A joint press statement, strongly condemns the brutal killing of Mr. Purna Sunar
14 August 2007, Kamalpokhari, DNF has conducted joint meeting with its member organizations at its premises presently working at national level. Altogether, 14 organizations had been invited to discuss on the case of killing of Mr. Purna Bahadur Sunar to exert pressure in order to draw attention of the government, government related human rights organizations namely National Human Rights Commission and National Dalit Commission, major political parties, sister organizations and other human rights and civil society organizations. The meeting, issuing a joint press statement, strongly condemns the brutal killing of Mr. Sunar made by Terai Janatantrik Mukti Morcha (Goit) and appeals the government to declare Mr. Pruna Sing Sunar as Martyr and to punish the concerned perpetrator by investigating the fact as soon as possible.
However, the meeting has decided to initiate instantly pressure oriented programmes at national to grass root levels by launching series of activities all over the country involving political parties, sister organizations, human rights and civil society organizations to protest such heinous killing. Please find the attached press release for your information and solidarity.
Report by:
Suman Paudel
Press Statement:
मिति २०६४ साउन २४ गते दलित गैर सरकारी संस्था महासंघ कपिलबस्तु जिल्ला शाखाका अध्यक्ष पर्ूण्ा बहादुर सुनारलाई तौलिहवाबाट आपनो घर र्फकदै गर्दा राजपुर पकरेहटा नजिक पुग्दा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) समूहका बन्दुकधारीहरुले गोली हानी गरेको हत्याको घोर भर्त्सना गदै दलित गैसस महासंघ र सदस्य संस्थाहरुद्धारा जारी
प्रेस विज्ञप्ति
(२०६४ साउन २९)
नेपाल बहुजातिय, बहुभाषिक र बहुस“ास्कृतिक राज्य हो । यहा“ सबैले सम्मानका साथ बस्न पाउनु पर्दछ । तर्राईको व्यक्ति हिमालमा गएर होस् वा हिमालको व्यक्ति तर्राईमा गएर होस् समान अधिकार र पहिचानका साथ वसोवास गर्ने, पेशा गर्ने र हिडडुल गर्ने संबैधानिक अधिकारको निर्भिकताका साथ उपभोग गर्न पाउनु पर्दछ । अध्यक्ष पर्ूण्ा बहादुर सुनार बिगत ३० वर्षदेखि कपिलवस्तु जिल्लाको बुड्डी गा.बि.स.४ मा स्थायी बसोबास गर्दै आउनु भएको थियो । उहा“ विगत १५ वर्षदेखि सामाजिक परिवर्तन तथा जातिय छुवाछूत व्ािरुद्ध दलित जनजाती विकास मंच मार्फ सामाजिक सेवामा संलग्न रहनु भएको थियो । २०५६ साल देखि नै दलित गैर सरकारी संस्था महासंघको क्षत्रीय सदस्य भई काम गरि सक्नु भएका सुनार २०६३ साल देखि, दलित गैर सरकारी संस्था महासंघको कपिलवस्तु जिल्ला शाखाको अध्यक्ष रहनु भएको थियो ।
जातीय छुवाछूत तथा मानव अधिकारवादी योद्धाको रुपमा लागिरहनु भएका सुनारलाई पहाडे मुलको भएकै कारण विना कुनै कसुर गोली हानी हत्या गर्नु हदै सम्मको कायरतापन र जघन्य मानवअधिकारको उल्लंघन हो । हामी दलित नागरिक समाज यस प्रकारको कायरतापर्ूण्ा हत्याको घोर भर्त्सना गर्दछौ र शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौ । साथै नेपाल सरकारस“ग मृतकलाई शहिद घोषणा गर्न, पिडीत परिवारलाई उचित क्षतिपर्ूर्ति दिन र हत्यारालाई यथाश्रि्र पक्राउ गरी कडा भन्दा कडा कार्वाही गर्न जोडदार माग गर्दछौं । उक्त हत्याको दोषी माथि कार्वाही गर्न र हत्या/हिंसा वन्द गरी नागरिकको जिउ धनको सुरक्षाको प्रत्याभूति गर्न साथै राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग लगायत अन्य मानवअधिकारवादी संघ संस्था, प्रमुख राजनीतिक दलहरु, दलित भातृ संगठनहरु तथा सम्पर्ूण्ा नागरिक समाजको ध्यानाकर्षा गर्दै यस घटनाको कडा विरोध गरी न्यायिक छानविनमा ऐक्यवद्धताको लागि हार्दिक अपिल गर्दछौ ।
क्रं.सं. नाम संस्था हस्ताक्षर
१. बोम बहादुर विश्वकर्मा दलित गैसस महासंघ (DNF), काठमाडौ
२. मैना अछामी राष्ट्रिय दलित महिला संघ (DNF), काठमाडौ
३. अनिता श्रेष्ठ दलित महिला संघ, काठमाडौ
४. जीवन परियार ल्यानकाउ नेपाल, काठमाडौ
५. गंगा विश्वकर्मा दलित मानवअधिकार संगठन, काठमाडौ
६. राजन लोहनी समता नेपाल, काठमाडौ
७. सुरेश शर्मा दलित समन्वय समिति, सुनसरी