Nepali Poems: अब त गणतन्त्र आई सक्यो !
अब त गणतन्त्र आई सक्यो !
- तेज सुनार
ए, मन्दिर प्रवेश गर्न डराउनेहरु हो,
होटेल वा चिया पसल वा रेष्टुरेन्टमा बाहिर बसेर खाने,
अनि भाँडा आफै माझेर लुरु लुरु जानेहरु,
धारा, कुवा, इनारमा पालो कर्ुर्नेहरु वा
लाचार भएर छुट्टै धारा प्रयोग गर्नेहरु हो,
विद्यालयमा पछाडिको बेन्चमा वा अलग्गै बस्नेहरु
वा
खानेपानीको भाँडा नछुने, चमेना घर भित्र नपस्ने
र सरस्वतीको पुजामा अलग्गै बस्नेहरु हो,
यी सब तुरुन्तै बन्द गर अनि चुडाल बन्धनहरु,
अब त नेपालमा गणतन्त्र आइसक्यो !!
ए, अरुको हलो जोत्ने हलिहरु,
भाडा औजार बनाउने र लुगा सिलाउने बालिघरेहरु,
अनि अरुको डोली बोक्नेहरु हो ।
अब त शोषण विरुद्ध आफ्नो अधिकारको लागी जुरमुराउ !!
ब त नेपालमा गणतन्त्र आइसक्यो !!
ए, टाढा रहेर रमिते भई
ताली बजाई आफ्नो सहभागीता जनाउनेहरु,
अब औपचारिक र अनौपचारिक हरेक निकायको हरेक तहमा खोज
आफनो समानुृपातिक प्रतिनिधित्व र सक्रिय सहभागिता
भुमि नहुने भुमिहीनहरु
र
राज्यको र्सार्वजनिक श्रोत र साधनमा पहँुच नहुनेहरु,
जल, जमीन, जगंल, जनावर र
जनश्रम बजारमा समान हिस्सा खोज,
किनकी अब त गणतन्त्र आइसक्यो !!
यदि तिमीलाई कसैले रोक्यो भने
सोध प्रचण्ड, गिरीजा, झलनाथलाई
अनि
उपेन्द्र, महन्त, नारायणकाजी
चित्रबहादुर र विजुक्छेहरुलाई
के गणतन्त्र तिमीहरुलाई मात्र आएको हो —
अनि खोज हिसाब
सेतु बिक, दीपक विश्वकर्मा, चन्द्र वयलकोटी
र जनयुद्धमा
एघार सय दलितले दिएको बलिदानीको
एवं
लाखौ दलितले गणतन्त्रका लागि पसिना बगाएको !!
गणतन्त्र
- तेज सुनार
गणतन्त्र त आयो नेपालमा,
यतिले मात्र पुग्दैन,
गणतन्त्रसँगै सुशासन, आउनुपर्छ,
कानूनको शासन, सहभागिता,
पारदर्शिता, जवाफदेहिता आउनुपर्छ,
त्यतिले अझै पुग्दैन समावेशीता,
सामाजिक न्याय, सकारात्मक विभेद,
समानुपातिक प्रतिनिधित्व सँगसँगै आउनुपर्छ,
त्यति मात्रले कहाँ पुग्छ र,
मानव मर्यादा, आर्थिक समुन्नति, सबैका लागि सबै मानवअधिकार
अनि समतामूलक अवसर र पहँच सबैका लागि आउनु पर्छ ।
यी सबै सँगसँगै लिएर गणतन्त्र,
राज्यको हरेक निकायको हरेक तहमा छिर्नु पर्छ,
मन्त्रालय, विभाग, अड्डा, अदालत, विद्यालय, क्याम्पस,
पार्टी, संघ, संगठनमा छिर्नु पर्छ,
अनि छिर्नु पर्छ नागरिक समाजमा, संघ संस्था र महासंघहरुमा
र निजी क्षेत्रहरुमा पनि
त्यतिले मात्र कहाँ पुग्छ ।
छिर्नु पर्छ एन.जि.ओ, आई.एन.जि.ओ .मा,
दातृ निकायमा, यू.एन. एजेन्सीहरुमा,
त्यतिले मात्र पनि अझ पुग्दैन,
यो. त पुग्नु पर्छ समाज, समुदाय, टोल टोल, घर घरमा,
व्यक्ति व्यक्तिमा र
व्यक्तिका पल पलका व्यवहारहरुमा,
अन्ताटÂ्रय सम्मेलन केन्द्रमा आएर अल्झनु हुदैन गणतन्त्र ।