संविधान सभा अगाडी पाल्पाली दलितहरु एक हुने
संविधान सभा अगाडी पाल्पाली दलितहरु एक हुने
- राजु रसाली
Palpa, Feb 10.- Free Dalit Students’ Forum Palpa vows to bring all factions of Dalits to working in unison before CA election, Raju Rasali reports.
पाल्पा, Feb. 10- स्वतन्त्र दलित विद्यार्थी मञ्च पाल्पाले संविधान सभा र दलित सवालका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संविधान सभा नजिकिरहदा पाल्पाका सम्पूण राजनितिक पार्टी भित्रका दलितहरुलाई एकै ठाँउमा जम्मा गरि अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा संम्पूण पाल्पाका दलित नेताहरुले संविधान सभा भन्दा अगाडी नै एक भई दलितहरुलाई जनसंख्याको आधारमा २० प्रतिशत प्रतिनिधित्व गराउन सवै राजनितिक पार्टिलाई दबाव दिने बताए । सोहि अवसरमा नेकपा एमाले पाल्पाका सदस्य मुक्ति कालिराजले सामन्तवादलाई अन्त्य गदै दलितहरु शिक्षित हुदै संविधान सभामा लाग्नु पर्ने बताउनु भएको थियो । कार्यक्रममा नेपाल दलित संघ पाल्पाका भरत परियारले दलित सवालका बारेमा सवै राजनितिक पार्टी भित्रका दलितहरु एकजुट हुन सके मात्र नेपालको दलित आन्दोलन र्सार्थक हुन सक्ने बताउनु भयो । मुक्ति समाजका ठाकुर प्रसाद लोहागुनले दलित भित्रका क्षमताहरुको विकास गर्न सके राष्ट्रको विकास हुने बताउनु भयो । दलित मुक्ति मोर्चाका र्सूय रतनले संविधान सभालाई सफल पार्न सबै दलितहरु लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा स्वतन्त्र दलित विद्यार्थी मञ्च पाल्पाका अध्यक्ष राम प्रसाद लोहागुनले संविधान सभा अगाडी नै पाल्पाका दलितहरु एक भएर जान नसके राजनितिक पार्टी भित्रका दलित संगठनहरु विरुद्ध सिङ्गो स्वतन्त्र दलित विद्यार्थी मञ्च आन्दोलनमा उत्रिने बताउनु भयो ।
Raju Rasali
Jana utthan library
Palpa.