५९औ अन्तर्राट्रय मानवअधिकार दिवस मनाईयो

५९औ अन्तर्राट्रय मानवअधिकार दिवस मनाईयो

DNF News room

सबैका लागि मानवअधिकार र आत्मसम्मान भन्ने मूल नाराका साथ आज विश्व भरि ५९ आं अन्तर्रर्ााट्रय मानवअधिकार दिवस मनाईरहेको बेला नेपालमा पनि मानवअधिकार दिवस भब्यताका साथ मनाइयो । आज सो अवसरमा मानवअधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले संयुक्त रुपमा कार्यक्रम आयोजना गरे । मानवअधिकारवादीहरु को र्याली भृकुटीमण्डपबाट शुरु भै शहिद गेट, न्यूरोड गेट हुदै बसन्तपुर डबलीमा गएर र्सार्वजनिक सुनाईमा परिणत भएको थियो ।

र्सार्वजनिक सुनाईमा नेकपा एमालेका तर्फाट भरतमोहन अधिकारी, नेपाली काँग्रेसका तर्फाट डा. मिरेन्द्र रिजाल, नेकपा माओवादीका तर्फाट पम्फा भुसाल, जनमोर्चा नेपालका तर्फाट चित्रबहादुर के.सी, नागरिकको तर्फाट डा. अर्जुन कार्की र अधिवक्ता टिकाराम भट्टर्राईले बोल्नु भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले संविधान सभाको चुनाव छिटो हुनु पर्नेमा दवाव दिएका थिए भने अब राजनैतिक दलहरुले जनताले दिएको निर्देशन अनुसार काम गर्न नसकेकोले विषेश गरेर सरकारमा रहेको तथा सात दलको गठबन्धनलाई दवाव दिनलाई फेरी अर्को आन्दोलन गर्नु पर्नेमा विषेश जोड दिनु भएको थियो । दलित गैरसरकारी संस्था महासंघ, दलित मानवअधिकार संगठन, गैरसरकारी संस्था महासंघ, राष्ट्रिय अपाङ्ग महासंघ, नेपाल जनजाति आदिवासी महासंघ, इन्सेक, आरआरएन, मानवअधिकार एलाएन्स, कोक्याप, नागरिक सरोकार नेपाल, महिला सुरक्षा दवाव समुह, मानवअधिकार संचार प्रतिष्ठान लगायतका दर्जनौं संस्थाहरुको सहभागीता रहेको थियो ।

Dalit NGO Federation (DNF)
Sanepa,Lalitpur

Posted under News, Organizations Bay on Monday 10 December 2007 at 8:08 am

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.