दलित नागरिक आन्दोलनको धर्नाबाट २२ जना गिरङ्खतार (22 Dalit leaders arrested from a sitting-in protest

Kathmandu, July 11-

The Police force of Nepal Government has arrested some 22 Dalit leaders from South Gate of Singh Durbar in the morning hours today. The leaders were on a sitting-in protest against anomalous budget allocation, demanding the appropriation of adequate budget favorable to Dalits as well as for holding Constituent Assembly election, while cutting down the budget allocation for now suspended King and his palace.

Several Dalit Activists and Organizations have voiced against what seemed to be totally unnecessary arrests by the security forces, and have demanded their immediate release.

- Nepaldalitinfo

दलित नागरिक आन्दोलनको धर्नाबाट २२ जना गिरङ्खतार

२७ असार, काठमाडौं । दलित समुदायलाई संविधानसभामा समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गराइनु माग सहित आज बिहान सिंहदरबार अगाडि दलित नागरिक आन्दोलनले धर्ना दिएको छ । निषेधित क्षेत्रमा धर्ना दिएको भन्दै प्रहरीले २२ जना अधिकारकर्मीहरु गिरङ्खतार गरेको छ । अन्तरिम संविधानको दर्ुइ पटक संशोधन हु“दा समेत संविधानसभामा दलित समुदायको समानुपातिक प्रतिनिधित्व नभएको भन्दै नागरिक आन्दोलनले उक्त धर्ना आयोजना गरेको आन्दोलनका संयोजक विनोद पहाडीले बताउनु भयो । दलित समुदायको संविधानसभाको समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर्नुपर्ने, दरबारको खर्च पर्ूण्ा रुपमा कटौती गर्नुपर्ने र दलित र जनमुखी बजेट घोषणा गरिनु पर्ने र सरकारले घोषणा गरेको नीति तथा कार्यक्रमले दलित समुदायको मागलाई राम्ररी संम्बोधन नगरेको कारण त्यसके संशोधन गरी दलितमुखी कार्यक्रम ल्याइनु पर्ने मागसहित आधा घण्टासम्म सिंहदरबारको उत्तरी गेटमा बसेको थियो ।

धर्नाका क्रममा दलित नागरिक आन्दोलनका संयोजक विनोद पहाडी, अन्तरिम संसदका विधायक पद्यमलाल विश्वकर्मा, दलित नेता पदम सुन्दास, दलित अधिकारकर्मीहरु गणेश विके, केश बहादुर परियार, विर बहादुर विश्वकर्मा, दिलिप कुमार नेपाली, कमल परियार, कमल नेपाली, सुभाष कुमार दर्नाल, सन्तोष निरज नेपाली, दिपक विश्वकर्मा, जयराम कालिराज, कमल बलमेट, दर्नाल, दर्ुग परियार, गौरा नेपाली, बुद्धि परियार, अनुप विक, उर्मिला विश्वकर्मा, विनोद परियार, सरिता परियार र ललित परियार हुनुहुन्छ । लोकतान्त्रिक सरकारले शान्तिपर्ूण्ा धर्नाका क्रममा प्रहरी हस्तक्षेप गरी गिरङ्खतार गरेको विरोध गर्दै सरकारको सो रवैयाप्रति दलित नागरिक आन्दोलनले खेत व्यक्त गरेको छ । दलित समुदायले उठाएका मागहरुलाई अन्तरिम संसद र सरकारले पनि दलितको सवाललाई वेवास्ता गरेकोले बताउ“दै संयोजक पहाडीले सरकारले सही ढंगले हाम्रा मागलाई सुनेन भने देशैभरि प्रतिरोध आन्दोलन गन, धर्ना र जुलुसलाई निरन्तरता दिने, दलित जनवर्गीय संगठनसहित संयुक्त बृहत आन्दोलन गर्ने बताउनु भएको छ । अहिले गिरङ्खतार गरिएका दलित अधिकारकर्मीहरु महेन्द्र पुलिसक्लब र सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखिएको छ ।

जे.वी. विश्वकर्मा
काठमाडौं

Pictures from Citizen Protest and Police arrest of Dalit leaders:

Arrest in Citizen Protest

Arrest in Citizen Protest

दलित नागरिक आन्दोलन
=प्रेस विज्ञप्ती=

मिती २०६४ असार २७

संविधानसभामा दलितहरुको समानुपातिक प्रतिनिधित्व तथा आसन्न बजेटमा राजसंस्थाको बजेट सम्पर्ूण्ारुपमा कटौटी गरि उक्त बजेट दलित समुदायको मुक्तिका लागी खर्च गर्न दवाव दिने उद्येश्यले दलित नागरिक आन्दोलनले आज काठमाडौ सिहंदरवार दक्षिण गेट अगाडी धर्ना दियो ।

उक्त शान्तिपर्ूण्ा आन्दोलनमा प्रहरीले हस्तक्षेप गरि आन्दोलनकारी २२ जना दलित नागरिक आन्दोलनका अगुवाहरुलाई गिरफ्तार गरेर करिव ३ घण्टा पछि छोडेको छ । रिहा लगत्तै दलित नागरिक आन्दोलनकारीको वैठकले सरकारको यो रवैयाको घोर भत्र्सना गरेको छ । र दलित समुदायका मागहरु पुरा गर्न थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने निर्ण्र्ाागरेको छ । कार्यक्रमहरुमा भोली मिति २०६४ असार २८ गते दिउसो २ बजे माईतिघर मण्डलामा धर्ना कार्यक्रमको आयोजना गरिएको छ भने सरकारको व्यवहार हेरेर अन्य कार्यक्रमहरु पनि घोषणा गर्ने दलित नागरिक आन्दोलनको प्रतिवद्धता रहेको कुरा समेत यसै प्रेस विज्ञप्ति मार्फ व्यक्त गदैछौ ।

गिरप\mतारहुनेहरु ः
१. विनोद पहाडी
२. पदमलाल विश्वकर्मा ………………
३. गणेश वि.के. विनोद पहाडी
४. वीरवहादुर विश्वकर्मा संयोजक
५. सुभाष दर्नाल दलित नागरिक आन्दोलन
६. पदम सुन्दास
७. केश बहादुर परियार
८. गौरा नेपाली
९. सरिता परियार
१०. दिलिप नेपाली
११. ध्रुव परियार
१२. सन्तोष दर्नाल
१३. जयराम कालीराज
१४. अनुप विश्वकर्मा
१५. कमल परियार
१६. दिपक कुमार वि.क.
१७. बुद्धि परियार
१८. ललित परियार
१९. उर्मिला विश्वकर्मा
२०. निरज परियार
२१. विनोद कुमार परियार
२२. कमल नेपाली

दलित नागरिक आन्दोलनका मागहरु ः

१. संविधानसभाको निर्वाचनमा दलित जनताको समानुपातिक प्रतिनिधित्वको ग्यारेण्टी गर ।
२. राज्यका हरेक संरचनामा दलित समुदायको २० प्रतिशत प्रतिनिधित्वको संवैधानिक व्यवस्था गर ।
३. घोषित मितीमा संविधानसभाको निर्वाचन गर ।
४. संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर ।
५. छुवाछूत- भेदभावलाई मानव जातिको कलंकको रुपमा परिभाषित गरी मानवता विरोधी गम्भीर सामाजिक अपराधको रुपमा घोषणा गर ।
६. भू- उत्पादनसंग सम्बन्धित शोषणमुलक हलिया, हरुवा, चरुवा, मुक्त कमैया, बालीघरे जस्ता कुप्रथाको संविधानसभाको निर्वाचन अगाडि नै अन्त्यको घोषणा गर ।
७. भूमिहिन दलित, गरिबलाई जग्गा दे ।
८. ३३ प्रतिशत महिला आरक्षणको व्यवस्था अन्तरगत दलित महिलालाई स्पष्ट प्रतिनिधित्वको व्यवस्था गर ।
९. संवैधानिक दलित अधिकार आयोगको तत्काल घोषणा गर ।
१०. छुवाछूतमुक्त राष्ट्र घोषणालाई र्सार्थक तुल्याउन तत्काल छुवाछूत अपराध निषेध ऐन जारी गर ।
११. दलित विद्यार्थीलाई उच्चतहसम्म छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था गर ।
१२. दलित, आदिवासी, जनजाती, मधेशी, महिला र दर्ुगम क्षेत्रका आन्दोलनले उठाएका न्याययिक मागहरु सम्बोधन हुने गरि एक राष्ट्रिय राजनैतिक सम्मेलनको आयोजना गर ।
१३. उक्त मागहरु पुरा गर्न तत्काल अन्तरिम संविधानमा तेश्रो संशोधन गर ।< Today, 9:30 am, 22 Dalit leaders have been arrested by Police from South gate of Singh Durbar, when they were sitting for protest to create pressure with the demands of allocating budgets favorable to Dalit favorable, proportionate electoral system on Constituent Assembly.

In this regard, we would like to draw attention of all concern parties and stakeholders to create pressure to government to release them immediately from police custody.

In Solidarity,

Sunil Basnet
FEDO

मिति २०६४ श्रावण २७ गते दलितहरुको शान्तिपर्ूण्ा धर्ना माथि प्रहरीले गरेको धरपकड र गिरफ्तरी बारेमा जारी गरिएको

प्रेश-विज्ञप्ती

जनआन्दोलन २ मा नेपालका महान, सचेत जनताले देखाएको अदम्य साहस र बलिदानबाट प्रतिनिधिसभाको पर्ुनस्थापना भएको छ । दलित, जनजाति, मधेशी, महिला, पीछडिएका वर्ग समुदायले संविधानसभामा पर्ूण्ा समानुपातिक निर्वाचन प्रणाली लागु गर्नुपर्ने भनि आन्दोलन गरिराख्दाको अवस्थामै, यी समुदायहरुका मागहरुलाई लत्याउदै सरकारले मीश्रीत निर्वाचन प्रणाली लागु गर्‍यो । सदियौं देखि किनारा पारिएका यी समुदायहरु आफ्ना जायज मागहरुका लागि अझै पनि आन्दोलनरत रहेको सबैलाई विदितै छ ।

यसै प्रकारले दलित समुदाय पनि शान्तिपर्ूण्ा एवं भद्र तरिकाले चरणबद्धरुपमा दवावमूलक कार्यक्रममार्फ आफ्ना मागहरुप्रति सरकारको ध्यानकार्षा गराउँदै आएको छ । आज मिति २०६४ श्रावण २७ गते विहान ९ बजे देखि सिंह दरवारको दक्षिण ढोकामा दलित समुदायले निम्नानसारका
- पर्ूण्ा समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टि गर् ,
- राज्यको पर्ुनर्संरचनामा दलितको समानुपाति प्रतिनिधित्वको ग्यारन्टी गर्
- दरवारमूखी बजेट खारेज गर् ,
- दलित र गरीबमूखी बजेटको घोषणा गर् ,
मागहरु राख्दै गरेको शान्तीपर्ूण्ा धर्नामाथि प्रहरीले हस्तक्षेप गरि २२ जना दलितहरुलाई गिरफ्तार गरेको छ । दलित समुदायको यस प्रकारकोे शान्तिपर्ूण्ा धर्नामाथि सरकारले गरेको निन्दनीय गिरफ्तारीको दलित महिला संघ घोर भर्त्सना गर्दछ । त्यस्तै, गिरफ्तार गरिएका दलितहरुलाई अविलम्ब रिहा गर्नुपर्ने र दलितले राखेका जायज मागहरु पुरा गर्नका लागि सारकारको ध्यानकार्षा गराउँदछौं । साथ,ै दवावका र न्यायका लागि सरोकारवारला सबैको ध्यानकार्षा गराउँन चाहन्छौं ।

दर्ुगा सोव
अध्यक्ष, दलित महिला संघ

Pro-democratic interim government of Nepal arrested this morning 22 Dalit leaders, while they were demonstrating peacefully in front of Singhadarabar giving Dharna for Dalit rights,. The demonstrators had demanded reservation for dalits to eliminate social, economical and cultural problems, and cutting down the budgetary allocation to the the king from the forthcoming budget of fiscal year 2064/65.

Report by:
Dhirendra BK
Rastriya Dalit Network (RDN) Nepal
Central Office, Dhangadhi, Kailali

प्रेस-बिज्ञप्ती

नेपाली जनताले गरेको बलिदानीपर्ूण्ा ०६२/६३ को ऐतिहाँसिक जनआन्दोलनबाट देशमा लोकतन्त्रको वहाली र राज्यको पुनर्संरचनाको प्रक्रियामा देश अघि बढिरहेको बेलामा विगत ३ हजार वर्षेखि आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रबाट पछाडि पारेका दलितहरुले आफ्ना जायज मागहरु अघि सारि शान्तिपर्ूण्ा आन्दोलन गरिरहेका बेलामा सरकारले हस्तक्षेप गरी गिरफ्तारी दिएको प्रति हाम्रो संगठन घोर आपत्ति जनाउँदछ ।

शान्तिपर्ूण्ा आन्दोलनमा आगामि आर्थिक वर्ष२०६४/६५ को बजेटमा राजदरबारमा छुर्टाईने रकमलाई कटौती गरिनुपर्ने, संविधान सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली लागू गरिनुपर्ने, दलितहरुलाई आरक्षणको व्यवस्था गरी जनसंख्याको आधारमा आगामि बजेट छुट्याई दलितहरुको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रको विकास गरिनुपर्ने मागहरु राख्दै आज विहान सिंहदरबारमा दलित नेताहरुले धर्ना दिईरहेको समयमा हाम्रो संगठनका केन्द्रीय अध्यक्ष गणेश बि. के., नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विनोद पहाडी, अन्तरीम विधायक पद्यमलाल बिश्वकर्मा लगायत झण्डै ५० जना दलित नेताहरु पक्राउ गरिएकोमा लोकतान्त्रिक सरकारप्रति हाम्रो ध्यान आकर्षा भएको छ । साथै हाम्रो संगठनले उक्त आन्दोलन प्रति पर्ूण्ा ऐक्यवद्धता समेत जाहेर गर्दछौं ।

नेपालका झण्डै ५० लाख दलितहरुको हितको लागि गरिएको उक्त आन्दोलन गर्ने दलित नेताहरुलाई आज विहान पक्राउ गरी महेन्द्र पुलिस क्लवमा राखिएको हो । दलित नेताहरुले अघि सारेका मागको संवोधन गर्दै तेस्रो पटक भएपनि अन्तरीम संविधानमा संशोधन गरी दलितहरुलाई संवैधानिक आरक्षणको व्यवस्था गरियोस् साथै पक्राउ परेका दलित नेताहरुलाई यथास्रि्र क्षेतिपर्ूर्ति सहित रिहाईको लागि माग गर्दछौं । हाम्रा माग प्रति लोकतान्त्रिक सरकार गंभिर नभए यसबाट सृजित आन्दोलनको भार स्वयंले खेप्नुपर्ने जानकारी गराउदछौं ।

धिरेन्द्र बि. के.
दलित एक्टीभिष्ट कोर्डिनेटर

Posted under News, Focus on Wednesday 11 July 2007 at 11:47 pm

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.