परियार सेवा समाजमा नयाँ नेतृत्व
Pariyar Sewa Samaj (Pariyar Society) has elected its new body for its leadership. Dilip Kumar Nepali reports the details of the election and circumstances surrounding it.
काठमाण्डौं, जुन २३, २००७/ दलित समुदायभित्रको एउटा जातिको रुपमा रहेका करिव ७ लाख परियारहरुको छाता संस्था परियार सेवा समाजमा नयाँ नेतृत्व चयन भएको छ । गत जेष्ठ २६, २७ र २८ मा काठमाण्डौमा सम्पन्न परियार सेवा समाजको दोश्रो राष्ट्रिय सम्मेलनले शम्भु खातीको अध्यक्षतामा २७ सदस्सीय नयाँ केन्द्रीय समिति चयन गरेको हो । जसको उपाध्यक्षमा पदमकमारी परियार -पश्चिमाञ्चल), छत्र टेलर (सुदुरपश्चिम), लोकवहादुर दमाई (मध्यपश्चिम), सुजाता परियार (पर्ुवाञ्चल), कल्पना परियार (मध्यमाञ्चल) चयन हुनुभएको छ । त्यसैगरि महासचिवमा दिलिपकुमार नेपाली, सचिव विजय परियार, प्रचार सचिव किसन मोते र कोषाध्यक्षमा सिताराम घले निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा कृष्ण रणपाल, विष्णुमाया परियार, भरत परियार, रिता दर्जी, छवि परियार, कल्पना परियार, शर्मिला परियार, पार्वती सुनाम, फत्तेमान परियार, चक्र नेपाली, लक्ष्मण परियार, सुमनकुमार परियार, हरिहर परियार, सञ्जीव परियार, बुद्धिमान परियार, मान व. परियार र निरोज नेपाली रहनुभएको छ ।
अत्यन्तै कडा प्रतिस्पर्धामा सम्पन्न समाजको राष्ट्रिय सम्मेलनको वन्दशत्रले यूवापिंडिलाई नयाँ नेतृत्व सुम्पेको हो । यसअघि विशुद्ध मामुदायीक संस्थाको रुपमा रहेको परियार सेवा समाजलाई दरवार निकटका व्यक्तिहरुले नेतृत्व गरेका थिए । दोश्रो राष्ट्रिय सम्मेलनले अग्रगमनका पक्षधर यूवा पिंढीलाई नेतृत्वका लागि चयन गरि नेपालका परियार जातिहरु सवै खालका सामन्तवादको खिलापमा र लोकतान्त्रिक गणतन्त्रको पक्षधर रहेको सन्देश दिएको छ । साथै एकतावद्ध दलित आन्दोलनमा सहयोगी भुमिका निर्वाह गर्न, आफ्नो जातिय परम्परागत शीप, पेशालाई आधुनिकरण र वैज्ञानिकरण गर्न, विसे नगर्चीजस्ता ऐतिहाँसिक व्यक्तित्वहरुकोर् इतिहाँसको खोजी गर्ने लगायतका जिम्मेवारीहरु समेत सुम्पेको छ ।
करिव ४४ जिल्ला र विभिन्न गुठीहरुबाट २०० भन्दावढी प्रतिनिधिहरुले सम्मेलनको वन्दशत्रमा भाग लिएका थिए । परियार सेवा समाजको दोश्रो राष्ट्रिय सम्मेलनको उद्घाट्न शान्ति तथा पर्ुननिर्माण मन्त्री रामचन्द्र पौडेलले गर्नुभएको थियो । नयाँ समिति आउनु अघि परियार सेवा समाजको कार्यवाहक अध्यक्षको रुपमा डि.वि. परियार र का.वा.महासचिवको रुपमा नारायण परिश्रमी परियार रहनुभएको थियो । हरिशंकर परियार र नरेश गौतम शाही शासन कालमा सक्रिय रहेकाले दुवैलाई समाजले परियार सेवा समाजको अध्यक्ष र महासचिवबाट हटाएको थियो ।
नयाँ कार्यसमितिको नामावलीः
अध्यक्ष: शम्भु खाती
उपाध्यक्ष: पदमकमारी परियार (पश्चिमाञ्चल), छत्र टेलर (सुदुरपश्चिम), लोकवहादुर दमाई (मध्यपश्चिम), सुजाता परियार (पर्ुवाञ्चल), कल्पना परियार (मध्यमाञ्चल)
महासचिवमा: दिलिपकुमार नेपाली (काठमाण्डौं)
सचिव: विजय परियार (चितवन)
प्रचार सचिव: किसन मोते (मोरङ्ग)
कोषाध्यक्ष: सिताराम घले (तनहुँ)
सदस्यहरु: कृष्ण रणपाल (काठमाण्डौं), विष्णुमाया परियार (कास्की), भरत परियार (पाल्पा), रिता दर्जी (पर्वत), छवि परियार (दाङ्ग), कल्पना परियार (तनहुँ), शर्मिला परियार (भक्तपुर), पार्वती सुनाम (काठमाण्डौं), फत्तेमान परियार (प्यूठान), चक्र नेपाली (सिन्धुली), लक्ष्मण परियार (बाँके), सुमनकुमार परियार (उदयपुर), हरिहर परियार (कंचनपुर), सञ्जीव परियार (डोटी), बुद्धिमान परियार (ताप्लेजुङ्ग), मान व. परियार (चितवन), निरोज नेपाली (मोरङ्ग) ।
रिपोर्ट प्रस्तोता:
दिलिपकुमार नेपाली, काठमाण्डौं
Nepaldalitinfo adds:
If Pariyar Society as an all inclusive legitimate body can represent the whole population of Pariyar community, the second largest group among Dalit communities, it will prove to be the foundation for its own governance leading to self-determination of the community. Likewise, Bishwakarma community, the largest community among Dalit communities also needs its all inclusive body which can represent whole population of Bishwhakarma community. All other Dalit communities will also need their respective bodies to represent them. All individual community level bodies shall form a functional federation at all levels, from local to national. This federation shall be the basis of Dalit unity and a body of self-governance. The federation shall be free from partisan politics, will have a single Karmajan voice (the voice of all occupational castes), and will be free from external forces unlike the donor-driven Dalit NGOs and their already existing federations. In fact, NGOs and their federations (no matter how many they may be) should work towards fulfilling the goals that Community bodies and their federations shall determine for themselves. Similarly, the sisterly organizations (Dalit wings) of all political parties that represent Dalit population must also work under the guidelines of the Dalit Community federation. This is the visionary model of self governance that we need to pursue.