JUP-Nepal condems the Kathmandu blasts

A Press Release from JANA UTTHAN PRATISTHAN (JUP –Nepal) condemns a series of recent three blasts in Tripureswar, Sundhara and Balaju in Kathmandu city terming them as disruptive to ongoing peaceful Dalit protests with just demands.

JANA UTTHAN PRATISTHAN (JUP –Nepal)
(A National Institution for Human Rights, Socio-Economic Development and Environment Conservation)

JANA UTTHAN PRATISTHAN(JUP –Nepal)
(Academy for Public Upliftment)

जन उत्थान प्रतिष्ठान

विषय ः प्रेस विज्ञप्ती

२०६४ साल भाद्र १६ गते काठमाडौंको त्रिपुरेश्वर, सुन्धारा र वालाजुमा भएको श्रृङृखलाबद्ध वम विष्फोटमा मृत्यु भएका परिवार प्रति गहिरो संवेदना र घाइतेहरुको श्रि्र स्वास्थ्यलाभको कामना गर्दै जुनसुकै उद्देश्यका लागि भएपनि निर्दोष र्सवसाधारण प्रति लक्षित गरी गराइएको श्रृङृखलाबद्ध विष्फोट जस्तो अमानवीय क्रुर कार्य प्रति हामी घोर भर्त्सना गर्दछौं । उक्त घटनामा परी मृत्यु भएकाका परिवार र घाइतेहरुको उपचारका लागि उचित राहत उपलब्ध गराउन सरकारसँग माग गर्दछौं ।

देशमा संविधानसभाको निर्वाचन हुन लागेको र दलित लगायत विभिन्न समूहले आ-आफ्ना हक अधिकारको सुनिश्चितताका लागि शान्तिपर्ूण्ा आन्दोलन गरिरहेको बेला भएको यो विष्फोट संविधानसभा भाड्ने र आन्दोलनलाई अवरुद्ध गर्ने प्रतिगामी क्रियाकलाप रहेको ठहर गर्दछौं । जनआन्दोलन भाग-२ को मर्म र नेपालको अन्तरिम संविधान २०६३ अनुसार नेपाललाई समावेशी तथा पर्ूण्ा लोकतान्त्रिक राज्य निर्माणको लागि संविधानसभा लगायत राज्यको सबै संयन्त्रमा दलितहरुको पर्ूण्ा समानुपातिक प्रतिनिधित्व र दलित अधिकार सुनिश्चित गर्नका लागि संयुक्त आन्दोलन गरिरहेका हामीले जुनसुकै राजनैतिक, सामाजिक तथा सांस्कृतिक मागहरु शान्तिपर्ूण्ा आन्दोलनबाट पूरा हुन सक्ने कुरामा विश्वास गर्दछौं ।

तर्सथ दलित लगायत शान्तिपर्ूण्ा आन्दोलन गरिरहेका विभिन्न समूहका मागलाई यथाशीघ्र पूरा गरी संविधानसभालाई सारभूत बनाउन र र्सवसाधारण निर्दोष जनतालाई आतंकित तुल्याउने विष्फोट गराउने समूहको पहिचान गरी तिनीहरुलाई कडा भन्दा कडा कारबाही गरी सुरक्षाको पर्ूण्ा प्रत्याभूति दिन सरकारसँग जोडदार माग गर्दछौं ।

अमृत विश्वकर्मा
महासचिव
जन उत्थान प्रतिष्ठान
JUP-Nepal
Anamnagar Kathmandu, Nepal
Tel. N0: 977-01-4771136/2030309,
E-mail: jup@org.wlink.com.np/ jucn@wlink.com.np
Website: www.jup-nepal.org

Posted under Organizations Bay on Tuesday 11 September 2007 at 9:32 pm

1 Comment »

  1. Pingback by JUP-Nepal condems the Kathmandu blasts — September 15, 2007 @ 3:12 am

    […] ongoing peaceful Dalit protests with just demands. … …more

    This entry was posted

    on S […]

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.