भारतीय दलित साहित्य अकादमीको २३औं राष्ट्रिय सम्मेलनका अवसरमा प्राप्त समाचारहरु
भारतीय दलित साहित्य अकादमीको २३औं राष्ट्रिय सम्मेलनका अवसरमा

भारतमा नेपाली दलित नेता तथा वरिष्ठ पत्रकारहरु पुरस्कृत
भारतीय दलित साहित्य अकादमीको २३औं राष्ट्रिय सम्मेलनका अवसरमा नेपालका दलित नेता तथा वरिष्ठ पत्रकार पुरस्कृत भएका छन् । दिल्लीको तालकटोरा इनडोर स्टडियमको एक भव्य समारोहवीच केन्द्रीय मन्त्री मीरा कुमार, सांसद रामदाश अठावाले र पर्ूव राज्यपाल डा. माता प्रसादले दोसल्ला ओर्डाई सम्मान गर्दै पुरस्कार प्रदान गर्नु भएको थियो ।
पुरस्कृत व्यक्तिहरुमा दलित वुध्द्धिजिवीका सल्लाहकार शंकर प्रसाद विश्वकर्मालाई डा. अम्वेडकर एक्सीलेन्सी अवार्ड प्राप्त भएको छ भने दलित वुद्धिजीवी प्रतिष्ठानका एक्जुकेटीभ वोर्ड सदस्य तथा वरिष्ठ पत्रकार चन्द्रकुमार गदाललाई डा. अम्वेडकर ब्रदरहुड अन्तर्रर्ााट्रय अवार्डद्धारा सम्मान गरिएको छ । पत्रकार गदालले विगत ३ दशकदेखि पत्रकारीताको माध्यमवाट दलित आन्दोलनमा विशिष्ठ योगदान पुर्याउदै आउनुभएको छ । वहां नेपालका दलित समुदायवाट व्यवसायिक पत्रकारीतामा स्व. टी. आर. विश्वकर्मा पछिको पहिलो व्यक्ति हुनुहुन्छ । त्यसरीनै पुरस्कृत व्यक्तिहरुमा तेजसुनार र राम सुभाग हरिजन सेवा पदकवाट पुरस्कृत हुनुभएको छ । त्यसैगरी डा. अम्वेडकर फेलोसिपवाट हरिओम विश्वकर्मा, महेन्द्र कुमार विश्वकर्मा, विरवहादुर किसान, र्सर्ूयवहादुर वुढापृती, लोकदर्शन विश्वकर्मा, जगत विश्वकर्मा लगायतका १५ जना सम्मानित हुनुभएको छ ।
नेपाल भारतका दलित समस्या समान छन -ओम प्रकाश विश्वकर्मा
नेपाल र भारतका दलितहरुको समस्या समान रहेकाले इतिहासको अनन्तकाल देखिनै दर्ुइ देशवीच सुमधुर सम्वन्ध रहिआएको छ । त्यसैले नेपालको दलित आन्दोलनका सवालमा भारतीय देलित नेताहरुवाट सहयोग र र्समर्थनको अझ आवश्यक रहेकोमा कुनै कमि हुने छैन । उक्त कुरा दलित प्रतिनिधि मण्डलका नेता ओम प्रकाश विश्वकर्माले वताउनु भएको हो । वहाँले भारतीय दलित साहित्य अकादमीको २२ औं राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सम्वोधन गर्दै वताउनु भएको हो ।
प्रतिनिधि मण्डलका नेता तथा नेपाल भारत दलित मैत्री संघका अध्यक्ष श्री रामदाम विश्वकर्माले भन्नुभयो - विगत ६० वर्षेखि नेपालमा जातीय भेदाभाव र छुवाछुत विरुद्ध चल्दै आएको आन्दोलन प्रति नेपाल सरकारले अझसम्म चासो देखाएको छैन । तर्सथ अव प्रगतिशिल आरक्षण र विशेष अधिकार प्राप्तिका लागि मित्र शक्तिहरुवाट हामी नेपाली दलितहरुले सहयोग र्समर्थनको अपेक्षा गरेका छौं । नेपालमा अहिले राजनैतिक परिवर्तन भएको अवस्थामा अन्तरिम संविधान , अन्तरिम संसद र अन्तरिम मन्त्रीमण्डल वन्दैछ । संविधान सभाका चुनावको माध्यमवाट स्थायी शान्तिको लागि प्रयास भैरहेको छ । तर् ती निकायहरुमा दलितहरुलाई सहभागिता गराउन राज्य गम्भिर नदेखिएकोले अन्तर्रर्ााट्रय क्षेत्रवाट दवाव दिन पनि उहाँले जोडदिनु भयो ।
सम्मेलनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै पर्ूव सांसद विजुल कुमार विश्वकर्माले भन्नुभयो-नेपालमा लोकतन्त्र प्राप्तिका लागि भारतीय नेताहरुवाट जसरी सहयोग भयो, त्यसरी नै नेपालका दलितहरुलाई हक अधिकार तथा दलितका समस्या सुल्झाउन भारतीय दलित नेताहरुले जोडदार रुपमा सहयोग पुर्याउनु पर्दछ । किनभने दलितका समस्याका सवालमा राज्य अझैपनि गंभिर नदेखिएकाले पर्ूव सांसद विश्वकर्माले उक्त कुरामा जोड दिनु भएको थियो ।
डिसेम्वर १ र २ तारिख तयाँ दिल्लीको तालकटोरा इनडोर इस्टीडियममा आयोजित उक्त सम्मेलनमा सहभागीका रुपमा नेपालवाट २७ सदस्यीय प्रतिनिधि मण्डल गएको थियो। सो प्रतिनिधि मण्डलको नेतृव ओम प्रकाश विश्वकर्मा रामदामले गर्नु भएको थियो । सम्मेलनमा भारतीय केन्द्रीय उर्जा मन्त्री शुसिल कुमार सिन्डे मुख्य अतिथिको रुपमा हुनुहुन्थ्यो भने केन्द्रीय सामाजिक न्याय तथा अधिकारिता मन्त्री श्रीमती मिरा कुमार अति विशिष्ठ अतिथिका रुपमा उपस्थिति हुनुहुन्थ्यो ।
दिल्लीकी मुख्य मन्त्री श्रीमती शिला दीक्षितले अध्यक्षता गर्नुभएको उक्त समारोहमा नेपाली दलित प्रतिनिधिहरु मध्ये केही व्यक्तिहरु अन्तराष्ट्रिय पुरस्कारवाट पुरस्कृत हुनु भएको थियो ।
नेपाल - भारत दलित नेतावीच छलफल
नेपाली दलित प्रतिनिधि मण्डलका नेता तथा नेपाल भारत दलित मैत्री संघका अध्यक्ष ओमप्रकाश विश्वकर्मा रामदामको नेतृव्वमा गएको नेपाली दलित प्रतिनिधि मण्डल र भारतीय वरिष्ठ दलित नेताहरुवीच आपसी समझदारी तथा समस्याका विषय माथि गम्भिर रुपमा छलफल भएको थियो । बिशेषगरी नेपालमा दलित समस्याका बिषयमा भारतीय नेताहरुले चासो राखेर जानकारी लिएका थिए ।
छलफलमा भारतीय दलित नेताहरुमा कन्द्रीय समाजिक न्याय तथा अधिकारिता मन्त्री श्रीमती मिरा कुमार, केन्द्रीय उर्जा मन्त्री शुसील कुमार सिन्डे, दिल्लीकी मुख्य मन्त्री शिला दीक्षित, सांसद रामदास अठवाले, पर्ूव केन्दीय मन्त्री चौधरी चादाराम, सिक्कीमका पर्ूव विधायक वी.वी. सिंह लोहार, अरुणाचल तथा हरियाणा राज्यका पर्ूव राज्यपाल द्धय डा. माता प्रसाद, वाबु परमानन्द, भारतीय दलित साहित्य अकादमीका राष्ट्रिय अध्यक्ष डा. सोहनपाल सुमनाक्षर, डा. अम्वेडकर दिल्ली प्रदेशका नेता शेर सिंह केन हुनुहुन्थ्यो ।
नेपाली प्रतिनिधि मण्डलका सदस्यमा पर्ूव सांसद विजुल कुमार विश्वकर्मा, शंकर प्रसाद विश्वकर्मा, वरिष्ठ पत्रकार चन्द्रकुमार गदाल, नेपाल भारत मैत्री संघका सदस्य दर्ुगावहादुर सुनार, र दलित कार्यकर्ता लोक दर्शन विश्वकर्मालगायतका प्रतिनिधि मण्डलका सदस्यहरुको उपस्थिति रहेको थियो ।
दलित प्रतिनिधि मण्डल स्वदेश फिर्ता
काठमाण्डौं । भारतीय दलित साहित्य अकादमीको २२ औं राष्ट्रिय सम्मेलनमा भाग लिई नेपाली दलित प्रतिनिधि मण्डल आज साझ यहाँ आइपुगेको छ । यही मंसिर १५ र १६ गते नयाँ दिल्ली को तालकटोरा इनडोर स्टडियममा आयोजित सम्मेलनमा सहभागिताको निम्ति २७ सदस्यीय प्रतिनिधि मण्डल वरिष्ठ दलित नेता तथा नेपाल भारत दलित मैत्री संघका अध्यक्ष ओम प्रकाश विश्वकर्मा रामदामको नेतृत्वमा त्यसतर्फगएको थियो । नेता रामदामको नेतृत्वमा गएको प्रतिनिधि मण्डलका सदस्यहरुमा पर्ूव सांसद विजुल विश्वकर्मा, दलित विकास समितिका उपाध्यक्ष सुन्दर विश्वकर्मा, नेपाल भारत मैत्रीसंघका सदस्य दर्ुगावहादुर सुनार, दलित संघकी उपाध्यक्ष राजन विश्वकर्मा, नेपाली काग्रेसका कृष्णवहादुर चुनारा लगायत डा.अम्वेडकर अन्तराष्ट्रिय पुरस्कारवाट सम्मानित व्यक्तित्वहरुमा शंकरप्रसाद विश्वकर्मा र चन्द्रकुमार गदाल प्रमुख रुपमा हुनुहुन्थ्यो ।
सो सम्मेलनवाट नेपालको दलित आन्दोलन प्रोत्साहीत भएको कुरा प्रतिनिधि मण्डलका नेता श्री रामदामले वताउनु भएको छ । अर्न्तराष्ट्रिय स्तरवाट नेपालीहरुले यस प्रकारका पुरस्कार प्राप्त गर्नु नेपाल राष्ट्रकै सम्मान भएको वताइएको छ भने नेपाल भारत वीचको सम्वन्ध अझ वढी गाडा भएको छ ।
सम्मेलनमा सहभागी विभिन्न मुलुकका प्रतिनिधिहरुसंग नेपाली प्रतिनिधि मण्डलको भेटघाट र दलितका समस्यावारे छलफल तथा विचार विमर्श भएकोे थियो । १५ र १६ गते मंसिरमा आयोजित उक्त २ दिने सम्मेलनले जातीय छुवाछुत, भेदभाव, आरक्षण र संरक्षण, दलितको धर्म परिवर्तन, दलित महिलाका समस्या लगायत विभिन्न विषयमा निर्ण्र्ाागरिएको थियो ।
त्यसरी नै जनचेतनाको व्यापक विकास गर्ने र सवै देशका सरकारहरुलाई दलितका समस्या समाधान गर्न दवाव दिने पनि सम्मेलनले निर्ण्र्ाागरेको छ । उक्त सम्मेलनवाट नेपालको दलित आन्दोलनका लागि उपलव्धीमुलक भएको कुरा नेता रामदामले जानकारी गराउनु भयो ।
समाचार संप्रेषण:
ओम प्रकाश विश्वकर्मा, अध्यक्ष नेपाल भारत दलित मैत्रि संघ
चन्द्रकुमार गदाल, सम्पादक- तलाश, युगदर्पण साप्ताहिक
Related news links:
Bishwokarma bags Ambedkar Award [ 2006-11-18 ]
[…] he Interim Constitution of Nepal. Report by: Om Prakash VK Gahatraj RELATED INFORMATION भारतीय दलित साहित्य अकादमीको २३औं राष्ट […]