संस्कृत विद्यालयमा दलित धेरै

संस्कृत विद्यालयमा दलित धेरै

सन्तोष पोखरेल

भानु -तनहु“, वैशाख २७ - बाहुनले मात्र संस्कृत पढ्छन् भन्ने मान्यता यहा“को संस्कृत विद्यालयमा तोडिएको छ । भानुस्थित भानु संस्कृत माविमा ब्राह्मणभन्दा धेरै दलित र जनजाति छन् । यसमा पनि अधिकांश विद्याथी छात्रा हुन् ।

दस कक्षासम्म पढाइ हुने विद्यालयमा ब्राह्मणबाहेक अन्य जातिका विद्यार्थी दोब्बर छन् । छात्रा पनि बढी छन् ।

प्रधानाध्यापक सुधीरकुमार झाका अनुसार विद्यालयका करिब ३ सय ५० व्ािद्यार्थीमध्ये २ सय ५० दलित, जनजातिलगायत छन् । दलित-जनजातिमध्ये आधीभन्दा बढी

छात्रा छन् ।

१९९९ सालमा स्थापित विद्यालयमा ६ देखि ८ कक्षासम्म संस्कृत विषय अनिवार्य छ । ९ र १० कक्षामा भने ऐच्छिक बनाइएको छ । गत वर्षेखि मावि तहमा अर्थशास्त्रलाई ऐच्छिक विषयका रूपमा थप गरेपछि संस्कृत पनि ऐच्छिक बनेको प्रधानाध्यापक झाले बताए ।

झाका अनुसार अर्थशास्त्र थपेपछि मावि तहमा संस्कृत पढ्नेको संख्या घट्दो छ । र्’अर्थश्ाास्त्र राख्नुअघि बाध्य भएर संस्कृतलाई ऐच्छिक बनाउनुपथ्र्यो’ उनले भने, र्’अर्थशास्त्र पढ्न पाएपछि संस्कृत पढ्ने घटेका छन् ।’ एसएलसीमा अन्य विद्यालयस“ग प्रतिस्पर्धा गर्नुर्ुपर्ने भएकाले अर्थशास्त्र थपेको

उनले बताए ।

परम्परागत रूपमा बाहुनले पढ्ने विषय अन्य समुदायका सदस्यले पढ्दा अनौठो लागे पनि अहिले सामान्य ह“ुदै गएको उनले बताए । ‘संस्कृतको जगर्ेना गर्नुर्ुपर्ने हुन थालेको छ,’ झाले भने, ‘बाहुनले जस्तै दलित र जनजाति विद्यार्थीले एकैछिनमा कविता लेख्न सक्ने भएका छन् ।’

कक्षा आठका अमृत विकले बाहुनसहित सबैले आफ्नो इच्छाअनुसार विषय रोज्न पाउनुपर्ने बताए ।

‘पहिले पहिले स्वस्थानीका श्लोक पढ्नसमेत मुस्किल हुन्थ्यो, अहिले सरर पढ्न सकिन्छ,’ उनले भने, ‘नेपाली भाषालाई सजिलो र सरल बनाउन यसले मद्दत गरेको छ ।’ संस्कृत विषय पढ्दैमा कुनै फरक नपरेको ८ कक्षाकी करुणा विकले बताइन् । अरूको भन्दा फरक विषय पढ्दाको आनन्द बेग्लै हुने उनको भनाइ छ । ‘संस्कृत ज्ञानको भण्डार हो यसलाई बचाइराख्नुर्ुपर्छ,’ उनले भनिन् ।

संस्कृतलाई टपरी विद्या भनेर हेला गरे पनि यसले नेपाली भाषालाई शुद्ध बनाउने संस्कृतका शिक्षक हरिभक्त ढकालले बताए । समयअनुसार परिवर्तन हुने भन्दैमा संस्कृतलाई पनि भुल्न नहुने उनको तर्क छ ।

Source: ekantipur.com Posted on: 2008-05-09 19:31:07

Posted under News on Saturday 10 May 2008 at 12:29 pm

3 Comments »

  1. Comment by prakash pariyar — June 16, 2008 @ 9:20 am

    this prakash pariyar iam from tanahun dist basantpur v d c ward no 7 iwill be happy new coming ganatantra, dalit pani manise hun dalit lai hela nagarnu hola,

  2. Comment by deepa bardewa — July 5, 2008 @ 6:53 am

    Dearst sir, kin ho no gril ko any news it,s my view.aha sabai kta haruko matra ho gril ko 6ena kin asto bibedha.
    deepa

  3. Comment by deepa bardewa — July 5, 2008 @ 6:57 am

    o ta bhaena hai kin ho k ta ko matra 6 ni ta. k t haruko ta 6ena kin asto.o mero aapatti ho hai

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.