राष्ट्रिय दलित नेर्टवर्क (RDN), नेपालको जुम्ला शाखा गठन

राष्ट्रिय दलित नेर्टवर्क (RDN), नेपालको जुम्ला शाखा गठन

मानव अधिकार, सामाजिक न्याय र सुशासनका लागि कार्यरत राष्ट्रिय दलित नेर्टवर्क (RDN), नेपालको जुम्ला जिल्ला समिति गठन भएको छ । मिति २०६४ जेष्ठ २ गते सम्पन्न एक भेलाले तारासिंह सार्कीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ ।

समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः धन बहादुर परियार, देबी बि. के. र गंगा सार्की तथा सदस्यहरुमा राम सिंह सार्की, नरमा सार्की र गोरख बहादुर सार्कीलाई चयन गरिएको छ । सो भेलामा (RDN), नेपालका हुम्ला जिल्ला अध्यक्ष मेहेले पार्कीको उपस्थिति रहेको थियो । उक्त भेला सिंगो कर्ण्ााली अंचलको दलित आन्दोलनलाई सशक्त बनाउँदै संविधान सभा, राज्यको पुनर्संरचनामा कर्ण्ााली दलितहरुको आर्थिक, सामाजिक, राजनैतिक सवालको संवोधन हुनुपर्नेमा जोड दिईएको थियो ।

त्यसैगरी (RDN), नेपाल जिल्ला शाखा दाङ्गको मिति २०६४ जेष्ठ ७ गते बसेको बैठकले दाङ्ग जिल्लाका सम्पर्ूण्ा गाविसहरुमा पैदल यात्रा गर्ने निधो गरेको छ । उक्त यात्रामा संविधान सभामा दलितहरुको सहभागिताको विषयमा जनस्तरमा व्यापक छलफल चलाउने निधो गरेको छ । उक्त कार्यक्रम सम्पन्न गर्न ४ वटा समितिहरु गठन गरिएको छ जसको नेतृत्व (RDN), नेपालका क्षेत्रीय एक्टीभिष्ट अनन्त यात्री बि.क.ले गर्ने भएका छन् ।

- गणेश बि. के.
अध्यक्ष तथा दलित एक्टीभिष्ट
राष्ट्रिय दलित नेर्टवर्क (RDN), नेपाल

Posted under News, Organizations Bay on Wednesday 23 May 2007 at 11:39 pm

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.