विके ‘सेवक’को कविता संग्रह - मान्छे र माटो विमोचित

विके ‘सेवक’को कविता संग्रह - मान्छे र माटो विमोचित

साहित्यीक क्षेत्रबाटसमेत दलित समुदायको उन्मुक्तिको प्रयासमा लेखिएको कविता संग्रह - ‘मान्छे र माटो ‘ यही पौष ६ गते राजधानीमा विमोचन भएको छ । जनउत्थानका प्रतिष्ठानका संस्थापक अध्यक्ष विके सेवकद्वारा रचित करीव ४६ वटा कविताहरुकेा संगाालेको रुपमा जनउत्थान प्रतिष्ठानले प्रकाशन गरेको सो कविता संग्रह प्राज्ञ रामशरण दर्नाल र राष्ट्रिय सभाका उपाध्यक्ष माननीय रामप्रीत पासवानले संयूक्तरुपमा विमोचन गर्नु भएको थियो । उहाँका वावाआमा भिमवहादुर विके र मायादेवीको स्वर्गारोहणकेा पुण्य तिथिको अवसरमा जावलाखेलको स्टाफ कलेजमा भएको सो कार्यक्रममा यस संग्रहको विमोचनसंगै मातापिताको स्मृतिमा स्थापना भएको भिममाया पुस्कार, कविले अध्ययन गरेको विधालय नवआर्दश वहुमूखि क्याम्पस देऊराली पाल्पालाई रु. १०,००० वरावरको नगद र जनउत्थानको पुस्तक जिन्सीसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

कविता संग्रहको विमोचान गर्दै माननीय रामप्रति पासवानले अव र्सवहारा, दलित, उत्पीडित मान्छेहरुलाई माटोसंग मात्र होईन, राज्यको श्रोत-साधनः जमीन, जल र जंगलसंगसमेत सम्वन्धन गराएर यस्ता कविहरुले आफ्ना कृतिहरु वाहिर ल्याउनु पर्ने कुरा वताउनु भएकेा थियो । अर्का अतिथि प्राज्ञ रामशरण दर्नालले शान्तिको स्थापना र समाजको यथार्थ चित्रण गर्नका लागि साहित्यलेसमेत प्रमुख भूमिका खेल्ने हुनाले यस्ता धेरै लेख रचनाहरु वाहिर आउनु पर्ने धारणा राख्दै विके सेवकलाई एक साहित्यकारकोरुपमासमेत चिन्न पाएकोमा गर्व भएको थियो । त्यसैगरी वरिष्ठ समाजसेवी तथा राजनीतिज्ञ पदम सुन्दासले अम्वेडकरको मार्गदर्शनलाई ग्रहण गर्न राजनीतिक, सामाजिक सेवा जस्तै साहित्यलेसमेत दलितको अवस्था र व्राम्हणवादको जराजरा खोतली सभ्य समाज निर्माण गर्नेतर्फजनतालाई सहि दिशावोध गर्न यी कृति र श्रष्टाहरु समाज र राष्ट्रको लागि टड्कारो भईसकेकोले विके सेवकहरु साहित्यीक पाँटमा देखापर्नु अतिसह्रानीय भएको धारणा राख्नु भएकेा थियो । “यसले चिल्ला भाषण र करोडौंको लगानीभन्दा प्रभावकारी भूुमिका खेल्दछ तरपनि साहित्यीक विकासमा सामाजिक संघसंगठनमा लाग्नेहरु र राजनीतिक नेतृत्वमा रहनेहरु मौन बसेको पाईन्छ” वहाँको गुनासो थियो । अर्का वक्ता चेत परियारले कवि विके सेवकसंग यत्रो समयसम्म संगै कामगर्दासमेत वहाँ साहित्यकार भएको आफूलाई थाहा नभएको भन्दै वषार्ंर्ैैखि सामाजिक, राजनीतिक र साँस्कृतिक उत्पीडिनमा परेका निमूखा वर्गहरुको राजनीतिक सशक्तिकरण र समावेशीकरणका लागि जनतालाई गोलवन्द गर्नेक्रममा सेवकले पस्किनु भएकेा यो कविता थपर् इंटाकोरुपमा रहने कुरा वताउनु भएको थियो भने समाजसेवी मोतीलाल नेपालीले दलित उत्थानको पाटोमा शान्त तरिकाले आन्दोलनलाई अझ मजवुत पार्न विके सेवकजस्तै अरु साहित्यकर्मीहरु पनि लाग्नुपर्ने कुरा वताउनु भएको थियो । अर्कावक्ता सरोज दिलुले साहित्यले मानव उत्पीडिनलाई सुद्धिकरण र सभ्यताकेासमेत विकास गर्ने तेश्रेा पाटोकारुपमा सेवकको यो कृतिले अग्रणी भूमिका खेल्नसक्ने धारणा राख्नु भएको थियो ।

सो कविता संग्रह मान्छे र माटोमा कविले विधार्थी जीवनमा भोगेको र देखेका परिघट्नाहरुलाई प्रतिवोध गर्ने ३७ वटा कविताहरु, ४ वटा गीत गजलहरु र ५ वटा अंग्रेजी कविताहरु रहेका छन् । र, यस भित्रका कविताहरुमा मानव प्रेम, दलितको अवस्थिति र उत्पीडन, राष्ट्रियताको खाँचो र मान्छे-मान्छेवीचको मानसिक दूरी र विषमतालाई उजागर गर्दै सामाजिक रुपान्तरणको पाटोमा युगलाई आब्हान गरिएको छ ।

प्रतिष्ठानका कोषाध्क्ष मनोज लोहनीको सभापतित्वमा आयोजित सो कार्यक्रममा समावेशीकरण र राजनीतिक सशक्तिकरण तालिममा जिल्लाजिल्लाबाट आएका प्रतिनिधिहरुसहित करीव ७० जनाको उपस्थिति रहेको थियो ।

Report by Saroj Dillu

Posted under News on Friday 22 December 2006 at 6:37 pm

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.