उपाध्यक्ष रामप्रित पासवान माथि भएको हातपातप्रति महासंघको घोरभर्त्सना

प्रेस विज्ञप्ती: उपाध्यक्ष रामप्रित पासवान माथि भएको हातपातप्रति महासंघको घोरभर्त्सना

मुलुक आमूल परिवर्तनको दिशातिर उन्मुख भई समानता, स्थायी शान्ति, दिगो विकास र समृद्धिकेा लागि सवै नागरिकहरु एकवद्ध भईलाग्नु पर्ने घढीमा फेरिपनि उग्रवादी व्राम्हणवादी मानसिकताको कुण्ठनमा पालिएका केही ब्यक्तिहरुले क्षेत्रीय स्वाभिमानको नाममा यही मंसीर ३ गते आईतवार, जनकपुरको मिथिला महोत्सवमा सम्वोधन गर्नपुग्दा राष्ट्रकै सम्मानित ब्यक्ति, राष्ट्रिय सभाको उपाध्यक्ष माननीय रामप्रीत पासवानमाथि सांघातिक हमला र नेकपा एमालेका महासचिवमाथि अभद्र ब्यवहार गरेकोमा महासंघ गहिरो खेद् ब्यक्त गर्दछ ।

संविधानसभामार्फ जातिगत तथा क्षेत्रगत समस्यालाई समेत सम्वोधन गरी मुलुक र मुलुकवासीको नयँा भविश्य निर्माण गर्नुपर्ने यस मौकामा मधेसी-पहाडी वा उच्च- नीच वा भेषभूषाको क्षणीक फरकमै कुनैपनि नागरिक लगायत यस्ता ब्यक्तित्वमाथि यस्तो किसिमको निन्दनीय र क्रुर ब्यवहार दर्शाउनु मानवीय कार्य हुनसक्दैन, वरु केही सन्तुष्ठी वा असन्तुष्ठीहरु भए वौद्धिक दवाव दिनु, त्यसैअनुकुल नीति निर्माण गर्न प्रेरीत पार्दै आवश्यक सरसल्लाह प्रदान गर्नु, आजको आवश्यकता हो भन्ने महासंघको राय छ । अतः क्षेत्रगत भेषभूषकै आधारमा वा विखण्डन र अशान्ति उत्पन्न गराउने यस्ता खालका गुण्डागर्दी संस्कार तथा कृयाकलापको घेार-भर्त्सना गर्दै सो घटनाका दोषीहरुलाई यथास्रि्र पक्राऊ गरी कारवाही गर्नका लागि नेपाल सरकारसमक्ष महासंघ जोडदार माग गर्दछ ।

तेज सुनार
(सचिव)
दलित गैरसरकारी संस्था महासंघ (DNF)
केन्द्रीय कार्यालय, काठमाण्डौं
Mon, 20 Nov 2006 16:11:42 +0545

Posted under Organizations Bay on Monday 20 November 2006 at 5:52 pm

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.