हलियाको मुक्ति नगरे संबिधान सभाको निर्वाचन बहिष्कार गर्ने घोषणा
हलियाको मुक्ति नगरे संबिधान सभाको निर्वाचन बहिष्कार गर्ने घोषणा
Rastriya Dalit Network (RDN), Nepal has organized a local level meeting to discuss on the topic, “Current political debate and expectations of Dalits” in the far western remote hill district of Dadeldhura. The meeting ended with a declaration of a vow to boycot the constituent assembly election if the people forced become Haliya (bonded farm laborers) are not liberated.
डडेल्धुरा, फाल्गुण २ गते । राष्ट्रिय दलित नेर्टवर्क (RDN), नेपाल को को दलित अधिकार अभियान अन्तरगत डडेल्धुरा जिल्लाको गणेशपुरमा “वर्तमान राजनीतिक वहस र दलितको अपेक्षा” विषयक कार्यक्रम गर्दै इलाका भेला सम्पन्न भएको छ ।
गणेशपुर, कैलपालमाडौं, असीग्राम र मष्टामाडौं गाउँ विकास समिति दलितहरुको सहभागिता रहेको सो कार्यक्रमको अध्यक्षता नन्दसिंह बि. क. ले गर्नु भएको थियो । सो भेलाको प्रमुख अतिथि हलिया अधिकार मंचका केन्द्रीय अध्यक्ष तथा च्म्ल् नेपालका केन्द्रीय सदस्य डम्मरसिंह टमटा हुनुहन्थ्यो ।
भेलालाई संवोधन गर्दै टमटाले तत्काल अन्तरिम संविधानमा संशोधन गरी दलितहरुलाई आरक्षणको व्यवस्था गर्न र संविधान सभाको निर्वाचन पर्ूव ६० हजार हलियाको मुक्तिको घोषणा नगरे आफूहरु संविधान सभाको निर्वाचन वहिष्कार गर्ने घोषणा गर्नुभयो । सो भेलाले नन्दसिंह बि. क. को अध्यक्षतामा ९ सदस्यीय (RDN) नेपाल इलाका कमिटी गठन गरेको छ ।
सो समितिको उपाध्यक्षमा नरजीत सार्की (कैलपालमाडौं), सचिव टीका नेपाली (गणेशपुर) र सदस्यहरुमा नवलसिंह बि. क., गोरे नेपाली, हर्क बहादुर सार्की, जहरसिंह टमटा र लोक बहादुर दमाई रहेका छन् । उक्त भेलाले संविधान सभाको निर्वाचनमा दलित मतदाता जागरण अभियान चलाउने निर्ण्र्ाागरेको छ । साथै (RDN) नेपालको कार्यक्षेत्र परेका जिल्लाहरुमा यही प्रकारले जनसंगठनको मोडेलमा इलाका स्तरीय कमिटीहरु गठन भैरहेका छन् ।
- गणेश बि. के.
अध्यक्ष तथा दलित एक्टीभिष्ट