नेपाली राजनीतिको प्रमुख अन्तरविरोध मध्ये भूमि सुधारको असफलताबाट श्रृजित भूमिको असमान वितरण समेत एक हो ।

नेपाली राजनीतिको प्रमुख अन्तरविरोध मध्ये भूमि सुधारको असफलताबाट श्रृजित भूमिको असमान वितरण समेत एक हो । गरीवीको मूल कारण समेत यही हो । त्यसैले यो नितान्त वर्गीय अन्तररिोधसंग समेत सम्बन्धित छ।

भूमि तथा प्राकृतिक स्रोतको अधिकारबाट वंचित दलित, गरीव, हलिया, हरुवा चरुवा, मुक्त कमैया, कृषि श्रमिक, अव्यवस्थित वसोवासी, मोही तथा साना किसान, गुठी एवं चुरे पीडित, गाउं व्लक वासी, भूमिहिन तथा सुकुम्वासी, आरक्ष पीडित, वादी समुदाय लगायतको समस्या हल नभई मुलुकले संविधान सभाको निर्वाचन मार्फत राज्यको पर्ुनर्सरचनाको महान लक्ष पूरा हुन संभव छैन ।

यही मान्यतालाई आत्मासाथ गर्दै राष्ट्रिय भूमि अधिकार मंचको नेतृत्वमा यही २०६४ जेठ १ गतेदेखि जिल्लाव्यापी रुपमा र २०६४ जेठ ७ गतेदेखि सरकारमा सहभागी प्रमुख ७ राजनीतिक दलहरुका काठमाडौं स्थित केन्द्रीय कार्यालयहरुमा हजारौंको संख्यामा देश भरिका भूमि अधिकारबाट बंचितहरुद्धारा अनिश्चित कालिन धर्नामा बसेका छन् । हरेक पार्टर्ीीले २००७ सालदेखि भूमि सुधारको नारा उठाए पनि सरकारमा रहंदा कार्यान्वयन नगरेको हुनाले उक्त धर्ना दिइएको हो ।

राष्ट्रिय भूमि अधिकार मञ्चले आफ्ना जायज मागहरु अन्तरगत २०६३ भाद्रमा भूमि सूधार तथा व्यवस्था मन्त्रालयसंग भएको सम्झौता लागू हुनु पर्ने, हालै सर्वोच्च अदालतबाट ६० हजारको संख्यामा रहेका हलियाहरुको मुक्त गरी पुनर्स्थापना गर्न सरकारका नाममा दिइएको परमादेश कार्यान्यन गर्नुपर्ने, मुक्त कमैया र सरकारका बीचमा भएको सम्झौता लागु हुनुपर्ने र वृहत शान्ति सम्झौतामा उल्लेख भए अनुसारको वैज्ञानिक भूमि सुधारको थालनी गर्नु पर्ने माग अघि सारेको छ । उक्त सम्पर्ूण्ा न्यायपर्ूण्ा मागप्रति र्समर्थन गर्दै हाम्रो संगठन राष्ट्रिय दलित नेर्टवर्क (RDN), नेपाल सिगों आन्दोलनप्रति पर्ूण्ा सहभागिता र ऐक्यवद्धता जनाउन चाहन्छ । यदि नेपाल सरकारले उक्त आन्दोलनप्रति व्यवास्ता गरे राष्ट्रियभूमि धिकार मञ्चको नेतृत्वमा संचालन हुने देशव्यापी भूमि अधिकारको आन्दोलनमा संगै उत्रने कुराको जानकारी समेत यसै प्रेस विज्ञप्ती मार्फ दिन चाहन्छौ ।

अन्तमा भूमि अधिकारबाट बंचितहरुको यस न्यायपर्ूण्ा आन्दोलनप्रति हर तरहको सहयोग तथा ऐक्यवद्धताका लागि सम्पर्ूण्ा राजनीतिक दलहरु, सिंगो दलित आन्दालन, महिलावादी आन्दोलन, आदिवसी/जनजाति आन्दोलन, मधेशी आन्दोलन, आम सञ्चारकर्मी, मानव अधिकारकर्मी तथा नागरिक आन्दोलनहरुमा हार्दिक अपिल गर्दछौं ।

गणेश वि.के.
अध्यक्ष
राष्ट्रिय दलित नेर्टवर्क { (RDN), नेपाल
केन्द्रीय कार्यालय, धनगढी, कैलाली

Posted under Perspectives / Analysis, Organizations Bay on Thursday 24 May 2007 at 12:03 am

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.