“गणतन्त्र र समानुपातिकताको सर्न्दर्भमा दलित अधिकारको सवाल” बिषयक राज्य समिति स्तरीय वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

Dalit Rights in the Context of Republic and Proportional Representation – An Interaction Program

An interaction program was organized jointly by Nepal Dalit Mukti Morcha (Unified) and Tamu State Committee, Pokhara on Dalit rights in the context of republic and proportional representation system. Speaking as the chief guest, the member of interim parliament Hon. Tilak Pariyar concluded that without these both, Constituent Assembly (CA) cannot ensure the right of more than 6 million Dalits. “Dalits are deprived of their basic rights to live as human beings”, he said, “there cannot be equal competition between unequal people.”

पोखरा, कास्की मंसिर १९ गते । नेपाल दलित मुक्ति मोर्चा (एकीकृत), तमुवान राज्य समितिको आयोजनामा आज “गणतन्त्र र समानुपातिकताको सर्न्दर्भमा दलित अधिकारको सवाल” बिषयक राज्य समिति स्तरीय वृहत अन्तरक्रिया कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

अन्तरक्रियामा नेपाल दलित मु्त्तिm मोर्चा (एकीकृत) का केन्द्रीय अध्यक्ष तथा अन्तरिम व्यवस्थापिका संसदका सदस्य क. तिलक परियारको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा गणतन्त्र र समानुपातिकता विनाको संविधानसभाको निर्वाचनले दलितहरूको अधिकार सुनिश्चित नहुने निश्कर्षनिकालेको छ । प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष परियारले बहुमतीय वा मिश्रति निर्वाचन प्रणालीले मुलुकमा मान्छे भएर पनि मान्छे सरह जीवन जिउन नपाउने बाध्यतामा रहेका ६० लाख भन्दा बढी संख्यामा रहेका दलित समुदायको अधिकार सुनिश्चित हुन नसक्ने तर्क गर्दै असमानहरू बीच समान प्रतिश्पर्धा गराउने प्रणालीमा मुख्यतः नेपाली काङ्ग्रेस उद्यत रहेको चर्चा गर्नुभयो । उहा“ले राजनीतिक रुपमा मुलुक दुइ ध्रुवमा विभाजित नहुन र काङ्ग्रेस जिम्मेवार भएर प्रस्तुत हुन आग्रह समेत गर्नुभयो । अध्यक्ष परियारले दलित मुक्तिका लागि राज्यका सबै क्षेत्रमा दलितलाई समानुपातिक प्रतिनिधित्व र विशेषाधिकारको सुनिश्चित गर्न पनि समानुपातिक निर्वाचन प्रणाली र गणतन्त्रको घोषणा अपरिहार्य भएकाले हालै अन्तरिम व्यवस्थापिका संसदबाट समेत बहुमतले पारित सो प्रस्तावलाई नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेको सरकारले कार्यान्वयन गर्नुको विकल्प नरहेको चर्चा गर्नुभयो । त्यसैगरी अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति संयोजक क. सुसिला सिम्खडाले सामन्ती-व्राह्मणवादी पितृसत्तात्मक राज्यसंरचनमा रहेका महिला, दलित तथा अल्पसंख्यक समुदायलाई राज्यमा समानुपातिक प्रतिनिधित्व गर्न समानुपातिक निर्वाचन प्रणालीको अपरिहार्यता रहेको चर्चा गर्नुभयो । तमु राष्ट्रिय मुक्ति मोर्चाका महासचिव लालबहादुर तमुलेे नेपाली जनताले दिएको जनादेशलाई नेपाली काङ्ग्रेसले उल्लङ्घन गरेको चर्चा गर्दै नेपाली काङ्ग्रेसले हलो अड्काएर गोरु चुट्ने प्रवृत्ति रहेको चर्चा गर्नुभयो । कार्यक्रममा नेपाल राष्ट्रिय दलित मुक्ति संगठनका कास्की जिल्ला अध्यक्ष नारायण रसायिली, स्वतन्त्र व्यक्तित्व दर्गाबहादुर सुनार, नेकपा (माओवादी) का जिल्ला सदस्य जनार्दन नेपाली, लगायतका वक्ताहरूले अवधारणापत्र माथि छलफल टिप्पणी गर्नुभएको थियो ।

नेपाल दलित मुक्ति मोर्चा (एकीकृत) का केन्द्रीय उपाध्यक्ष तथा तमुवान राज्य समिति संयोजक क. डम्बरबहादुर विश्वकर्माको सभातपित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालक केन्द्रीय सदस्य भुवन सुनारले गर्नुभएको थियो । कार्यक्रममा नागरिक समाज, राजनीतिक पार्टी प्रतिनिधि, पत्रकार, पेशाकमी, प्राध्यापक लगायत सैयौ व्याक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्रस्तुतिः विनय, नेपाल दलित मुक्ति मोर्चा (एकीकृत)
केन्द्रीय कार्यालय सचिव

Posted under News, Organizations Bay on Wednesday 5 December 2007 at 8:52 pm

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.