सुरेन्द्र गर्न्धर्वले एसएलसी पास गरे, तर उनले थप अध्ययन कसरी गर्ने?
Surendra Gandarbha is only one student of Badi community in Bajhang, who passed SLC Exams this year. But he doesn’t have any support further study. A news has been published in Naya Patrika daily.
नयाँ पत्रिका (September 27, 2007)
बझाङ, ८ असोज । बझाङ चैनपुर-१ का सुरेन्द्र गर्न्धर्व (१९) ले यस वर्षो एसएलसी तेस्रो श्रेणीमा पास गरे । तर, उनले थप अध्ययन कसरी गर्ने भन्ने कुराको टुंगो अझैसम्म लागेको छैन । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण किताब-कापी जुटाउनकै लागि बिदाको दिन नहर-कुलो खन्ने, घर बनाउने जस्तो काम गरेर पढाइ खर्च जुटाएर एसएलसी पास गर्ने सुरेन्द्र मात्रै बझाङका वादी समुदायका विद्यार्थी हुन् । उनीहरूको चैनपुरमा सेती नदीको किनारामै तीनवटा माटोले बनेका घर छन् । तीनवटा घरमा अहिले १२ परिवारका करिब पा“च दर्जन सदस्य बस्छन् । उनीहरूसग तीनवटा घरबाहेक एक टुक्रा पनि जमिन छैन । सुरेन्द्रका बुबा रंङ्गे वादीले माटोको भा“डा बनाउने र मागेर भए पनि सुरेन्द्रलाई पढाएका थिए । तर, चैनपुर नजिकैको देवलघाटबाट मागेर र्फकंदै गर्दा उनका बुबा रंङ्गे वादीलाई २०५८ चैत २६ गते सेनाले गोली हानेर हत्या गर्यो । बाहुलीगाडामा मारिएका रंगे वादी संकटकालका बेला मारिएका हुन् । आमा र बुबासगै रहदा श्रीमान्लाई गोली लागेपछि बेसुर भएर हि“डेकी सुरेन्द्रकी आमा अहिलेसम्म बेपत्ता छिन् । सुरेन्द्र भन्छन्, ‘संकटकालको बेला बुबा मारिएपछि अध्ययनको साहारा नै सकिएको थियो । तर, दाइहरूले भारी बोकेरै भए पनि पढाउन सहयोग गर्नुभयो । म हुदा खाएर र नहुदा भोकै भए पनि स्कुल गएर एसएलसी पास गरें । अब पढ्ने स्रोत केही पनि छैन ।’ प्राविधिक शिक्षा पढ्ने रुचि भए पनि पढ्ने आर्थिक स्रोत नभएका कारण उनले अहिलेसम्म क्याम्पस भर्ना गर्न सकेका छैनन् । पाचजना दाजुभाइमध्ये साइला सुरेन्द्रले स्थानीय सत्यवती माध्यमिक विद्यालय चैनपुर बझाङबाट एसएलसी उत्तीण गरेका हुन् । अभावै अभावका बीचबाट आइपुगेका सुरेन्द्रले चैनपुरमा खुलेका सबै गैरसरकारी संस्थामा पनि पढ्नलाई सहयोग गरिदिन अनुरोध गर्दै धाइसके, तर कसैले पनि सहयोग नगरेको बताउदै उनी भन्छन्, ‘राज्यले पनि हामीलाई कुनै वास्ता गरेको छैन । द्वन्द्वपीडितलाई राहत दिने भन्छन्, तर बुबालाई सेनाले गोली हानेर मार्यो कसैले वास्ता गरेनन् ।’ राज्य वा कसैले अध्ययनमा सहयोग गरिदिए आफ्नो अध्ययन अगाडि बढाउन पाए हुन्थ्यो भनेर अहिलेसम्म सहयोगको याचना गर्दै हिडेका सुरेन्द्र भन्छन्, ‘कसैले पनि सहयोग गरेन भने खानका लागि काम गर्नै पर्यो । उच्च शिक्षा पढ्ने सपना अधूरै रहने भयो ।’
News item submission: JB Bishwokarma