समुदायकै गौरव- मायासिंह नेपाली

समुदायकै गौरव- मायासिंह नेपाली

- कुमार सुब्बा

मायासिंह नेपाली (२१) का निम्ति सार्वजनिक जीवनमा प्रतिभाशाली व्यक्तिका रूपमा आफूलाई उभ्याउनु सजिलो थिएन। तर उनले धैर्य त्यागिनन् बरु इच्छाशक्तिलाई दृढ बनाइरहिन्। अहिले वादी जातिकै पहिलो सञ्चारकर्मी बनेर मायाले सानै उमेरदेखिको आफनो चाहनालाई मूर्तरुप दिएकी छन्। भन्छिन्, “सानैदेखि केही फरक, आफनो समुदायले नगरेको काम गर्ने मेरो चाहना थियो।”

Maya Singh Nepali
तस्बिरः कुमार सुब्बा

राष्ट्रियस्तरको पत्रकार बन्ने सपना बोकेर माया काठमाडौँ छिरेको तीन महिना मात्र भयो। यो बीचमा उनले दलित सवालमा थुप्रै रेडियो फिचरहरूमा रिपोर्टिङका साथै आवाज दिन समेत भ्याइसकेकी छन्। दाङको तुल्सीपुर’४ की माया अहिले जागरण मिडिया सेन्टरद्वारा सञ्चालित रेडियो पत्रिका …कट्वाल’ मा संवाददाताका रूपमा कार्यरत छिन्। कामप्रतिको लगाव र उत्साह पनि थपिँदो छ र आफूलाई थप आत्मविश्वासी बनाउने अभियानमा छिन् उनी। “तर वादीकी छोरीका रूपमा समाजबाट मैले पाएको उपेक्षालाई कहिल्यै भुल्न सक्दिनँ”, उनी भन्छिन्। दुई वर्षअघि रेडियो तुल्सीपुरमा …के छ काइँला बा?’ शीर्षकको मनोरञ्जनात्मक कार्यक्रम शुरु गर्दा “वादीले चलाएको कार्यक्रम पनि राम्रो होला र?” भन्ने टिप्पणी सुनेपछि पलाएको इखको समेत भूमिका छ उनलाई सञ्चारकर्मी बनाउन। भन्छिन्, “त्यसपछि मैले केही गर्नै पर्ने अठोट लिएँ र यहाँसम्म आइपुगेकी छु।”

Source: Himal Khabar Patrika

Posted under Focus on Tuesday 20 February 2007 at 10:11 pm

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.