पीडितले न्याय पाए
२०६१ साल साउन २ गते हसिया, आसी, बन्चरो नबनाई दिएकै कारण भएको छुवाछूतको विरुद्धको मुद्दामा कुटपीट लुटपीटवाट पीडित वालिघरे दलितले न्याय पाएका छन् । चौमाला ७ कैलालीका ४० वषिर्य धन बहादुर वि.क. ले ०६३/११/२८ गतेका दिन सम्मानीत जिल्ला अदालत कैलालीका माननीय न्यायधिस इन्द्र कार्कीको इजलासवाट न्याय पाएका हुन । निज धन बहादुरलाई चौमाला ७ कैलालीका खगेन्द्र धामीले हसिया, बन्चरो नवनाएको भन्दै २०६१ साउन २ गतेका दिन त डुम भन्दै मरणासन्न हुने गरी कुटपीट गरेका थिए । पीडक खगेन्द्र धामीले काम गरे वापतको ज्याला वाली (खली) तिन वर्षम्मको नदिएका कारण वि.क.ले हसिया आँसी, बन्चरो बनाएनन् र कुर्टाई खानुपरेको थियो ।
पिडित धन बहादुरले २०६१ साल श्रावण ६ गते राष्ट्रिय दलित नेर्टवर्क (RDN) नेपालको पहलमा सम्मानीत जिल्ला अदालतमा छुवाछूत विरुद्धको कुटपीट लुटपीट उजुरी दिएको र उजुरीकै आधारमा पीडितले न्याय पाएका छन् । RDN नेपालका कानूनी सल्लाहकार कुलानन्द उपाध्यायले सानो जात भएकै कारण वि.के ले कुर्टाई खाएको बताउनु भयो । RDN नेपालका केन्द्रीय सदस्य जंग बहादुर सुनारले भने घट्ना जातीय छुवाछूतका विरुद्ध भएको र यो न्याय ऐतिहाँसिक हो । यस अघि धाँदिङ्गको ढोलमाई मन्दिर र लालपुर स्थित कालिका मन्दिरमा छुवाछूत गर्नेलाई सम्मानीत जिल्ला अदालतवाट रु. १०० का दरले जरीवाना गरिएको थियो । यो घट्नाका दोषीलाई प्रति व्यक्ति रु ७५०।- जरीवाना तोकेको छ । यो ऐतिहासिक फैसलाले दलित माथि न्याय दिलाएको छ ।
- हुकुम ब. सार्की