आरक्षण सम्वन्धी मुद्दाको अन्तिम सुनुवाई

मितिः २०६३/०७/३०

श्री दलित अधिकारको सरोकारवाला महानुभावज्यूहरु,

विषयः आरक्षण सम्वन्धी मुद्दाको अन्तिम सुनुवाई सम्बन्धमा ।

महोदय,

उपरोक्त सम्वन्धमा नेपालमा लामो समयदेखि दलित आन्दोलनले आरक्षणको लागि सवाल उठाउदै आएको र राज्यले सुनेकोनसुन्यै गर्दैआएको पृष्ठभूमिमा यस संस्थाद्वारा देशको संविधान र अन्तर्राष्ट्रिय कानून बमोजिम आरक्षण सम्वन्धी स्पष्ट कानून अविलम्व निर्माण गर्न परमादेशको आदेश माग गरी सार्वजनिक सरोकारको मुद्दा सम्मानित सर्बाेच्च अदालतमा मिति २०६१ साल माघ १ गते दायर भै सो उपर सरकारका नाममा कारण देखाउ आदेश जारी भैसकेको र सो मुद्दाको अन्तिम सुनवाई मिति २०६३ साल मंसिर ४ गते हुने भएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौं ।

…………………….
रत्नबहादुर बागचन्द
कार्यकारी निर्देशक/ संस्थापक अध्यक्ष

Posted under News on Sunday 19 November 2006 at 5:14 am

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.