महायज्ञमा भेदभाव (Caste discrimination in a fund raiser Hindu puja)
When local Dalit women of Danda in Nawalparasi district were not allowed to worship in a Mayayagya puja (a grand Hindu worshiping) intended for raising the fund for a community hospital, they revolted against the caste discrimination at the site of puja. They succeeded in achieving their rights to puja.
डण्डा, नवलपरासी, पौष, १२,२०६३ । मध्यविन्दु स्मृति सामुदायिक अस्पताल स्थापनार्थ भैरहेको धन धान्याचल महायज्ञमा स्थानिय पुजारीले दलित महिलालाई पुजा गर्न नदिएपछि आक्रोसित भएका दलितहरु यज्ञस्थल होम मण्डप भित्र नै गएर पुजा गरी आफ्नो अधिकारको प्रयोग गरेका छन् ।
अघिल्लो दिन पुजा अर्चना गर्न गएका स्थानिय सकुन्तला सुनार, लक्ष्मी सुनार, अन्जु सुनार लगाएतका दलित युवतीहरुलाई मण्डप भित्र रोक लगाई अन्य संगैको साथीलाई स्थानीय पुजारीले पस्न दिएका थिए । सो घटनाको लगत्तै केहि दलितहरुले उजुरी गरि लिखित रुपमा मूल समितिलाई निवेदन दिएपछि भोलिपल्ट समितिले सबैलाई भित्र जान रोक लगाएको थियो । घटनाको छानबिनगर्न दलित नेता प्राध्यापक श्री झब बहादुर सुनारको नेतृत्वमा गएको दलित समुदायको टोलीले मूल समितिसंग यज्ञस्थलमा पुजा गर्न पाउनर्ुपर्छ भन्ने माग राखि विरोध गरेका थिए ।
वाचन शिरोमणी पण्डित नारायण पोखरेलका छोरा पण्डित पं. दीनबन्धु पोखरेल प्रमुख बाचकत्वमा सम्पन्न हुन गईरहेको सो महायज्ञमा यज्ञ सम्पादनका मुलसमितिका अध्यक्षर् इश्वरी पोखरेलले यज्ञमा विभेद नगरिने पहिलेनै निर्ण्र्ाागरेको बताउनुभयो । स्थानिय पुजारीलाई आफ्नो गल्ति स्वीकार गर्न लगाई अघिल्लो दिन रोकिएका दलित महिलाहरुलाई स-सम्मान यज्ञस्थलको होम मण्डपमा पुजा गर्न लगाई सबै दलितहरुलाई टिका प्रसाद ग्रहण गरि स्थिति सामान्य गर्राईएको थियो ।
नेपाल दलित संघ, दलित मुक्ति मोर्चा, मुक्ति समाज, दलित सेवा संघ, फण्ड नेपाल, स्थानीय स्वयंसेवक सुन्दर न्यौपाने, दलित प्रतिनिधिहरुको उपस्थितिमा समस्याको समाधान गरिएको थियो । बारम्बार छुवाछुतका घटना दोहोरिनुले जातीय छुवाछुत मुक्त राष्ट्र घोषणाको कुनै अथर् नभएको र सभ्यसमाज र नया“ नेपाल निर्माण हुन नसक्ने दलित समुदायले अझै थुप्रै संर्घष गर्नु पर्ने सो टोलीको निश्कर्ष थियो ।
Report by Santosh Kumar Bishwokarma