सातदल-माओवादी सहमति र दलित सरोकार विषयक अर्न्तकृया कार्यक्रम सम्पन्न
सातदल-माओवादी सहमति र दलित सरोकार विषयक अर्न्तकृया कार्यक्रम सम्पन्न
मंसिर ३, काठमाडौं । दलित गैरसरकारी संस्थामहासंघले सातदल र नेकपा माओवादीवीच कार्तिक २२ गते भएकेा शान्ति सहमतिमा दलितका सरोकारलाई समेट्न नसकेको सर्न्दर्भमा यही मंसीर ३ गते आईतवार हिमालयन होटलमा एक अर्न्तकृया कार्यक्रम सम्पन्न गरेको छ ।
सातदलका नेताहरु लगायत दलित अगुवा कार्यकर्ताहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा वक्ताहरुले यो सहमतिले दलित तथा जनजातिलाई उचित सम्वोधन नगरी फेरि पुरानै प्रकृयाले मुलुक चलाउन खोजेको गुनासो गरेका छन् ।
कार्यक्रममा महासंघका सचिव तेज सुनारले सम्वन्धित विषयमा एक अवधारणा प्रस्तुत गर्नु भएको थियो । जस्मा समालोचना गर्दै नेकपा एमाले स्थायी समिति सदस्य केशव बढालले यस सहमतिले दलितलाई फेरिपनि यथोचित सम्वोधन गर्न नसकेकोमा खेद प्रकट गर्नु भएको छ । वहाँले भन्नुभयो -”दलितको समानुपातिक प्रतिनिधित्वका लागि हामीले समानुपातिक निर्वाचन प्रणाली र जनमत संग्रहको सर्न्दर्भ उठाएका थियौं, तर त्यसमा सहमति हुन सकेन यो दुःखका कुरा हो ।” यद्यपि, आगामी दिनमा दलितहरुको यथेाचित समावेशीकरणका लािग नेकपा एमाले र आफू सदैव तयार रहेको कुरा वढालले वताउनु भएको छ । कार्यक्रमका अर्का वक्ता नपाली काँग्रेस प्रजातान्त्रिकका मिनेन्द्र रिजालले आफ्नो पार्टर्ीीलितको पक्षमा सधै रहेको प्रष्ट्याउंदै आफ्ना पार्टर्ीीट ३ जना दलितलाई अन्तरिम संसदमा पठाउने निर्ण्र्ााभईसकेको जानकारी दिनु भयो भने वहाँले दलितहरुले उठाएको दलित मन्त्रालय गठन गरिनु पर्ने सम्वन्धमा भने आपति जनाउन भएको छ । त्यसैगरी नेपाली काँग्रेसका खेमराज मायालुले सहमतिमा नअटेका वुंदाहरु आपसी छलफल गरी दलितलाई समानुपातिक प्रणाली अनुसार नै प्रतिनिधित्व गराउनु पर्नेमा आफ्नो पार्टर्ीी्रतिवद्ध भएकेा कुरा दोहोर्याउदै राजाका सम्पति भूमिहिन दलितहरुको उत्थानको लागि वितरण गर्नुपर्नेमा समेत जोड दिनु भएको छ । वहाँले आन्तरिक रुपमा रहेको जातपात र छूवाछूतलाई पनि आफैंभित्रबाट निर्मूल गर्नमा पनि दलित कार्यकर्तासंग आग्रह गनर्ुृ भएको छ । त्यसैगरी नेपाली कांग्रेसका सुनील कुमार भण्डारीले जवसम्म मुलुकमा साँस्कृतिक परिवर्तन हुदैंन, तवसम्म समान ढंगले राज्यको सेवा सुविधाहरु प्रदान गर्न नसकिने हुनाले शिक्षा, स्वास्थ्य, रोजगारी र हरेक क्षेत्रमा समावेशीकरणका लागि दलितहरुले शान्तिपर्ूण्ा आन्दोलनलाई निरन्तरता दिनुपर्नेमा जोडदिनु भयो । कार्यक्रममा अर्का वक्ता तथा दलित आयोगमा पर्ुवअध्यक्ष पद्मसिंह विश्वकर्माले राज्यसत्ताले दलितहरुलाई इतिहासदेखि नै ठग्दै ल्याएकोले अवको नयाँ राज्यसत्ताले दलितहरुलाई त्यसको क्षेतीपर्ूर्ती स्वरुप जनसंख्याको आधारमा हरेक क्षेत्रमा सहभागिता गराउने खालको विशेषाधिकार प्रदान गर्नुपर्ने माग राख्नुभएको छ ।
महासंघका कार्यवाहक अध्यक्ष टेकवहादुर रैकाको अध्यक्षतामा आयोजित कार्यक्रममा विजुल विशवकर्मा-नेका), दलसिंह कामी-नेका प्रजातान्त्रिक), जगतवहादुर वोगटी-माले) समेतले आफ्ना धारणाहरु राख्नु भएको थियो भने त्यसमा ओमप्रकाश भिके, रत्न वागचन्द, शम्भुहजारा पासवानर्,र् इन्द्र अर्याल, भोजमान लामगादे, लुमासिंह विश्वकर्मा आदिले नेताहरुको वोली र ब्यवहारमा फरक भएको र त्यही अनुसार दलितहरु फेरीपनि पछाडि पर्न सक्ने विषयमा ध्यानाकर्षा गराउनु भएको थियो ।