दलितलाई मत दिएको भन्दै धारा प्रयोग गर्न रोक

दलितलाई मत दिएको भन्दै धारा प्रयोग गर्न रोक

Yet an another incident of atrocity to Dalits happens in Sauraha village of Rupendehi district. Three Dalit families are barred from using public drinking water supply on the charge that they have voted for a Dalit candidate in the election of a local primary school management board.

बुटवल पुस २४ (जसस)- विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा दलित समुदायका उम्मेदवारलाई मतदान गरेको भन्दै कपिलवस्तुमा ३ दलित परिवारलाई र्सार्वजनिक धाराको पानी प्रयोग गर्नबाट बञ्चित गरिएको छ ।

जिल्लाको सौराहा गाविस वडा नं. १ स्थित श्री प्राथमिक विद्यालय पिपरहवामा पुस २१ गते व्यवस्थापन समितिको अध्यक्ष पदमा उम्मेदवार सन्तोष हरिजनलाई मत दिएको आरोप लगाएर स्थानीय मुकेश पाण्डे लगायतका व्यक्तिहरुले ति दलित परिवारलाई र्सार्वजनिक धाराको पानी प्रयोग गर्न रोक लगाएका छन् । धाराको पानी प्रयोग गर्न रोक लगाएपछि स्थानीय झिक्न चमार र तुल्सिराम चमारका परिवारले छिमेकीको धाराबाट पानी प्रयोग गर्न बाध्य भएका छन् ।

ब्यवस्थापन समितिको निर्वाचनमा मतगणना हुंदा दलित समुदायका व्यक्ति सन्तोषले २७ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्दी श्यामलालले जम्मा २२ मत प्राप्त गरेपछि विद्यालयका प्राध्यापक अर्जुनप्रसाद चौधरीले बदरमतलाई समेत सदर मत बनाइक प्रतिद्वन्दी उम्मेदवारलाई विजयी बनाइएका थिए ।

मतदानको भोलिपल्ट पुस २२ गतेबाट सन्तोष हरिजनलाई मत दिएको भन्दै पाण्डे लगायतका व्यक्तिहरुले ती दलित समुदायलाई र्सार्वजनिक धारा प्रयोग गर्न रोक लगाएको पीडितहरुले बताएका छन् । उनीहरुलाई गाउं नै निकाला गर्ने र छिमेकिको घरमा पानी खादा उनीहरुको घरनै भत्काईदिने धम्की दिएको बताइएको छ ।

घटनाका सम्बन्धमा स्थानिय इन्दु प्रसाद हरिजनले मतदान अधिकृत गाविस सचिव बाबुराम शर्मालाई सोध्दा निज पाण्डेले गाली बेइज्यती गरेका थिए । उक्त गाली बेइज्यतीको आरोप सहित हरिजनले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पाण्डे विरुद्ध उजुरी गरेका छन् ।

निर्वाचनका सम्बन्धमा भने जिल्ला शिक्षा कार्यालयका बुद्धराज बस्यालले मतदान गर्नु नपर्ने र समुदायमा छलफल गरेर व्यवस्थापन समिति बनाएर ल्याउने भनेर जवाफ दिएको पीडित सन्तोषले बताएका छन् ।

यस्तै सो धारणाको विरोध गर्दै भिजन नेपल रुपन्देहीका अध्यक्ष युवराज न्यौपानेले मतदानको परिणाम नस्वीकार्ने र र्सार्वजनिक धारामा पानि खान समेत रोक लगाउनु मानवअधिकार विरुद्धको कार्य भएको भन्दै दोषी उपर कारवाहीको माग गर्नुभएको छ ।
Report by:
Iman Sunar

Posted under News on Tuesday 8 January 2008 at 10:24 pm

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.