आरक्षण सम्वन्धी मुद्दाको अन्तिम सुनुवाई हुन नसकी मिति सरेको
मितिः २०६३ ०८ ०४
श्री दलित अधिकारको सरोकारवाला महानुभावज्यूहरु,
विषयः आरक्षण सम्वन्धी मुद्दाको अन्तिम सुनुवाई आज हुन नसकी मिति सरेको सम्बन्धमा ।
महोदय,
उपरोक्त सम्वन्धमा देशको संविधान र अन्तर्राष्ट्रिय कानून बमोजिम आरक्षण सम्वन्धी स्पष्ट कानून अविलम्व निर्माण गर्न परमादेशको आदेश सम्वन्धी सार्वजनिक सरोकारको मुद्दाको अन्तिम सुनवाई आज मिति २०६३ साल मंसिर ४ गते समयाभावको कारणले सम्पन्न हुन नसकी अर्का समय मिति २०६३ साल माघ ३ गते सम्मानित सर्बाेच्च अदालतबाट तोकिएको ब्यहोरा जानकारीको लागि अनुरोध गर्दछौं ।
रत्नबहादुर बागचन्द
कार्यकारी निर्देशक
संस्थापक अध्यक्ष
ल्यानकाउ नेपाल