सरकारले दिने दर्ता छुट दलितले पाउन सकेका छैन
दर्ता छुटबारे दलित अनभिज्ञ
कान्तिपुर संवाददाता
दाङ, वैशाख १० - जग्गा दर्तामा सरकारले दिएको छुट थाहा नहुँदा दलितले पाउन सकेका छैन । जग्गाको स्वामित्व बढाउन २० प्रतिशत छुटको व्यवस्था भएको नौ महिनासम्म कसैले पनि पाएका छैनन् । मालपोत अधिकृत केशवराज आचार्यले जग्गा किन्ने दलितले प्रशासनबाट सिफारिस लिई आएमा छुट दिने बताए । दलित सञ्जाल जिल्ला अध्यक्ष निर्मल नेपालीले मालपोतले यसबारे जानकारी नदिएकाले छुटबाट वञ्चित भएको बताए । प्रशासकीय अधिकृत मोहन जीसीले प्रशासनमा सिफारिसका लागि आएका एक दलित सिफारिस मागेपछि हालसम्म नआएको बताए ।