Dalit Liberation Front of Nepal : Kathmandu District Conference
Binay reports (in Nepali) on the news of Kathmandu District Conference of Dalit Liberation Front of Nepal held on Falgun 26th and 27th.
ऐतिहासिक र्सवहारा वर्ग दलित समुदायको एक गौरवशाली संगठन नेपाल दलित मुक्ति मोर्चा (एकीकृत) को प्रथम काठमाण्डौं जिल्ला सम्मेलन “जातपात-छुवाछूत र वर्गीय दासत्वको अन्त्य एवं विशेषााधिकारका लागि दलित आन्दोलन ! संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रथम काठमाण्डौं जिल्ला सम्मेलन !!” भन्ने मूल नाराको साथ यही फागुन २६ र २७ गते भव्यताका साथ सम्पन्न भएको छ । काठमाण्डौंको शहीदमञ्चबाट पुख्र्यौली पेशाका औजार, बाजागाजा तथा झा“कीसहीत हजारौं दलितहरूको जुलुसले रत्नपार्क-शहीदगेट-न्यूरोड परिक्रमा गर्दै बसन्तपुर डबलीमा पुगेपछि महान् तथा गौरवशाली पार्टर्ीीे.क.पा. (माओवादी) का केन्द्रीय सदस्य तथा केन्द्रीय दलित विभागका सेक्रेटरी क.खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड)ले सिक्रिले बा“धिएको दलित युवाको सिक्रिलाई चुडालेर बन्धनमुक्त गरी सम्मेलनको उद्घाटन् गर्नुभएको थियो ।
सम्मेलनमा उद्घाटन मन्तव्य राख्दै क. प्रकाण्डले दलितहरूको पुख्र्यौली शत्रु हिन्दु सामन्ती-व्राह्मणवादी राजतन्त्रको पर्ूण्ा अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नकालागि हुने अन्तिम व्रि्रोहको मोर्चामा काठमाण्डौंका दलित समुदायको महत्वपर्ूण्ा भूमिका हुने कुरामा जोड दिनुभयो । दश बर्षो महान् जनयुद्धले दलित मुक्तिका लागि विशेषाधिकारको नारालाई स्थापित गरेको चर्चा गर्दै उहा“ले दलित मुक्ति आन्दोलनको न्यूनतम प्रश्थानविन्दु विशेषाधिकार र मुख्य प्रश्थानविन्दु र्सवाहारावर्गीय अधिनायकत्व एवं साम्यवाद भएको चर्चा गर्नुभयो । अर्का अतिथि नेपाल दलित मुक्ति मोर्चा (एकीकृत) एकता राष्ट्रिय भेला आयोजक समितिका संयोजक क. तिलक परियारले आठ दलको समझदारी विपरित पर्ुनर्गठन गरिएको राष्ट्रिय दलित आयोगको अध्यक्षमा भागवत विश्वासी जस्ता दरबारीया प्रतिगमनकारी मतियारलाई नियुक्ति गरिनु ६० लाख दलितहरूको भावनामाथि कुठाराघात तथा जनयुद्ध र जनआन्दोलनका हजारौं शहीदहरूको बलिदानीको अपमान भएको ठहर गर्नुभयो । उहा“ले सो निर्ण्र्ााो तत्काल खारेज गरी संवैधानिक अधिकारसम्पन्न दलित आयोग गठनका लागि जोडदार माग गर्नुभयो । त्यसैगरी ने.क.पा. (माओवादी) उपत्यका क्षेत्रीय ब्यूरो सदस्य तथा काठमाण्डौ जिल्ला सेक्रेटरी क. शैलेन्द्रले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो भने अन्य अथितिहरू नेपाल दलित मुक्ति मोर्चा (एकीकृत) का वरिष्ठ केन्द्रीय सदस्य परशुराम रम्तेल, बरिष्ठ के.स. तथा उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक क. तेजबहादुर मिजार, अखिल नेपाल जनस्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष मंगल विश्वकर्मा, मोर्चाका केन्द्रीय सदस्य पदम सुन्दास, उर्मिला विश्वकर्मा तथा विधायक कमरेडहरू नन्दसिंह सार्की, क. सीता विश्वकर्मा लगायतको विशेष उपस्थिति रहेको थियो भने सम्मेलनको शुभकामना दिने अन्य अतिथिहरूमा अनेमसंघ (क्रान्तिकारी) का काठमाण्डौं जिल्ला अध्यक्ष क. शारदा महत, नेपाल उत्पीडित जातीय मुक्ति समाजका जिल्ला अध्यक्ष सुन्दर पुर्कोटीलगायत हुनुहुन्थ्यो ।
सम्मेलन आयोजक समितिका संयोजक क. बुद्धि नेपालीको अध्यक्षतामा भएको उद्घाटन समारोहको स्वागत मन्तव्य क. रामकृष्ण पुर्कोटीले गर्नुभएको थियो भने सञ्चालन क.राजेश नेपालीले गर्नुभएको थियो । उद्घाटन समारोह समापन पश्चात भएको बन्द सत्रले बुद्धि नेपालीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति (४ जना पछि थप्ने गरी) को निर्माण गरेको छ । जसमध्ये उपाध्यक्षहरूमा राजेश नेपाली, बुद्धि पुर्कोटी र चन्द्र दुलाल, सचिवमा रामकृष्ण पुर्कोटी, कोषाध्यक्षमा रामलाल विश्वकर्मा र सहसचिवमा अर्जुन रम्तेललाई र्सवसम्मतले चयान गरेको छ भने सदस्यहरूमा सानुभाई मालवुल, अनिता परियार, श्यामकुमार पोडे, प्रेम सर्ुर्खेती, झविन्द्र गैरे, रमेशकुमार दर्जी, खड्ग नेपाली, पुरुषोत्तम सुनार, श्याम पोडे, श्यामबहादुर मिजार, उमेश परियार, कृष्ण अच्छामी, ध्रुव सर्ुर्खेती र गणेश विश्वकर्मा रहनुभएको छ ।
Report by Binay
Kathmandu