निजामती सेवामा समावेशी

निजामती सेवामा समावेशी

- अर्जुन खड्का

निजामती सेवाको शाखा अधिकृतदेखि उपल्लो तहमा २२ जना दलित कार्यरत छन् । त्यसमा सहसचिव एक जना मात्र छन् भने उपसचिव ४ जना । सन् २००१ को जनगणनाबाट १३ प्रतिशत दलित छन् । जनसंख्याको अनुपातमा हर्ेर्ने हो भने झण्डै नौ हजार अधिकृत स्तरका कर्मचारीमा ११ सय जति दलित कर्मचारी हुनुपर्ने हो ।

आधा दशकदेखि समावेशीको नारा जोडतोडले उठेको हो । अहिले त्यो ‘क्लाइमेक्स’मा छ । मुख्यत जनप्रतिनिधित्वको क्षेत्रमा सबै जातजाति, वर्ग क्षेत्रको समान प्रतिनिधित्वलाई कसरी संस्थागत र सुनिश्चित गर्ने कुरा उठेको छ । स“गस“गै शिक्षा र रोजगारमा पनि । निजामती सेवामा दलित, जनजाति र महिलाको प्रतिनिधित्वलाई सुनिश्चित गर्नेबारे ‘आदर्शमूलक’ नारा राजनीतिक दल र सरकारबाट जति उठ्ने गरेको छ, त्यस अनुकुलका कार्यक्रम भने आएका छैनन् । पछि परेको वर्गलाई अवसर दिनर्ुपर्छ भन्ने नारामा सबै राजनीतिक दल र नेताहरू प्रतिवद्ध छन् । तर, के गर्दा पछि परेको वर्गले अवसर पाउछ, त्यसका उपाय के हुन सक्छन् भन्ने मुद्दामा र्सार्थक वहस नै हुन सकेको छैन ।

अहिलेकै अनुपातमा वृद्धि भयो भने अबको एक शताव्दीमा डेढ सय जना दलित अधिकृत हुन पनि हम्मे पर्ने हुन्छ । अहिले करिव ३० लाख दलित छन् भने त्यस बखत दलितको जनसंख्या एक करोडबाट उभो लागिसेको हुनेछ ।

निजामती सेवाको अधिकृतस्तरमा बाहुन, क्षेत्री र नेवार गरेर ९५ प्रतिशतभन्दा बढी छन् । जनजातिबाट झण्डै तीन प्रतिशत र मुसलमानबाट आधा प्रतिशत मात्र प्रतिनिधित्व भएको छ । तर्राई क्षेत्रका बाहुन, राजपुत र दलितबाहेकको प्रतिनिधित्व चार प्रतिशत पनि छैन । निजामती सेवाको सबै तहमा कुल ८२ हजार कर्मचारी रहेको अवस्थामा पनि ८५ प्रतिशतभन्दा बढी बाहुन, क्षेत्री र नेवारहरू नै हावी छन् । यस्तो स्थितिमा समावेशीको नारा उठनु अत्यावश्यक थियो र उठ्नर्ुपर्छ । त्यही नारालाई यथार्थमा कसरी लागु गर्ने - भन्नेमा चाहि मुल प्रश्ने हो ।

पछि परेको वर्गलाई अवसर दिने भन्दैमा एकाएक परिवर्तन सम्भव हुदैन । लक्षित समुदायका नागरिकलाई कसरी न्युनतम रूपमै भए पनि प्रतिस्पर्धाका लागि योग्य बनाउने भन्नेमा नारा दिनेहरुकै ध्यान पुगेको छैन । राज्यले र्सार्थक अवधारणा ल्याउन सकेको छैन । कुल साक्षरता नै ५४ प्रतिशत रहेको अवस्थामा दलित र अन्य पछि परेका अन्य वर्ग एक दमै कम साक्षर छन् । साक्षर भएकाहरुले पनि उच्च शिक्षाको अवसर पाएका छैनन् । अहिलेको अवस्थामा राज्यले अवसर दिने भन्दैमा एमएम पास गरेकोस“ग आठ कक्षा उत्तर्ीण्ालाई प्रतिस्पर्धा गराउन सक्छ - सरोकारवाला संस्थाहरूकै अध्ययनलाई हर्ेदा ११ प्रतिशत दलितमात्र साक्षर छन् । नेवारबाहेकका जनजातिमा सबैभन्दा बढी स्नातक गर्ने मगर समुदायबाट दर्ुइ प्रतिशतमात्र स्नातक छन् भने अन्य जनजातिबाट एक प्रतिशत पनि स्थानक भेटन सकिदैन । समग्रमा स्थानक गर्ने दलित, जनजाति र आदिवासी १ प्रतिशत पनि छैनन् । ४८ प्रतिशत बाहुन र १८ प्रतिशत क्षेत्री, ठकुरी स्नातक भएको अवस्थामा पछि परेको वर्गले कसरी अवसरमा समानता पाउन सक्छ - उनीहरुलाई प्रतिस्पर्धी बनाएर जनसंख्याकै आकारमा निजामती सेवामा प्रवेश गराउने हो भने कम्तीमा पनि दर्ुइ दशक लाग्नेछ । खोई राज्यको चासो - खोई राजनीतिक नेतृत्वले दिएको कार्यक्रम - कर्मचारी प्रशासनमा समावेशीकरणका लागि लक्ष्यसहितको ठोस कार्यक्रम नै आएको छैन ।

अन्तरिम संविधानमा निजामती सेवामा समावेशीकरण सम्बन्धी केही बु“दा समावेश भएका छन् । तर, संविधानमा अधिकार र समानताको केही कुरा लेखिदैमा उनीहरु स्थितिमा सुधारै आउछ भन्ने विश्वास अरुले गरे पनि स्वयं दलित र पछि परेको वर्गले नगरे हुन्छ । जति आमुल परिवर्तनको कुरा उठेको छ त्यो सैद्धान्तिक रुपमा मात्र उठेको छ । त्यस्तो सैद्धान्तिक पक्ष विगतका संविधानहरु पल्टाएर हर्ेर्ने हो भने सबैमा पाइन्छ । लोककल्याणकारी राज्यको अवधारणा, मौलिक हकमा समानताको ग्यारेन्टीसमेतका कुरा एकाएक आएका होइनन् । कुरा पहिले पनि भए पनि व्यहारमा नउतारिएको यथार्थ हो । सामाजिक रुपान्तरणको मुद्दामा यसअघिको परिवर्तनभन्दा अहिले ठोस कामको अपेक्षा चुलिएको स्वभाविक हो । राज्यको मौलिक हकमा केही बुदा लेखिएका बुदाको आडमा नया“ कार्यक्रम नितान्त छ । निजामती सेवामा समावेशीकरणका ज्वलन्त प्रश्नको समाधानका लागि सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोग मात्र होइन । सबै निकाय उत्तिकै सक्रिय नभए फेरि लेखिएका कुरा हावादारी हुनेछन् । किनकि दलित र पछि परेको जनजातिलाई शिक्षा दिएर प्रतिस्पर्धी बनाउने काम सामान्य प्रशासनको होइन ।

२०५९ सालमा थापा सरकारको बेलामा महिला, दलित र जनजातिलाई आरक्षण दिने कुरा उठ्यो । त्यसबेला जाबो एउटा निजामती ऐन संशोधन गर्न नसकेर त्यो मुद्दा त्यसै किनारा लाग्यो । जबकि त्यही सरकारले दर्जनौ ऐन अध्यादेशबाट संशोधन गरेर शासन चलाएको थियो । त्यसपछि देउवा सरकारको पालामा पनि पछि परेको वर्गलाई आरक्षण नै दिने कुरा गरियो । तर कार्यान्वयनमा शुन्य । देउवा सरकारमा सामान्य प्रशासनमन्त्री दरबारकै निगाहमा कृष्णलाल थकाली बनेका थिए । उनले आरक्षण दिने कुरालाई जोडतोडले उठाएका थिए । माघ १९ मा राजाले शासनभार आफ्नो हातमा लिए । राजाको शासनको उत्थानदेखिको लामो कालखण्डमा तीनै थकाली सामान्य प्रशासनमन्त्री भए । जसरी मुलुकको राजनीतिकमा आएको उथलपुथलस“गै थकालीले ‘यु र्टन’ गरे । राजाको सरकारको बेला आरक्षणको मुद्दा ओझलमा पर्‍यो । कर्मचारीलाई शाही सत्ताप्रति वफादार बनाउन संशोधन गरिएको निजामती ऐनमा पछि परेको वर्गका लागि ‘सकारात्मक विभेद’ को नीति अख्तियार गरिने उल्लेख गरियो । एकै व्यक्तिले दर्ुइ कालखण्डमा खेलेको अलग भूमिकाको सानो उदाहरण मात्र हो यो ।

२०६१ सालमा आएको शासकीय सुधार कार्यक्रमको मार्गचित्रले महिलालाई सबै सरकारी सेवामा पा“च बर्षो लागि महिलाका लागि २० प्रतिशत र दलित तथा जनजातिको लागि १०/१० प्रतिशत आरक्षण दिने नीति अख्तियार गर्‍यो । तर, त्यो अहिलेसम्म कार्यान्वयनमा आउन सकेन । लक्षित समुदायलाई अभिमुखीकरण कार्यक्रमले सीमित चौघेरा नाघ्ने सकको छैन । सबै मन्त्रालयमा सहसचिव र उपसचिवमा महिलालाई खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने मार्गचित्रको परिकल्पना पनि साकार हुन सकेको छैन ।

राजाको शासनको पतनपछि अहिले समावेशीको झन तीब्र भएर उठेको छ । प्रधानमन्त्रीले नियुक्तिको केही महिनामै (साउन २६ गते) निजामती सेवाको ‘भिजनपत्र’ तयार गर्न उच्चअधिकारीहरूलाई निर्देशन दिनुभएको थियो । अहिले तयार गरिएको मध्यावधि प्रतिवेदनमा निजामती सेवामा समावेशीकरणको मुद्दा नै ओझेलमा छ । भिजनपत्रका त निश्चित सययमा कहा“ पुग्ने भन्ने उल्लेख हुनुपर्ने हो । त्यसका लागि अपनाउनुपर्ने कार्यविधि सुझाउनुपर्ने हो । १० बर्षा निजामती सेवा समावेशी चरित्रमा रुपमान्तरण गर्ने भनिए पनि त्यसको ‘इन्डिकेटर’सहितको लक्ष्य नराख्ने हो भने यो भिजन पनि पुरानै अवस्थामा पुग्नेछ । भिजनपत्रमै निजामती सेवामा भएको समावेशीको प्रत्येक दर्ुइ बर्षा तत्यांक लिने कुरा उल्लेख छ । यहा“ तत्यांक लिएर बस्ने संस्था धेरै जन्मिसकेका छन् ।

(लेखक खडका कान्तिपुर टिभीका रिपोर्टर हुन्)

Posted under Perspectives / Analysis, Focus on Monday 30 July 2007 at 11:27 pm

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.