दलित किशोरीहरुलाई जर्बजस्ती यौन व्यवसाय गर्न बाध्य बनाएको खुलासा

- सुमन

काठमाण्डौ, २०६४ माघ १५- कपिलबस्तुको चन्द्रौटामा र्स्वर्गद्वारी होटल एण्ड लजका संचालक राजु भट्टर्राईले दुई दलित किशोरीहरुलाई जर्बजस्ती यौन व्यवसाय गर्न बाध्य बनाएको थाहा भएको छ ।

अर्घाखाँची घरमै पुगेर १५ र १६ बर्षा ती किशोरीहरुलाई होटल संचालक राजु भट्टर्राईले अभिभावकसंग राम्रो काम दिने र मासिक २००० रुपैया दाम तलब दिने र्सतमा घरबाट त्यहाँ ल्याएका थिए । होटलमा बास बस्न र मदिरा सेवन गर्न आएका ग्राहकहरुलाई यौन व्यवहार गर्न उस्काउने अनि उनीहरुबाट मोटो रकम असुल्दै किशोरीहरुलाई जर्बजस्ती यौन कृयाकलापमा संलग्न हुन बाध्य बनाउदै आएका थिए । किशोरीहरुले त्यस्तो काम गर्न नमानेपछि कुटपिट गर्ने, विभिन्न धम्कीहरु दिने र ग्राहकहरुलाई कोठा भित्र पस्न लगाई ढोका बाहिरबाट ताल्चा लगाएर होटल संचालक राजु भट्टर्राईले यौन व्यवसाय संचालन गर्दै आएका थिए ।

गएको आईतवार राती इलाका प्रहरी कार्यालय चन्द्रौटाको नियमित गस्तीमा रहेका प्रहरी इनेस्पेक्टर धर्मराज सुनारको टोलीले शंकास्पद होटलमा छापामार्दा किशोरीहरु त्यहा फेला परेका थिए । सोधपुछको क्रममा किशोरीहरुले आफूमाथी भईरहेको यौन शोषणको बारेमा प्रहरीलाई खुलासा गरेपछि होटल संचालक राजु भट्टर्राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले पिडित किशोरीहरुको जाहेरीमा प्रहरीले होटल संचालक राजु भट्टर्राईलाई जिउमास्ने

बेच्ने उद्योगमा लागेको अभियोगमा मुद्धा दर्ता गरेको छ ।घटनाको वास्तविकता पत्ता लगाउन र पिडित किशोरीहरुको उद्धारका लागि दलित समुदायको हक, अधिकारका लागि कार्यरत राष्ट्रिय स्तरका संघ, संस्थाहरुको एक प्रतिनिधि टोली काठमाण्डौंबाट आज त्यसतर्फ प्रस्तान गरको छ ।

Posted under News on Tuesday 29 January 2008 at 8:19 am

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.