भाँडा नमाझेको निहुँमा दलितमाथि कुटपिट

काठमाडांै, २१ फागुन । भक्तपुरको चाँगुनारायणका ६ जना दलितहरु होटलमा भाँडा नमाझेका कारण पिटिएका छन् । गत फागुन १९ गते स्थानीय रामप्रसाद श्रेष्ठको होटलमा नास्ता खाएर निस्कन खोज्दा भाँडा नमाझेको भन्दै उनीहरुमाथि होटेल मालिक र स्थानीयबासीले कुटपिट गरेका थिए ।

होटेल मालिक र स्थानीबासीको कुर्टाईबाट मीनबाहादुर बोगटी, रामराज मंग्राती, धर्मराज मिजार, रविन मंग्राती, लोकेन्द्र बोगटी र श्याम मग्राती सख्त घाइते भएका छन । होटल संञ्चालक श्रेष्टले दलित भएकाले भन्दै भाँडा माझ्न कर गरेका थिए । तर, पैसा तिरेपछि हामी भाँडा माझ्दैनौ भन्दै भाँडा माझ्न इन्कार गरेपछि उक्त घटना भएको थियो । ‘हामीले पैसा तिरेर पनि भाँडा माझ्नु पर्ने’ भन्दै भाँडा माझ्न इन्कार गरेपछि आफुमाथि एकाएक आक्रमण भएको पीडितहरुले बताए । घटनालगत्तै साँखु प्रहरी चौकीका इन्चार्ज दिलिपकुमार गुरुङको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले पीडित युवाहरुलाई नै पक्राउ गरी ‘तिमीहरु नै होइनौ हुलदंगा गर्ने’ भन्दै प्रहरी कार्यालयमा लगेर कुटपिट गरेका थिए । पीडित धर्मनाथ मिझारले भने-’हामीले न्याय माग्दै प्रहरीलाई खबर गरेका थियौं । तर, उल्टै प्रहरीले हामीलाई प्रहरी कार्यालयमा नै लगेर यातना दियो ।’

फागुन २० गतेदेखि जिल्ला प्रहरी कार्यालय भक्तपुरले उक्त घटनाको छानबिन गरिरहेको छ । आज २१ गते पनि पीडकलाई कारबाही गराउनको लागि छलफल जारी रहेको छ । पीडित दलित समुदायका युवाहरुलाई न्याय दिलाउन दलित मुक्ति मोर्चा, जागरण मिडिया सेन्टर, दलित सेवा संघ, दलित गैरसरकारी संस्था महासंघ नेपाल, इन्सेक र संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चआयोगलगायतका प्रतिनिधिहरु र पत्रकारहरु जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् । दलितहरुको दबाबपछि पीडकमाथि कारबाही गरिने जिल्ला प्रहरी कार्यालय भक्तपुरले बताएको छ । तर, छलफल अझैं पनि टुङ्गोमा पुगिसकेको भने छैन । स्मरण रहोस्, केही दिन पहिले पनि स्थानीय एक दलितलाई सोही पसलेले भाँडा नमाझेकै आरोपमा दर्ुर्व्यवहार गरेको थाह भएको छ ।

Report by:
J B Biswokarma
Jagaran Media Center

Posted under News on Wednesday 7 March 2007 at 5:54 pm

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.