतले छोएको पानी मुखमा परेपछि मुक्तिका लागि वेदको पुस्तकसाथ आत्महत्या गरेर चोखिने काम गरेको हुनसक्छ । यस्तो छ हाम्रो समाज । यस्तै केहीवर्षघि धनकुटा बजारमा राममाया विश्वकर्मा दलित महिलाले बैंकको ऋण लिएर १५ कुरुवाभन्दा बढी दूध दिने भंैसी किनेर ल्याइन् तर भैंसीको दूध लिन कसैले मानेन । दूध फालाफाल भयो । सरकार एवं कुनै संस्थाले उनी माथि सहानुभूति दिने काम गरेन । हामीले देखेका छौं कि कतिपय ठाउँमा दलितले माथिल्लो जातकी छोरी र माथिल्लो जातकाले अछुतकी छोरीसँग वैवाहिक सम्बन्ध कायम गर्दाको अवस्थामा सामाजिक बहिष्कार गरेर यस्तो विचल्ली बनाइन्छ कि उनीहरूलाई स्यावासी दिने, सहानुभूति राख्ने कोही हुँदैनन् । यस्तो ग्रसित छ नेपालको सामाजिक जीवन । त्यसैले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न सुरुसुरुमा राज्यले पुरस्कार वा रोजगारीको व्यवस्था गर्ने प्रारम्भ गरेमा यसबाट पनि केही मात्रामा समस्याको निराकरण गर्नसक्ने आधार बन्नसक्छ ।

नेपालमा ठूल्ठूला परिवर्तन भएका छन् । तर छुवाछुत तथा लिङ्गभेदबाट नेपाली समाज मुक्त हुनसकेकोे छैन । २०६३ सालमा भएको आन्दोलनले छुवाछुत तथा लिङ्गभेदलाई कसरी मनोवैज्ञानिक रूपले उन्मूलन गराउन सकिन्छ भन्ने विषयमा पर्ुनस्थिापित प्रतिनिधिसभाबाट नेपाललाई छुवाछुद मुक्त राष्ट्र घोषणा गर्ने प्रस्ताव पारित गरियो । तर युगौंदेखि जकडिएको रोगलाई संसद्बाट संकल्प प्रस्ताव पारित गर्दैमा उन्मूलन हुनसक्तैन । भारत स्वतन्त्र भएको यतिका वर्षभइसक्दा पनि अझसम्म छुवाछुत प्रथाले यस्तो जरा गाडेको छ कि कुनै दलित बेहुलाले विवाहमा घोडा चढेर हिँडेमा उपल्लो जातले कुटपिट गर्नेगर्छन् । नेपाली समाजमा पनि परम्परागत रुढ्रि्रस्त कट्टरताको कारणले मानवीय स्वतन्त्रताको उपहास भइरहेको छ । जातिभेद, लिङ्गभेद र छुवाछुत प्रथालाई उन्मूलन गर्ने हो भने सशक्त अभियान सञ्चालन नगरी उन्मूलनको कुनै सम्भावना छैन । दर्ुइ करोड चालिस लाख जनसंख्या भएको नेपालमा ४० लाख जनसंख्या दलित -कामी, दमाई, सार्की, कुसुले, पोडे, चमार) आदिको छ । केही पढेलेखेका र राजनीतिमा लागेका दलित छुवाछुतको पीडाबाट भौतारिएर कसरी यो रोगबाट नेपाललाई मुक्त गराउन सकिन्छ भनेर राज्यको सहारा खोज्दै हिंडेका छन् । छुवाछुत उन्मूलनको आन्दोलनमा दलित नेताहरू सहस्रनाथ कपाली, हीरालाल विश्वकर्मा, टि.आर. विश्वकर्मा र हालमा हीरा विश्वकर्मा, जीतु गौतमलगायत थुप्रै व्यक्तिबाट प्रयास गरिए पनि राज्य र दलित नेताहरूबाट जति नै प्रयत्न भए पनि छुवाछुत प्रथामा खास परिवर्तन आएको देखिँदैन । संविधान तथा ऐन कानुनले छुवाछुत प्रथालाई बन्देज गरेको छ । कानुनी रूपमा लिङ्गभेद, छुवाछुत प्रथा उन्मूलन गर्नमा २०२० सालको नयाँ मुलुकी ऐनले ठूलो योगदान पुर्‍याएको पनि हो । यसको परिणाम संसद्, मन्त्रिपरिषद्, श्री ५ को सरकारका कार्यालयहरू, संस्थान तथा उद्योगहरू, सभासम्मेलन, शिक्षण संस्था र पठनपाठ, होटल, क्लब, सामाजिक संस्थाहरू कहीँकतै छुवाछुत छैन । तर पनि गाउँ नगरहरूमा छुवाछुत प्रथाले यस्तो जरा गाडेको छ कि यसलाई उन्मूलन गर्न सानोतिनो प्रयत्नबाट सम्भव छैन ।

नेपालका कतिपय ठाउँमा दलित जातिले प्रयोग गरेको कुवाको पानी छुन झिक्न र खान पाइँदैन । दलितले खाएको चियाको ग्लास कतिपय ठाउँमा चल्दैन । ग्रामिण भेगमा होटलहरूमा दलितले खाएको चियाको ग्लास आफँैले माझेर राखिदिनु पर्छ । एउटै मानव जातिभित्र यस्तो भेद देखापरेपछि देश कसरी अगाडि बढ्नसक्छ - सबभन्दा ठूलो दर्ुभाग्य त कामी, दमाई, सार्की आदि दलित समुदायबीचमै एकअर्काले छोएको नखाने कुसंस्कारले ग्रसित गरेको छ । यसरी एक जातले छोएको पानी अर्को जातले नखाने, पानी नचल्ने, अछुत भएकै कारण घरडेरा नपाउनु, अछुत भनेर थाहा पाएपछि डेरैबाट निष्कासन गर्नु, मन्दिरभित्र प्रवेश नपाउनु, सरकारी जागिर, सैनिक र प्रहरीभित्रै पनि दलित भनेर हेप्ने प्रवृत्ति र उपल्लो जातिले अछुतकी छोरी र अछुतले उपल्लो जातकी छोरीसँग विवाह गर्दाको अवस्थामा भइरहेको बिचल्ली, देशभित्र यसरी नागरिकहरूकै बीचमा विभाजन भएको अवस्थामा नेपाल बनाउछु भन्नेहरूका लागि यहाँभन्दा ठूलो चुनौती र दर्ुभाग्य के हुनसक्छ - यसमा छुवाछुत निमर्ूृल गर्न राज्यबाटै क्रान्तिकारी कार्यक्रम गाउँस्तरमै कार्यान्वयन गरेर नदेखाएसम्म नेपालमा प्रजातन्त्र छ भन्नु त्यसको कुनै अर्थ रहँदैन ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले पनि बिसे-नगर्ची जस्ता दमाईं, कामी, सार्की, कुसुले आदिसँग विश्वास गरेर नेपालको राष्ट्रिय एकीकरणमा सबै जातिको सहयोग लिएर हामी सबै एकै आमाका सन्तान हौं भन्ने मनोवैज्ञानिक प्रभाव दिन खोजेका थिए । छुवाछुत जस्तो कुसंस्कारले नेपाली जातिमा ठूलो बाधा खडा गरेको देखेर आफ्ना हजुरबाको सदिच्छा पूरा गराउन रणबहादुर शाहले काठमाडौं हालको टुँडिखेलको दक्षिण- पश्चिम भद्रगोल अगाडि जगन्नाथको मन्दिरको निर्माण गरेर ब्राहृमण, क्षेत्री, नेवार, मगर, तामाङ, कामी, दमाईं, सार्की, कपाली, कर्साई, पोडे आदि कडा आदेशकासाथ एकैठाउँमा, एउटै भोजमा खानपीन गराउने काम भयो । राजाबाट यस्तो साहसिलो सहभोजको हरक्षेत्रबाट र्समर्थन आउनुको सट्टा कट्टरवादी बाहुनहरू क्रूर भएर भित्रभित्रै ‘राजा बहुलायो’ भन्नथाले । कामी, दमाईं, सार्की आदि अछुतसँग एउटै भोजमा खुवाएकोमा राजा बहुलाएको होहल्ला फिँजाएर राजालाई सन्न्यास लिन बाध्य बनाएका थिए । रणबहादुर शाहले विभिन्न जातका नेपालीलाई एउटै नेपाली जाति बनाउन प्रयत्न गरे पनि उनलाई इतिहासमा राम्रो राजाका रूपमा मानिँदैन । त्यसैले गर्छर्ुुनेर मात्र हुँदैन ।

छुवाछुत प्रथा यो कुनै धर्मशास्त्रको उपज होइन । वेदमा छुवाछुतको कुनै भेदभाव छैन । वास्तवमा युद्धबन्दी, राज्यले जात झारेका र हाडनाता करणीको मामिलाबाट समाज बहिष्कार हुनपुगेकाहरूबाट उब्जेका समस्याका कारणले छुवाछुत प्रथाले संस्कारको रूप लिनपुगेको हो । प्राचीनकालमा विभिन्न राज्यको विकास र विस्तार हुने क्रममा राज्यहरूको जित्ने र हार्ने क्रम जारी भइरहन्थ्यो । जित्नेले हरुवा राज्यका युद्धबन्दीलाई अछुतको रूपमा व्यवहार गरेर लुगा सिउने, सुनको काम गर्ने, फलामको काम गर्ने, छालाको काम गर्ने, गानबजान गर्ने इत्यादि कामको भागबण्डा गरेर कामी, दमार्इं, सार्की, कुसले आदिको जन्म हुन गएको हो । मनुस्मृतिमा युद्धमा हारेको, बेचिएको र दासत्व स्वीकार गरेकाहरूलाई शुद्रको दर्जामा राखी त्यस्ताहरूलाई अमानवीय तरिकाले अत्यन्त सास्ती दिने कुरा उल्लेख गरेर मानव जातिमा नै ठूलो विभाजन ल्याउन खोजेको देखिए पनि त्यो युद्धबन्दी र सामाजिक बहिष्कार भएकालाई मात्र सास्ती दिएर चेतना दिलाउन खोजेको जस्तो लाग्छ किनकि अहिले पनि विष हाल्लान् भन्ने डरले अमेरिकीहरूले इराकी युद्धबन्दीहरूले छोएको पानी नखालान् ।

क्रिश्चियन नीतिमा जातिभेद, छुवाछुत छैन भनेर समानताको नारा जतिनै दिए पनि दक्षिण अप्रिmकामा काला जाति हिँड्ने बाटो, बस, रेल र गोराहरूले हिँड्ने बाटो बस, रेल अलग भएको र गोराले पढ्ने विद्यालयमा काला जाति पढ्न पाउँदैन थिए । यसका लागि दक्षिण अप्रिmकाका नेता नेल्सन मन्डेलाले २६ वर्षजेल सजाय भोग्नुपरेको थियो । यसरी क्रिश्चियन, यहुदी, मुसलमान आदि धर्ममा रहेका कुसंस्कारलाई सजिलै परिवर्तन गर्न सकिँदैन । यसका लागि राज्य र राज्यका सबै पक्षको मिलेमतोमा ग्रामीण स्तरमै पुगेर क्रान्तिकारी अभियान सञ्चालन गर्न सकेमा मात्र विश्वका समस्त मानव मात्रमा मानवीय चेतना आउनसक्छ । विनाक्रान्ति रुढ्रि्रस्त छुवाछुत प्रथाको उन्मूलन हुनै सक्तैन । त्यसोभएकाले मनोवैज्ञानिक रूपमा छुवाछुतप्रथा र यस्ता कुसंस्कारलाई निर्मूल गर्न ग्रामीण तहमै अभियानका रूपमा देशभक्त गैरदलित तथा दलित नेताहरूलेे सशक्त समितिहरू गठनगर्ने र यसका लागि राज्यले सारा वातावरण बनाइदिनसक्नु पर्दछ ।

स्रोत: www.gorkhapatra.org.np

Posted by राजेन्द्र बिश्वकर्मा on September 4th, 2006

Posted under Perspectives / Analysis on Tuesday 12 September 2006 at 10:34 pm

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.