सुदूर पश्चिमाञ्चल संयुक्त दलित संर्घष्ा समितिको ध्यानाकर्षण मागहरु

सुदूर पश्चिमाञ्चल संयुक्त दलित संर्घष्ा समिति
मिति ः २०६३/७/२३ गते

नेपाली जनताले २००७ सालदेखि हालसम्म पटक पटक गर्दै आएका ऐतिहाँसिक संर्घष्ा र जनआन्दोलनबाट अर्थपर्ूण्ा शान्ति सहितको लोकतन्त्र प्राप्त हुने महान आशा र विश्वासका साथ २०६३/७/२२ गते राति सात दल र माओवादी बीच भएको शिखरवार्ताद्वारा भएको ऐतिहाँसिक सम्झौताप्रति र्सवप्रथम सुदूरपश्चिमाञ्चल संयुक्त दलित संर्घष्ा समितिका तर्फाट स्वागत गर्दछौं । यसका साथै सो सहमत्रि्रति निम्न कुराको ध्यानाकर्षा गर्न चाहन्छौं ।

१) सम्झौताको बुँदा नं. ३-३) मा ४८ जनाको मनोनयनमा दलित समुदायको स्पष्ट उल्लेख नगरी उत्पीडित, पेशागत आदि अमर्ूत शब्दावली राखिएकोले सो ठाउँमा स्पष्ट संख्या सहित दलित समुदायको आरक्षणको ग्यारेण्टी गरियोस् ।

२) शान्ति प्रकृयाका क्रममा प्रस्ताव गरिदा विभिन्न उच्च स्तरीय आयोगहरुमा दलितहरुको प्रतिनिधित्वको सुनिश्चित गरियोस् ।

३) अन्तरिम संविधान मस्यौदा ०६३ जारि गरेका दलित जनसंगठन तथा संघ/संस्थाहरुद्वारा पेश गरिएका आरक्षण लगायतका मागहरु संवोधन हुने गरी र्सार्वजनिक गरियोस् ।

४) जनआन्दोलन २०६२/६३ बाट स्थापित संसदले गरेका ऐतिहाँसिक घोषणा जेठ ४, जेठ १६ र छुवाछूत मुक्त राष्ट्र -जेठ २१) लगायतका घोषणाहरुको व्यवहारिक कार्यान्वयनको मार्ग चित्र यस सहमतिमा नदेखिएकोले सो सहमतिमा ती घोषणाहरुको व्यवहारिक संम्वोधन गर्न जोडदार माग गर्दछौं ।

५) प्रस्तावित अन्तरिम व्यवस्थापिका-संसदका लागि तय गरिएका ३३० वटा सीट मध्ये मुलुकका ५ वटै विकास क्षेत्र र कर्ण्ााली समेतको प्रतिनिधित्व हुने गरी दलितहरुको अर्थपर्ूण्ा समानुपातिक प्रतिनिधित्वको ग्यारेण्टी का लागि स्पष्ट आरक्षणको व्यवस्था गरियोस् । यसका साथै ८ वटै राजनीतिक दलहरुले समेत आ-आफ्नो दलका तर्फाट सोही अनुसारको दलितहरुको प्रतिनिधित्वको व्यवस्था गरियोस् ।

६) संयुक्त दलित संर्घष्ा समिति समक्ष रीता पुन सुनारले मिति २०६३/७/२३ गतेका दिन दिनुभएको निवेदनमाथि गंम्भिरतापर्ूवक छलफल गर्दा एक दलित महिला माथि कुनै पनि वहानामा जातीय आधारमा धोका दिन नहुने ठहरका साथ नीज रीता पुन सुनारको न्यायपर्ूण्ा मागप्रति ऐक्यवद्धता र र्समर्थन रहेको जानकारी गराउँदै दोषी माथि कानूनी कार्वाहीको लागि सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं ।

१. दान बहादुर बिश्वकर्मा ः केन्द्रीय उपाध्यक्ष, नेपाल राष्ट्रिय दलित मुक्ति संगठन तथा सु.प. इन्चार्ज

२. छत्र बहादुर टेलर ः केन्द्रीय उपाध्यक्ष, नेपाल दलित संघ तथा सुप इन्चार्ज

३. गणेश बि. के. ः अध्यक्ष, राष्ट्रिय दलित नेर्टवर्क ९च्म्ल्०, नेपाल

४. नृप सुनार ः दलित गैसस महासंघ सुदूरपश्चिमाञ्चल तथा केन्द्रीय सदस्य, नेपाल विद्यार्थी संघ

५. मनिराम देवल ः केन्द्रीय उपाध्यक्ष, ल्ल्म्क्ध्इ

६. तपेन्द्र भुषाल ः म्ध्इ कैलाली

७. चक्र बि. के. , दलित एक्टीभिष्ट, कैलाली

Posted under Organizations Bay on Thursday 23 November 2006 at 10:00 pm

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.