दृष्टिकोण: कसका लागि पुनर्संरचना ?

दृष्टिकोण: कसका लागि पुनर्संरचना ?

- जे.बी. विश्वकर्मा

राजनीतिकरूपमा मुलुक अब राजतन्त्रको अन्त्य गरी गणतन्त्रमा जाने प्रायः निश्चित भइसकेको छ । त्यसकारण राज्यको पुनर्संरचनाको प्रक्रियाबारे बहस र विमर्श भइरहेको छ । कात्तिक १८ मा सम्पन्न संसद्को विशेष अधिवेशनले सरकारलाई संविधानसभाको नयँ मिति तोकी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्न आवश्यक सम्पूण प्रक्रिया निर्धारण गर्न निर्देश गरेको छ । अन्तरिम संविधानसभाको पहिलो संशोधानले मुलुकलाई एकात्मक र केन्द्रीकृत ढाचाबाट संघीय ढाचामा लाने फैसला गरेको छ । यद्यपि ०६३ मंसिर ५ मा माओवादी र सरकारबीचमा भएको शान्ति सम्झौतामा उल्लेख गरे अनुरूप नै मुलुकको अग्रगामी पुनर्संरचनाको थालनी हुनुपर्ने थियो जुन अहिलेसम्म हुन सकिरहेको देखिदैन ।

सम्झौतामा उल्लेखित राज्य तथा समाजको पुनर्संरचना गर्ने सवालमा कुनै ठोस ढाचा तयार गर्न सकिरहेको छैन । यद्यपि राजनीतिको केन्द्रीय तहमा प्रमुख राजनीतिक पुनर्संरचनाको मुद्दाबारे कात्तिक १८ को विशेष अधिवेशनले सरकारलाई संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्ने प्रक्रियाको थालनी गर्न र संविधानसभाको निर्वाचनमा सबै वर्ग, लिंग, क्षेत्र र जातिको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न पूण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न निर्देश गरेर राज्यको पुनर्संरचनाका लागि महत्त्वपूण प्रस्ताव पारित गरेको छ ।

शान्तिसम्झौता भएको एक वर्षबित्न लाग्दासमेत जनताले सामाजिक संरचनादेखि व्यक्तिगत जीवनमा खासै कुनै महत्त्वपूण परिवर्तनको अनुभूति गर्न पाइरहेका छैनन् । राज्यको पुनर्संरचनाका लागि केन्द्रीयस्तरमा परिवर्तनको केही प्रक्रिया सुरु भएको देखिए पनि सामाजिक र व्यक्तिगत जीवनमा कुनै प्रक्रियाको सुरुआत हुन सकिरहेको छैन । हरेक आन्दोलन, युद्ध र व्रि्रोहमा समाजमा अत्यन्तै पछाडि पारिएका वर्ग, समुदाय, जाति, क्षेत्रलगायतले महत्त्वपूण भूमिका खेल्दै आइरहेका छन्, त्याग र बलिदान गर्दै आइरहेका छन् । जुन ०६२/०६३ को जनआन्दोलनमा यो अझ बढी प्रस्ट देखियो । सडकमा निरंकुश शासनसत्ताको गोली, लाठीका बाबजुद पनि उनीहरूले सडकको रणमैदान छोडेर भागेनन् । त्यो वर्ग तथा समुदाय नै अब नया“ नेपालको पर्ुनर्संरचनाका प्रतिविम्ब-पात्र हुन र हुनुपर्छ । तर, अहिलेसम्म जनताको रगतमाथि टेकेर सत्तामा बसेका र यथास्थितिवादी शक्तिले उनीहरूका मर्म र भावनालाई कदर गर्न सकेका छैनन् ।

जनआन्दोलनबाट शक्तिमा पुगेका केही राजनैतिक शक्ति निरन्तररूपमा संविधानसभामा आफ्नो हिस्सेदारी खोजिरहेका मधेसी, दलित, आदिवासी जनजाति, महिलालगायतका समानुपातिक प्रतिनिधित्वको मागलाई उपेक्षा गर्दै अभिव्यक्ति दिइरहेका छन् । राज्यको सही रूपमा पुनर्संरचनाका लागि संविधानसभामा सबैको प्रतिनिधित्व सुनिश्चित गर्न पूण समानुपातिक प्रणालीको लागि संसद्को बहुमतले दिएको निर्देशन पूरा गर्न प्रतिबद्ध हुनुपर्छ । नत्र संसद्को सर्वोच्चताको भिन्न कार्यक्षेत्रका बारेमा उनीहरूले स्पष्टरूपमा पेस गर्न सक्नर्ुपर्छ । संविधानसभामा समानुपातिक प्रतिनिधित्वका लागि समानुपातिक निर्वाचन प्रणालीको कार्यान्वयन भएन भने त्यसले संविधानसभाको निर्वाचनलाई पछाडि धकेल्ने र पुनः जाति, जनजाति तथा समुदायको आन्दोलन अझ सशक्त हुने निश्चित छ । ती जनताको समानुपातिक प्रतिनिधित्वविना र्सार्थक संविधानसभा हुन सक्दैन । अन्तरिम व्यवस्थापिका संसद्को बहुमतले पारित गरेको प्रस्तावलाई सरकारले कार्यान्वयन गर्नैपर्छ ।

अधिकांश उत्पीडित जनताले समग्रतामा समाज र राज्यको पुनर्संरचना चाहेका छन् । तर, राजनीतिक नेतृत्वमा रहेको पुरानो आत्मगत, केन्द्रीकृत मनोविज्ञान अझैं जनताको पक्षमा पुनर्संरचित हुन सकेको देखिदैन । पुनर्संरचनाको नारा पुरानै सामन्ती मनोविज्ञानमा आधारित नीति तथा कार्यक्रम वा सोचबाट हुन सक्दैन । त्यसैको परिणाम सामाजिक, सांस्कृतिक, आर्थिक क्षेत्रमा कुनै परिवर्तन भएको जनताले महसुस गर्न पाइरहेका छैनन् । यस किसिमको मनोविज्ञान र कार्यशैलीमा नै पुनर्संरचना हुन जरुरी छ ।

यतिबेला संविधानसभामार्फ् नया अग्रगामी संविधान बनाउनका लागि सबैको प्रतिनिधित्वको सुनिश्चितता जरुरी छ । त्यसका लागि संसद्को विशेष अधिवेशनमा बहुमतले पारित गरी सरकारलाई निर्देश गरिसकेको भए पनि अझै यथास्थितिवादी शक्ति आफ्नो साख गुम्ने र गरिब, मजदुर, किसान, दलित, महिला, मधेसी, आदिवासी, जानजातिमाथिको आफ्नो कुटिल राजनीति लाद्न नपाउने चिन्तामा छ । अहिले जनताले कानुनी राज्य चाहिरहेका छन् । तर, गाउ“घरमा सामन्तको निर्देशनमा चलिरहनुपरेको छ । वर्षौं वर्ष श्रम गर्ने श्रमिकले कम्तीमा वर्षरि खानपुग्ने अन्न उत्पादन हुने जमिनको माग गरिरहेका छन्, तर राज्य वैज्ञानिक भूमिसुधारको नारालाई नारामा मात्रै पर्याप्त ठान्छ । मुलुकको एक चौथाइ दलित समुदाय सामाजिक, आर्थिक, राजनीतिक अधिकारका साथसाथै मानव भएर जिउन र छुवाछूतविहीन समाजमा आत्मसम्मानपर्ूवक बा“च्न चाहन्छ, तर राज्य ‘छुवाछूत’लाई सामाजिक अपराध कायम गर्नुपर्ने मागलाई बेवास्ता गर्छ । साथै, संविधानसभामा समानुपातिक प्रतिनिधित्वका लागि महिनौं आन्दोलन गर्दा पनि आन्दोलनको अपमान गर्छ । राजनीतिक दलका कार्यकर्ता नै दलित समुदायलाई छुवाछूत गर्दै हि“ड्छन् तर, उनीहरूलाई कारबाही गरि“दैन । भाषा, संस्कृति र पहिचानको माग गर्दै जनजाति सडकमा आन्दोलन गर्छन् तर, राज्य उनीहरूको मागलाई षड्यन्त्रपूवक पाखा लगाउने प्रयन्त गर्छ । सत्तारुढ वर्गको यो मनोविज्ञान र प्रक्रियामा पर्ुनर्संरचना नभई देशको अग्रगामी परिवर्तन असम्भव छ ।

समाजको आमुल परिवर्तन गर्छु भन्ने केही राजनैतिक शक्तिमा पनि विभेदकारी संस्कृति यथावत् छ । सामन्तवादका पुजारी त्यसलाई अझ बढी मजबुद बनाइराख्ने कसरत गरिरहेका छन् । समाजलाई अग्र- गामी रूपान्तरणबाट रोक्न चाहने विभेदकारी र विकृत मनोविज्ञानमा पुनर्संरचना गर्न जरुरी छ ।

त्यसैगरी, सामुदायिक र व्यक्तिगत तहमा रहेको सामन्ती र विभेदकारी संस्कृतिक संरचनाका कारण समाज अधोगतितिर गइरहेको छ । अहिलेसम्मको द्वन्द्वको जड पनि यी परम्परागत सांस्कृतिक संरचनाका साथै सबैले स्रोतमाथि अधिकार नपाउनु नै हो । सदियौंदेखि दास, रैती बनाइएका सबैको अधिकार स्थापित गराउन नै राज्यको पर्ुनर्संरचना जरुरी भएको हो न कि स्रोत-साधनमाथि हालिमुहाली गरिरहेका र धर्म, संस्कृति आदिका नाममा विगतदेखि नै शोषण गर्दै आएकालाई संरक्षण गर्न ।

अबको राजनीतिक पुनर्संरचना शक्ति र अधिकार तिनै शोषित, पीडित, थिचोमिचो र भेदभाव खेपिरहेका जनतालाई हस्तान्तरण गर्नका लागि हो र हुनुपर्छ । त्यसैले राज्यको साधनस्रोत र प्राकृतिक साधनस्रोतमाथि जनताको अधिकार स्थापित गराउने राज्यको इच्छाशक्तिको स्थापनाका लागि यथास्थितिवादी राजनैतिक शक्तिको सोचमा पर्ुनर्संरचना हुनुपर्छ । अबको पर्ुनर्संरचना शोषण र दासताबाट मुक्ति, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत अधिकारको सुनिश्चितता र आत्मसम्मानपूवक बाच्ने व्यवस्थाका लागि हो । नेपाली समाजको विविधतालाई बेवास्ता गरेर हुने पुनर्संरचनाले कुनै अर्थ राख्दैन ।

सामाजिक, सांस्कृतिक, आर्थिक रूपान्तरणका अहिलेको मुख्य आवश्यकता हो र त्यही वर्ग, समुदाय, जाति, क्षेत्र, लिङ्गलगायतलाई केन्द्रमा राखेर अबको राज्य र समाजको पुनर्संरचना हुनुपर्छ । नत्र, द्वन्द्वका रूप फेरिने, युद्धका स्वरूप फेरिने सम्भावनालाई नकार्न मिल्दैन ।

Published in: नयाँ पत्रिका (Naya Patrika, Kathmandu, November 17,2007,10:46 am).

Posted under Perspectives / Analysis on Saturday 17 November 2007 at 10:58 am

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.