दलित आन्दोलनमा राजनीतिक पार्टीको ऐक्यवद्धता
दलित आन्दोलनमा राजनीतिक पार्टीको ऐक्यवद्धता
धनगढी, २९ असोज । शैलेश्वरी मन्दिर प्रवेश गरी फर्केका दलितहरुमाथि सांघातिक आक्रमण भएको विरोधमा भइरहेको दलित आन्दोलनमा सात राजनैतिक दलहरुले ऐक्यवद्धता जनाएका छन् । आइतबार धनगढीमा शैलेश्वरी काण्ड र राजनीतिक पार्टर्ीीवषयक अन्तरक्रियामा बोल्दै नेपाली कांग्रेस कैलालीका सचिव प्रेमराज जोशीले दलितको आन्दोलनमा कांग्रेसको ऐक्यवद्धता रहेको जनाउनुभयो । उहाँले हरेक सामाजिक समस्याको समाधान राजनीतिले गर्ने बताउनुभयो ।
दलित आन्दोलनको नेतृत्व पनि सात राजनीतिक दलमा आवद्ध दलितहरुले नै नेतृत्व गर्नुपर्ने उहाँले बताउनुभयो । शैलेश्वरीमा भएको घटनाको विरोधको आन्दोलन गैर सरकारी संस्थाको नेतृत्वमा भईरहेकोमा उहाँले चिन्ता प्रकट गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले कैलालीका सदस्य यज्ञराज बास्तोलाले राज्यको ऐतिहाँसिक घोषणालाई उल्लंघन गर्नेहरुलाई कडा कारवाही गरिनुपर्ने माग राख्नुभयो । उहाँले डोटीका अन्य गाउँहरु भन्दा सिलगढीका बासिन्दाको चिन्तन अत्यन्तै साघुरो रहेको बताउनुभयो ।
उहाँले शैलेश्वरी काण्डको विरोधमा भइरहेको दलित आन्दोलनमा एमालेको सक्रिय र्समर्थन रहेको बताउनुभयो । त्यसैगरी नेपाली कांग्रेस-प्र.) कैलालीका सह-सचिव नरनारायण शाहले सिलगढीको घटना मण्डलेहरुको संरक्षणमा भएको आरोप लगाउनुभयो । सो घटनाको दोषी माथि कडा कारवाही हुनुपर्ने उहाँले माग राख्नुभयो ।
कार्यक्रममा जनमोर्चा नेपाल कैलालीका नेता जयराज भण्डारी, अर्को जनमोर्चा नेपालका केन्द्रीय सदस्य दान बहादुर विश्वकर्मा, कैलाली बहुमखी क्याम्पसका स्ववियू सभापति यज्ञराज ढंुगाना, नेविसंघका लेखराज जोशी, दलित नेता गणेश बि. के., मुक्ति समाज कैलालीका अध्यक्ष भानसिंह बि. क., हरि श्रीपाईली र लक्ष्मण तुलाचन लगायतले बोलेका थिए ।
Report by Ganesh BK, RDN Nepal