NIDSO to bring Dalit students together in Kathmandu
Kathmandu, March 1- Nepal Independent Dalit Student Organization (NIDSO) is organizing an introduction and interaction program on Saturday, 8th March for Dalit students currently studying in the Colleges/Universities in Kathmandu valley. See details below (in Nepali).
Report by:
Ram Nepali
नेपाल स्वतन्त्र दलित विद्यार्थी संगठनको आयोजनामा अन्तरक्रिया कार्यक्रम
देशका विभिन्न भागबाट काठमाडौं उपत्यकामा आई अध्ययनरत दलित विद्यार्थीहरु बीच परिचय गराउने उद्देश्यले एक बृहत परिचयात्मक कार्यक्रमका साथै “आसन्न संविधानसभामा दलित सहभागिता र संविधानसभाको सफलताका लागि दलित विद्यार्थीहरुको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रम नेपाल स्वतन्त्र दलित विद्यार्थी संगठनको आयोजनामा गरिएको छ। उक्त संगठनले निम्न मिति, स्थान र समयमा उपस्थित हुनको लागि हार्दिक अनुरोध गरेकोछ।
मितिः २०६४ साल, फाल्गुन २५ गते, शनिबार
स्थानः सगरमाथा हल, पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार
समयः दिनको ठिक ११:३० बजे
सम्पर्कः राम नेपाली (अध्यक्ष) ९८४१४४०३०२, रिता वि.क. (सदस्य) ९८४१७५६८३२