संयुक्त गणतान्त्रिक दलित मोर्चा, केन्द्रीय संयोजन समितिद्वारा वृहत मसाल जुलुस पर््रदर्शन
काठमाण्डौं, साउन २५- संयुक्त गणतान्त्रिक दलित मोर्चा, केन्द्रीय संयोजन समितिद्वारा आज वृहत मसाल जुलुस पर््रदर्शन गरिएको छ । सुन्धाराबाट सा“झ ५ः३० बजे शुरु गरिएको जुलुस पुतलीसडक चोकमा पुगेपछि विर्सजन गर्ने भनिए तापनि मसाल जुलुसको शुरुवातस“गै आएको बषर्ातका कारण रत्नपार्कमा पुगेर समापन गरिएको थियो । जुलुसमा करीब दुइहजार दलित नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । जुलुसको नेतृत्व संयुक्त गणतान्त्रिक दलित मोर्चा, नेपालका संयोजक तथा विधायक तिलक परियारले गर्नुभएको थियो भने नेपाल दलित मुक्ति मोर्चा (एकीकृत) उपाध्यक्ष तथा विधायक पद्मलाल विश्वकर्मा, उपाध्यक्ष पदम सुन्दास, महासचिव परशुराम रम्तेल, कोषाध्यक्ष सन्तोषी विश्वकर्मा, नेपाल राष्ट्रिय दलित मुक्ति संगठनका केन्द्रीय सचिव राजकुमार हिङ्माङ्, नेपाल दलित उत्थान संघका अध्यक्ष केश बहादुर परियार, राष्ट्रिय दलित आयोगका अध्यक्ष रामलाल विश्वकर्मा, पत्रकार महासंघका केन्द्रीय सदस्य तथा दलित नागरिक समाजका संयोजक विनोद पहाडी, स्वतन्त्र दलित विद्यार्थी संगठनका अध्यक्ष राम नेपाली, अर्जुन परियारलगायत दलित मुक्ति आन्दोलनका अगुवा पेशाकर्मी, बुद्धिजीवि, विद्यार्थी, पत्रकारलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
स्मरण रहोस नेपाल दलित मुक्ति मोर्चा (एकीकृत), नेपाल राष्ट्रिय दलित मुक्ति संगठन, नेपाल दलित उत्थान संघ (एकीकृत), नेपाल स्वतन्त्र दलित विद्यार्थी र दलित नागरिक समाजका स्वतन्त्र नागरिक बद्धिजीविसमेतको सहभागितामा गठित संयुक्त गणतान्त्रिक दलित मोर्चा, नेपालले यही साउन ९ गतेदेखि न्यूनतम निम्न सहमतिका आधारमा दलित आन्दोलन सशक्त रुपमा अघि बढाइरहेको छ ।
१. निर्धारित मितिमा नै संविधानसभाको निर्वाचन सम्पन्न गरिनर्ुपर्दछ । संविधानसभा भाँड्ने सबै प्रकारका षड्यन्त्रहरूको अन्त्य गरिनर्ुपर्दछ ।
२. राजतन्त्रको अन्त्य गरिनर्ुपर्दछ र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिनर्ुपर्दछ ।
३. संविधानसभाको निर्वाचन पर्ूण्ा समावेशी-समानुपातिक निर्वाचन प्रणालीद्वारा हुनर्ुपर्दछ । पर्ूण्ा समावेशी समानुपातिक निर्वाचन प्रणालीमार्फ् दलित जनसंख्याको समानुपातिक हुने गरी र क्षतिपर्ूर्तिवापत थप अधिकारसहित हाललाई न्यूनतम २० प्रतिशत दलित प्रतिनिधि निर्वाचित भई संविधानसभामा पुग्ने व्यवस्था गरिनुपदछ । त्यसैगरी राज्यका माथिदेखि तलसम्मका सबै निकायहरूमा २० प्रतिशत दलित प्रतिनिधित्व रहने संवैधानिक व्यवस्था गरिनर्ुपर्दछ ।
४. छुवाछूत-भेदभावलाई मानव जातिको कलङ्कका रुपमा परिभाषित गरी संविधानमै छुवाछूत-भेदभाव कार्यलाई गम्भीर सामाजिक अपराध स्वीकार गरी छुवाछूत-भेदभाव विरोधी कडा कानुनी व्यवस्था तत्काल लागू गरिनर्ुपर्दछ ।
५. रायमाझी आयोगको प्रतिवेदन र्सार्वजनिक गरिनर्ुपर्दछ । जनआन्दोलनका सबै दमनकारी अपराधीहरूमाथि तत्काल कारवाही सुरु गरिनर्ुपर्दछ । (र्सार्वजानिक गर्न बाध्य पारिएको)
६. संवैधानिक दलित अधिकार आयोगको व्यवस्था गरिनर्ुपर्दछ ।
७. धर्मनिरपेक्ष राज्यको घोषणा र व्यवस्थालाई व्यवहारमा लागू गर्न प्रभावकारी कदम चालिनर्ुपर्दछ ।
८. दलित समुदायका निम्ति उच्च शिक्षासम्म छात्रावृत्तिसहित निःशूल्क शिक्षाको व्यवस्था गरिनर्ुपर्दछ ।
९. मधेशी, आदिवासी-जनजाति, महिलालगायत सबै समुदायका जायज मागहरू पूरा गरिनर्ुपर्दछ ।
१०. दलित समुदायका मागहरू तत्काल पुरा गर्न वार्ता प्रक्रिया सुरुआत गरिनर्ुपर्दछ ।
पुनश्च- नेपाली समाजको अग्रगामी परिवर्तनका निम्ति विगत सात दशकदेखि चल्दै आएको महाअभियानमा दलित समुदायको योगदानको घनत्व इतिहाससिद्ध छ । त्यहीक्रममा दश बर्षो महान जनयुद्ध र ०६२/६३ को जनआन्दोलनमा पनि दलित समुदायको महान् योगदानलाई कसैले छोप्न सक्ने विषय रहेन । तर ०६२/६३ को जनआन्दोलनपश्चात बनेको अन्तरिम संविधानमा दलित समुदायका आधारभूत माग र आकांक्षालाई संबोधन गर्ने काम हुन सकेन । दर्ुइ/ दर्ुइ पटक अन्तरिम संविधान संशोधनको प्रक्रियामा पनि संयुक्त गणतान्त्रिक दलित मोर्चा, नेपालको तर्फाट दलित समुदायका आधारभूत मागहरूलाई स्पष्ट रुपमा अघि सारियो । तर वर्तमान राज्यसत्ताबाट दलित समुदायका मागहरूलाई पूरा नगरी बेवास्ता गर्ने काम भएको छ । साथै वार्ताका नाममा पनि दलित समुदायलाई अपमानित गर्ने कामसमेत हुन पुगेको छ । यस स्थितिमा हाम्रो यीनै मागलाई पूरा गराउन चरणबद्ध संर्घष्ामा जानुबाहेक दलित समुदायका लागि विकल्प छैन।
संयुक्त गणतान्त्रिक दलित मोर्चा, नेपालद्वारा घोषित पहिलो चरणको संर्घष्ा यसप्रकार छ:
* साउन ९ गने प्रधानमन्त्रीलाई स्मरण-पत्र बुझाउने कार्य सम्पन्न भएको छ ।
* साउन १०-१२ गते राजनैतिक पार्टर्ीीको कार्यालयमा डेलिगेसन सम्पन्न ।
* साउन १३ गते काठमाण्डौमा विरोध र्याली, धर्ना र वृहत मसाल जुलुस भव्य रुपमा सम्पन्न भएको छ ।
* साउन १४-२४ सम्म देशव्यापी पर्चा वितरण, अन्तरक्रिया र जागरण सभाहरू भैसकेेको छ ।
* साउन २५ गते देशव्यापी मसाल जुलुश वृहत रुपमा सम्पन्न भएको - आज भर्खरै) ।
* साउन २७ गते १ घण्टा चक्काजाम आयोजना गरिएको छ ।
* भदौ १ गते चितवन जिल्ला बन्दको आयोजना गरिएको छ ।
* भदौ ५ गते काठमाण्डौ उपत्यका बन्द को आयोजना गरिएको छ ।
(२०६४ साउन २५ पदम लेकालीद्वारा प्रस्तुत रिपोर्ट)
[…] री हस्तक्षेप PRESS RELEASE: Udpidit Jatiya Utthan Sangh (Ekikrit) संयुक्त गणतान्त्रिक दलित मोर्चा, केन्द् […]
[…] री हस्तक्षेप PRESS RELEASE: Udpidit Jatiya Utthan Sangh (Ekikrit) संयुक्त गणतान्त्रिक दलित मोर्चा, केन्द् […]
[…] री हस्तक्षेप PRESS RELEASE: Udpidit Jatiya Utthan Sangh (Ekikrit) संयुक्त गणतान्त्रिक दलित मोर्चा, केन्द् […]