National Dalit Network to stage a mock Dalit parliament again
National Dalit Network to stage a mock Dalit parliament again
Kathmandu, November 19- Rastriya (National) Dalit Network is organising a mock Dalit parliment once again in Staff College, Lalitpur, Kathmandu on December 9th and 10th of next month (December) to consolidate and energize Dalit movement in Nepal.
विषयः दलित संसदको आव्हान गरिएको बारे ।
माननीय सदस्य ज्यूहरु,
दलित संसद,
दलित अधिकारको आन्दोलनलाई थप शसक्त बनाउनका लागि जनमत श्रृजना गर्न, दलित सवालमा थप वहस संचालन गर्ने, देशका विभिन्न भागमा उठेका दलित आन्दोलनलाई संस्थागत गर्ने, राज्य तथा राजनीतिक दलहरुलाई दवाव श्रृजना गर्ने, दलित आन्दोलनलाई विचाराधारात्मक रुपले स्पष्ट गर्दै लैजाने, दलित अधिकारमुखी अभियानको नेतृत्वदायी जनसंगठनको निर्माण गर्ने, नेपाली दलित आन्दोलनमा अन्तर्रर्ााट्रय ऐक्यबद्धता जुटाउने, मुलुकको अपरिहार्य बनेको संविधान सभाको निर्वाचनमा दलितहरुको अर्थपर्ूण्ा सहभागिता, पहिचान र पहुँच कायम गर्ने राज्य र राजनीतिक दलहरुलाई वैकल्पिक योजना सहित कार्यान्वयनका लागि दवाव दिने मूल उद्देश्यका साथ हरेक बर्षहुदै आएको दलित संसद नियमित पाँचौं दलित संसदका रुपमा यो बर्ष्ा पनि अन्तर्रर्ााट्रय मानव अधिकार दिवसको अवसर पारेर यही २०६४ मंसिर २३ र २४ गते तद अनुसार ९ र १० डिसेम्बर २००७ को बिहान ठीक ११ वजे काठमाडौंको जावलाखेल स्थित स्टाफ कलेजमा हुने ब्यहोरा सगौरव अवगत गराउन चाहन्छु । साथै यसै सूचनालाई आधार मानी समयमा अनिवार्य उपस्थितिका लागि माननीय दलित सांसद सदस्यहरुमा हार्दिक अनुरोध गर्दछु ।
राज्यको संसद २००७, २०४६ र २०६२/६३ को परिवर्तन पश्चात बनेका राज्यको संसदहरु दलितहरुको अर्थपर्ूण्ा सहभागिता विना नै चल्दै आयो र दलितहरुले ७ दशकदेखि उठाउदै आएको जायज मागहरुको सही संवोधन नगरेका कारण त्यसको वैकल्पिक अर्थात सांकेतिक रुपमा राज्यलाई दवाव दिने हेतुले संचालन हुदै आएको दलित संसद आज मिति २०६४/८/३ गतेका दिन नेपाल सरकारद्वारा आव्हान गरिएको नियमित हिउँदे अधिवेशनकै दिनको सर्न्दर्भ पारेर यो दलित संसदको आव्हान गरिएको छ ।
यो दलित संसद मुलुकमा तमाम खाले चुनौतिहरुको सामना गर्दै अघि बढिरहेको शान्ति प्रकृया, संघीय लोकतान्त्रिक गणतन्त्र, पर्ूण्ा समानुपातिक निर्वाचन प्रणाली लगायतको वहस संचालन भईरहेका बखत हुन गइरहेको छ । यस दलित संसदमा १४ अंचलका करिब ७५ वटै जिल्लाका दलित अगुवा तथा पिडितहरु, राजनैतिक दलका नेताहरु, नागरिक आन्दोलनका अगुवाहरु, संचारकर्मी मित्रहरु, मानव अधिकारकर्मी मित्रहरु र छिमेकी राष्ट्रका मित्रहरुको ऐक्यबद्धतापर्ूण्ा सहभागिता रहने छ । दलित संसदले मुलुकको समसामयीक राजनीति, चालु शान्ति प्रकृया, संविधान सभाको निर्वाचन र संवैधानिक आरक्षण लगायतका दलित मुद्दामा ठोस निर्ण्र्ाासहित आगामी दलित आन्दोलनको श्रृजनात्मक विकल्प पेश गर्ने विश्वास लिएको छु ।
अन्तमा नेपाली दलित मुक्ति आन्दोलनमा एउटा अलग पहिचान कायम गर्न सफल र सबै क्षेत्रबाट अत्यन्त महत्वका साथ हेरिएको यस दलित संसदलाई सफल तुल्याउन आदर्णर्ीय संचारकर्मी मित्रहरु, मानव अधिकारकर्मी तथा नागरिक आन्दोलनका अगुवा मित्रहरु, दलित आन्दोलनका अगुवा मित्रहरु तथा राजनीतिक दलका नेतृत्वहरुमा हर तरहको सहयोग तथा ऐक्यबद्धताका लागि हार्दिक अपिल गर्दछु ।
गणेश वि.के.
सभामुख
दलित संसद
RDN Nepal Central Office, Dhangadhi, Kailali, Nepal, Tel: 091-520604, Fax: 091-524729
E-mail: gaps2rdn@yahoo.com