ऐतिहासिक राजनितिक लिखित निर्णयहरुमा दलित
सत्तारूढ सात दल र विद्रोही माओवादीबीच एघार वर्षे द्वन्द्व समस्या समाधान गर्न राजनीतिक एजेन्डा र हतियार व्यवस्थापनको मुद्दामा ऐतिहासिक समझदारी भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार र मंगलबार [2063-7-22]आठ दलबीच भएको २१ घन्टा लामो गम्भीर वार्तापछि छ वटा शीर्षकमा ६७ वटा भिन्न भिन्न बुँदाहरु युक्त सम्झौता भएको हो । आठै दलका शीर्ष नेताले हस्ताक्षर गरी मंगलबार राति सम्झौता सार्वजनिक गरेका छन् ।
सहमतिअनुसार अन्तरिम संविधान समितिद्वारा मस्यौदा गरिएको संविधानलाई मंसिर ५ गतेसम्ममा पूर्णता दिइनेछ । जनआन्दोलन-२ को बलमा पुनःस्थापित प्रतिनिधिसभाले मंसिर १० गते अन्तरिम संविधानको घोषणा गर्नेछ ।
अन्तरिम संविधानको घोषणा गरेपछि वर्तमान संसद् भंग गरी सोही दिन अन्तरिम संसद्को घोषणा हुनेछ र त्यसले अन्तरिम संविधानलाई अनुमोदन गर्नेछ । मंसिर १५ गते अन्तरिम सरकार गठन गरिनेछ ।
आठ दलबीचको सहमतिअनुसार अन्तरिम संसद् एक सदनात्मक र ३ सय ३० सदस्यीय हुनेछ । अन्तरिम संसदमा कांग्रेसलाई सबभन्दा ठूलो दलको हैसियत दिइएको छ । त्यसपछि एमाले र माओवादीलाई ७३/७३ सिट दिएर समान हैसियतको दलको मान्यता दिइएको छ । राजनीतिक क्रम तालिकामा एमालेलाई माओवादीभन्दा माथि राखिएको छ । More www.dalitonlinenews.tk