Dayaram Pariyar remembered

Kathmandu, March 30. The then National Human Rights Commission employee Late Dayaram Pariyar, who was murdered on duty by Nepal’s government security force was remembered over his first anniversary memorial day here. Speaking during the memorial service organized jointly by Dayaram Memorial Academy and the Rights Commission, Commission’s former member Sushil Pyakuryal, Parliamentarian Prakash Jwala (UML), Parliamentarian Tilak Pariyar (Maoists), the Rights Commission’s another former member Sudeep Pathak, Prof. Kapil Shrestha, Charan Prasai, Advocate Ratna Bagchand and Prakash Chandra Pariyar, the brother of Dayaram Pariyar spoke complaining against inaction on the culprit Police Inspector Prakash Raj Sharma, who allegedly shot Dayaram Pariyar but is still left scot free, and demanded complete stopage of the culture of impunity.

The details of this news from eKantipur follows:

‘दण्डहीनता कायमै

कास

काठमाडौं, चैत १५ - अधिकारकर्मीहरूले लोकतन्त्र स्थापनापछि पनि दण्डहीनता कायमै रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगका कर्मचारी दयाराम परियारको प्रथम स्मृति दिवस अवसरमा बिहीबार अधिकारकर्मीले दण्डहीनता अन्त्यको माग गरे ।

जनकपुरमा ०६२ चैत १५ गते प्रहरीले चलाएको गोली लागेर रामचन्द्र यादवको घटनास्थलमै र परियारको उपचार क्रममा मृत्यु भएको थियो । अधिकारकर्मी र उनको परिवारले हत्यामा संलग्न प्रहरीलाई अझै कारबाही नगरिएकाले दण्डहीनता कायमै रहेको बताएका हुन् ।

‘हामीले चार प्रहरीलाई कारबाहीका लागि सिफारिस गरेका छौं, तिनलाई अझै कारबाही गरिएको छैन,’ आयोगका संरक्षण अधिकृत वासुदेव बजगाईले भने- ‘अझै परिवारले राहत पाएका छैनन् ।’

दयाराम स्मृति प्रतिष्ठान र आयोगले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा मृतकका दाजु प्रकाशचन्द्र परियारले राज्यले कारबाही नगरेर दण्डहीनताको अवस्था देखिएको बेला आयोगले पनि बेवास्ता गरेको बताए । ‘यो कार्यक्रमका लागि पनि मैले आयोगका सचिवस“ग लामो कुराकानी गर्नुपर्‍यो,’ उनले भने- ‘के पदाधिकारी नभएको बहाना बनाएर आयोगले आफ्नै कर्मचारीको हत्यालाई पञ्छाउन मिल्छ - बेवास्त गर्न मिल्छ -’

उनले प्रतिष्ठानका तर्फाट हरेक वर्षतीन जना अधिकारकर्मीलाई सम्मान गर्ने तथा दर्ुइ जना मानव अधिकारका सम्बन्धमा लेख्ने पत्रकारलाई पुरस्कृत गरिनेसमेत बताए । त्यसका लागि परिवारको तर्फाट १ लाख रुपैया“को अक्षय कोष स्थापना गरिएको बताए ।

आयोगका पर्ूवसदस्य सुशील प्याकुरेलले राजाको निरंकुश शासनका बेला कारबाहीको अपेक्षा गर्न नसकिए पनि लोकतन्त्र प्राप्तिपछि पनि दण्डहीनता कायमै राखेकामा सरकारलाई लाज लाग्नुपर्ने बताए । ‘लोकतान्त्रिक भनिएको सरकारले समेत दयाराम र त्यस्तै अन्यायपर्ूवक मारिएकाहरूका हत्यारालाई कारबाही गरेको छैन,’ उनले भने- ‘यो हाम्रा लागि लाजको कुरा हो । आयोगले पनि आफ्ना अधिकारले भ्याएसम्म काम गर्नुपर्छ ।’

कार्यक्रममा एमाले सांसद प्रकाश ज्वाला, माओवादीका तिलक परियार, आयोगका पर्ूवसदस्य सुदीप पाठक, प्रा. कपिल श्रेष्ठ, चरण प्रर्साई अधिवक्ता रत्नबहादुर वागचन्दलगायतले दण्डहीनताको संस्कृति कायमै रहेको भन्दै सकारको आलोचना गरेका थिए ।

http://www.kantipuronline.com/kolnepalinews.php?nid=105038

Posted under News on Saturday 31 March 2007 at 9:57 am

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.