PRESS RELEASE: Udpidit Jatiya Utthan Sangh (Ekikrit)
उत्पीडित जातीय उत्थान संघ (एकीकृत)
केन्द्रीय कार्यालय, काठमाडौं, नेपाल
प्रेस वक्तव्य
गणतन्त्रका पक्षधर दलित संघ संगठनहरूको संयुक्त गणतान्त्रीक दलित मोर्चा नेपालको आयोजनामा शान्तिपर्ूण्ा रूपमा सञ्चालित संर्घष्ाका क्रममा आज आयोजना गरिएको एक घण्टे उपत्यका चक्का जाम कार्यक्रममा सक्रिय रूपमा सहभागी दलित समुदायका नेता तथा कार्यकर्ताहरूमाथि अन्धाधुन्ध प्रहरी हस्तक्षेप गरी सयौंको संख्यामा गिर तार गरेर यो लोकतान्त्रिक सरकार भनाउँदो सरकारले अति निक्रिष्ट चरित्रको पर््रदर्शन गरेको छ ।
गत श्रावण ९ गते देखि १० सुत्रीय मागहरू राखी रचणवद्ध आन्दोलनमा उत्रिएका नेपालका सम्पर्ूण्ा दलित समुदायमाथि सरकारले गरेको यो वर्वर दमनको हाम्रो संगठन घोर निन्दा एवं भर्त्सना गर्दछ । साथै गिर तार गरिएका सम्पर्ूण्ा नेता तथा कार्यकर्ताहरूको अविलम्ब रिहाइको माग गर्दछ । हाम्रा जायज मागहरू पूरा गर्नुको बदला न्यायपर्ूण्ा संर्घष्ाका विरुद्ध दमन गरेर उत्पन्न हुने परिणामको सरकार स्वयं जिम्मेवार हुनर्ुपर्दछ भन्ने चेतावनी समेत दिन चाहन्छौं ।
शान्तिपूर्ण आन्दोलनमा संलग्न हामी दलित समुदाय वार्ताका माध्यमबाट समस्याको समाधान गर्ने पक्ष्यँमा रहदाँ रहँदै पनि सरकारले वार्ताको वातावरण निर्माण गर्नुको बदलामा अलोकतान्त्रिक तरिका अवलम्बन गरिरहेकोमा हामी आक्रोश प्रकट गर्दै दलित समुदायको जायज मागहरूलाई तत्काल पूरा गर्न जोडदार माग गर्दछौं ।
२७ श्रावण, २०६४
केशबहादुर परियार
अध्यक्ष
[…] ोलनकारीहरूमाथि प्रहरी हस्तक्षेप PRESS RELEASE: Udpidit Jatiya Utthan Sangh (Ekikrit) संयुक्त गणतान्त्र […]