स्व. कपालीको सम्झनामा श्रद्धाञ्जली अर्पण

स्व. कपालीको सम्झनामा श्रद्धाञ्जली अर्पण

काठमाडौं मिति २०६३।८।२४ । दलित आन्दोलनका यी कालजयी नेता तथा श्रद्धय ब्यक्तित्व स्व. मोहनलाल कपालीको १३ औं दिनको पुण्य तीथिको अवसर पारी दलित गैरसरकारी संस्था महासंघले यही मंसीर २४ गते आईतवार महासंघको परिसरमा एक श्रदाञ्जली सभा कार्यक्रमको आयोजना गरेको छ । स्वर्गीय कपालीको तस्वीरमा माल्यार्पण गरेर आरम्भ भएको उक्त कार्यक्रममा दलित आन्दोलनका वरिष्ठ अगुवा कायकर्ताहरु, विशिष्ठ ब्यक्तिहरु लगायत कपालीका छोरा अनिल कपालीको उपस्थिति रहेको थियो भने स्व. कपालीको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।

स्व. कपालीको योगदानका वारेमा चर्चा गर्दै वुद्धिजीवि हिरा विश्वकर्माले मोहनलाल जस्ता दलित योद्धाहरुको संर्घष्ाकै फलस्वरुपः आज दलितले ठूला ठूला विकासमुखि कार्यक्रमहरु संचालन गर्न पाएका छन्, सांसददेखि मन्त्रीसम्म हुन पाएका छन् । तर जीवनमा एकदिन मात्र हुने श्रद्धाञ्जलीमा नय“ँ पींढीहरु वहा“को सम्झनामा एक थुङ्गा फूल चढाउनुभन्दा पद् हडप्न र भाषण गर्ने थलोको खोजीमा लुछाचुढी गरिरहेका छन् । आज जो आफूलाई मुक्ति आन्दोलनकर्मी ठान्दछन्, तिनले यी दिवंगत नेताहरुलाई विर्सेकोमा विश्वकर्माले दुखेसो ब्यक्त गर्दै आफूले पनि सम्मान खोज्ने हो भने पहिले आर्काको सम्मान गर्न जान्नु पर्छ, भन्नु भयो । त्यसैगरी श्रद्धय नेताको सम्झनामा श्रद्धाञ्जली र्समर्पण गर्दै वहा“का अनुयायी तथा वुद्धिजीवि ओम प्रकाश भिकेले कपालीले आन्दोलनको धरातल नकोरीदिएकेा भए आज हामी यसरी आफ्ना हक अधिकारका लागि खुलेर मैदानमा उत्रनसक्ने स्थिति नहुने वताउनु भयो । वह“ँले भन्नु भयो - “कपालीले नै चिया पसलदेखि न्यायलयसम्म दलितमाथि हुने गरेका जातीय भेदभाव र छूवाछूतजन्य ब्यवहारसम्मका लागि जीवनभरी संर्घष्ा गरेर आजका दलितहरुको शिर उचो पारीदिनु भएको छ र आज हामी हाम्रा मुक्तिका लागि निर्धक्क आवाज उठाउन सकेका छौं ।” दलित गैरसरकारी संस्था महासंघका कार्यवाहक अध्यक्ष श्री टेकवहादुर रैकाको अथ्यक्षतामा संचालित सो कार्यक्रममा पर्ूव सांसद तथा नेकपा एमालेका केन्द्रीय सदस्य शान्तामानवी, दलितका पर्ूव सांसद विजुल विश्वकर्मा तथा अन्य संघसंस्था का प्रतिनिधि तथा पत्रकारहरुले स्वर्गीय कपाली प्रति श्रद्धा सुमन अर्पण गरेका थिए ।

विसं. १९८० मा काठमाडौको कमलाक्षीमा जन्मेका मोहनलाल कपालीको ८४ वर्षो उमेरमा हृदयघातका कारण यही मंसीर १२ गते स्वर्गारोहण भएको थियो ।

तत्कालिन राणाहरुको हैकमवादी शासन संरचनामासमेत जातीय छुवाछूतविरुद्ध उनको सिंगै परिवारले उपत्यकाको अछूत विरोधी आन्दोलन हाँकिरहेको थियो । छुवाछूतलाई था“ती राखी र्सवहारा जनतामाथि रजाई गरीरहु“ र यो वर्गलाई शोषण दमनमा पारीरहु“ भन्ने राणाहरुको मानसिकताकोविरुद्धमा उनी लगायत दाजु सहर्षाथ कपाली, र टिआर विश्वकर्माहरु राजनीतिक आन्दोलनमासमेत लाग्नु भएको थियो । स्व. कपालीले गंगालाल, धर्मभक्त, दशरथ चन्द र शुक्रराजजस्ता शहीदहरुको अभ्रि्रेरणाले थुप्रै जातीय हिंसाहरुविरुद्ध सशक्त प्रतिकार गर्दै र समाजको तिरस्कृत व्यवहार खप्दै कहिले जेल खप्नु भयो त कहिले पशुपति प्रवेशको नेतृत्व गर्नुभयो भने कहिले पंचायतका व्रम्हणवादी मतिहारहरुलाई तर्सर्ाादै जातीय आन्दोलनको विगुल फुकी समग्र दलितलाई आफ्नो हक अधिकारका लागि व्यूझाई रहनु भएको थियो । २०२४ सालदेखि निरन्तर नेपाल राटि्रय दलित जनविकास परिषदको अध्यक्षसमेत रही वहा“ले दलितहरुको बिशुद्ध आन्दोलनलाई हा“क्दै नेपाल अधिराज्यका दलित अछूतहरुलाई आफ्नो हक अधिकारको वोध गराउनु भएकेा थियो भने थुपै दलित कार्यकर्तालाई राज्यको उपल्लो तहमा पुर्‍याउनु भएका कपालीले आफू गणेशमानको मीत्र भएकै कारणले पंचायतले पनि उहा“लाई सधै तिरस्कार गरीरह्यो । खेलकुद र टोल सुधारका लागि उत्तिकै उत्साहीत रहने मोहनलाल कुनैवेला रानीपोखरी कर्नर टीम (RCT) का चर्र्चित खेलाडी हुनुहुन्थ्यो भने पछि त्यसको प्रशिक्षक पनि हुनुभएको थियो । यसकासाथै मण्डली नाटकवाट पनि प्रजातन्त्रको वहालीका लागि सन्देश प्रवाह गर्नु भएका कपालीले धेरैवटा नाटक समेत खेल्नु भयो, लेख्नु भयो र खेलाउनु भयो । त्यसैगरी कपालीले नै विश्वज्योती सिनेमा हललाई काँचोर् इंटाले स्थापना गर्नु भएको थियो भने पछि वहाँले त्यसको व्यवस्थापकसमेत भई धेरै वर्षकाम गर्नु भयो ।
प्रस्तुतकर्ता:
सरोज दिलु

Related Biography:
Mohanlal Kapali: Ek Sangharshashil Chhabi (A Struggleful Image) - A Biography by Om Prakash VK Gahatraj (in Nepali language)

Posted under News, Focus on Sunday 10 December 2006 at 3:30 pm

2 Comments »

  1. Comment by urmila — December 11, 2006 @ 3:13 am

    the news was really informative.

  2. Comment by urmila — December 11, 2006 @ 3:15 am

    the news was really informative.
    good job saroj sir

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.