नेपाली अमेरिकन सोसाईटी फर अप्रेस्ड् कम्युनिटी (नासो कम्युनिटी NASO Community): Press Release
नेपाली अमेरिकन सोसाईटी फर अप्रेस्ड् कम्युनिटी (नासो कम्युनिटी)
Nepali American Society for Oppressed Community U.S.A. (NASO Community)
प्रेस विज्ञप्ति
मुलुकको संवैधानिक तहदेखि नै मानविय अधिकारहरुको पूर्ण स्थापना तथा व्यवहारिक हुनु देशका लागि सवल मेरुदण्डिय संरचनाको उच्च कदर हुनु हो । कुनै पनि ब्यक्ति, वर्ग विषेशको रंग्, जातियता वा अल्पसंख्यक बहुसंख्यक को आधारखडा गराई तिनिहरुको वेवस्ता गरिनु भन्ने त देशको रुग्ण - अप्रजातान्त्रिक शासन प्रणालिको प्रदर्शन गर्नु हो । अहिलेको सरकार आफ्नो त्यही असक्षमता प्रदर्शन गर्न उद्रित भएको छ ।
केहि दिन अगाडि मात्र पिछडिएका, उत्पिडित एवं मानविय अधिकारहरुबाट बंचित पारिएका दलितहरुद्वारा गरिएको शान्तिपूर्ण प्रदर्शनको छाप बिर्सन नपाउदै हिजो मात्र सम्पूर्ण उपत्यकावासीहरुको अपार समर्थन पाई सफल उपत्यका बन्द कार्यक्रमका दौरान फेरि सरकारले प्रहरी दमन तथा हस्तक्षेप गरेको समाचारले हाम्रो ध्यानाकर्षण गरेको छ । यसै क्रममा वादी समुहहरुले आफ्नो स-समान हक र अधिकारहरुको पूर्ण स्थापनार्थ गरेको प्रदर्शन सरकारी अति-बेवास्ताले उब्जाएको सरकार स्वयमकै रुप भएको भन्ने ठहर गर्दै उपत्यका बन्द र वादी समुह हरुद्वारा गरिएको शान्तिपूर्ण प्रदर्शनका दौरान भएको हस्तक्षेप र गिरफ्तारीको यस नासो कम्युनिटी घोर भर्त्सना एवं निन्दा गर्दछ ।
मानविय अधिकारका मुल्य मान्यताहरुको स्थापनार्थ सबै मागहरु पुरा गर्दै गिरफ्तार गरिएका सम्पूर्ण मानव अधिकार कर्मिहरुको रिहा एवं उचित औषधोपचार गर्न समेत यस नासो कम्युनिटी आव्हान गर्दछ।
धरम विश्वकर्मा
अध्यक्ष
राज सेन्चुरी
सचीव
नेपाली अमेरिकन सोसाईटी फर अप्रेस्ड् कम्युनिटी (नासो कम्युनिटी)
Nepali American Society for Oppressed Community U.S.A. (NASO Community)
६४८५ उड्ल्याण्ड् फरेस्ट् ड्राइव
एल्करिज मेरिल्याण्ड् २१०७५ यू एस ए
फोन न : (१) ४४३ ७५५ ९८२८