FOCUS FEATURE: Jana Utthan Public Library in Tansen Palpa–जन उत्थान सामुदायिक पुस्तकालयको परिचय

[Featuring Jana Utthan Public Library recently opened in Tansen Palpa, a young enthusiastic library custodian and social activist Raju Rasali tells the stories behind opening of the public library.]

जन उत्थान सामुदायिक पुस्तकालयको परिचय

राजु रसाली/पाल्पा

नेपाली समाजमा विद्यमान अन्धविश्वास, कुरीति तथा जातीय विभेद जस्ता सामाजिक कुसंस्कारका विरुद्ध मानव अधिकार प्रदत्त र समतामुलक समाज निमार्ण्र्ाा लागि सञ्चार, प्रकाशन, अनुसन्धान र जन-वकालतका माध्यमबाट जनचेतना जगाउदै आर्थिक तथा सामाजिक उत्थान गर्ने उद्देश्यले २०५१ सालमा गठन भई २०५२ सालमा जनउत्थान प्रतिष्ठान गठन गरिएको थियो । प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि नै जनउत्थान मासिक पत्रिका मार्फ जनचेतना जगाउने दलित हकहितका लागि जनवकालत गर्ने लघुवित्त कार्यक्रम मार्फ दलित तथा पिछडिएका समुदायको सीप र श्रमलाई व्यावसायिक बनाउदै जाने लगायतका विभिन्न कार्यहरु देशका विभिन्न स्थानहरुमा गदै आएको छ । यसका साथै नेपालको दलित सवाललाई संयुक्त राष्ट्रसंघ लगायत विभिन्न अन्तराष्ट्रिय मञ्च सम्म पुर्याउन जनउत्थान प्रतिष्ठान अग्रस्थानमा रहेको छ ।

Jan Utthan Public Library, Tansen Palpa

जनआन्दोलन-२ मा लोकतान्त्रिक पक्षमा मत जुटाउने, मानवअधिकार हनन्को अनुगमन गर्ने र नागरिक समाजलाई परिचालन गर्ने कार्यमा सक्रिय रुपमा प्रतिष्ठान संलग्न रहयो । प्रतिष्ठानले गरेका यी सबै कामको मुल्याङ्कन गदै हालै संयुक्त राष्ट्रसंघले आर्थिक तथा सामजिक परिषद्ले Eco-soc status मा प्रतिष्ठानलाई आवद्ध गरेको छ । जनउत्थानले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने सिलशिलामा विभिन्न स्थानमा कार्यालय खोल्दै जाने रणनीति अनुरुप नेपालकै ऐतिहासिक रुपमा शिक्षित मानिएको र पर्यटकीय जिल्ला पाल्पाको तानसेनमा जनउत्थान सामुदायीक पुस्तकालय स्थापना गरेको छ । वि.स.२०६३ साल ११ महिना ३० गते तानसेनमा जनउत्थान सामुदायीक पुस्तकालय स्थापना भएको हो ।

Jan Utthan Public Library, Tansen Palpa

जनउत्थान प्रतिष्ठानका संस्थापक अध्यक्ष मान बहादुर वि.के को योजना अनुरुप क्यानाडाबाट डा. द्रोण प्रकाश रसालीले पठाउनु भएको रु ५ हजार बीजन-सहयोग (Seed Money) बाट पुस्तकालयको सुरुवात गरिएको थियो । जनउत्थान सामुदायीक पुस्तकालयमा विद्यार्थी, सरकारी कार्यालयका कर्मचारी, मानवअधिकारकर्मी, पत्रकार र कानुन व्यवस्ाायीहरु सहित दिनमा २५/३० जनाको आगमन हुन्छ ।

Jan Utthan Public Library, Tansen Palpa

पाल्पाको तानसेनमा पुरानो धवलपुस्तकालय पनि छ तर त्यो बन्द छ । त्यसकारण जनउथान सामुदायीक पुस्तकालय चर्चामा रहेको छ । सर्वसाधारण जनताहरुको लागि स्थापना भएको पुस्तकालयलाई सहयोग गर्ने क्रममा काठमाडौबाट हिरा विश्वकर्माले रु ५ हजार सहयोग गर्नु भएको छ भने उपेक्षित दलित विकास समिति पाल्पाबाट पुस्तकालयलाई १० हजारको सामान सहयोग भएको छ । त्यसै गरि पुस्तकालयलाई New Delhi बाट सुरेश गहदराज सहितका साथीहरुले केहि पुस्तकहरु पठाईदिनु भएको छ ।

Jan Utthan Public Library, Tansen Palpa

पुस्तकालयलाई आर्थिक सहयोग गर्ने र पुस्तकहरु पर्ठाई सहयोग गर्ने सम्पूण प्रति जनउत्थान प्रतिष्ठान र जनउत्थान सामुदायीक पुस्तकालयकोतर्फबाट धन्यवाद दिन चाहन्छौ ।

Jan Utthan Public Library, Tansen Palpa

साथै पुस्तकालयमा भ्रमण तथा सहयोगकोलागि सम्पूण महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौ ।

Posted under Organizations Bay, Focus on Saturday 16 February 2008 at 11:24 pm

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.