Dalit Organizations in Nepal have protested against oath taking in Hindi Language by VP Jha
Various Dalit organizations in Nepal including Dalit Liberation Front of Nepal (Unified) and Udpidit Dalit Samudaya Sanjal (Oppressed Dalit Community Network) of Baglung have protested against oath taking in Hindi Language by Vice President Permananda Jha.
Countrywide protests sparked against Vice President Parmananda Jha, when he took the oath of office and secrecy in Hindi language, and continued on Saturday, for the third straight day. Read a report at: ekantipur.com.
Last Wednesday (July 23), President Dr Ram Baran Yadav administered the oath in Nepali language while Vice President Jha was taking the oath translating into Hindi. Hindi is one of the main national languages of India, and is neither VP Jha’s mother tongue nor a national language of Nepal. Many political leaders have felt that the VP Jha’s action has hurt the sentiments of all Nepali people.
The press statement released by the Dalit Liberation Front of Nepal (Unified) is given below:
नेपाली जनताको लामो समयदेखिको बलिदानीपूण संर्घष, विशेषगरी दश बर्षो महान जनयुद्ध तथा १९ दिने ऐतिहासिक जनआन्दोलनद्वारा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गरिमामय उपराष्ट्रपति पदमा विभिन्न छलछाम, षड्यन्त्र र अपवित्र गठबन्धनद्वारा निर्वाचित हुनुभएका श्री परमानन्द झाले यही साउन ८ गते शितलनिवासमा आयोजित सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति पदको सपथ ग्रहण गर्दा आयातित “हिन्दी भाषा” प्रयोग गरी नेपाली जनता र राष्ट्रको गम्भीर अपमान गरेको कुरा हाम्रो गौरवशाली संगठनले ठहर गर्दछ । उपराष्ट्रपति परमानन्द झाले हिन्दु अतिवादी शैलीमा “कपाल मुण्डन गरेर” भारतीय राष्ट्रभाषा हिन्दीमा सपथ लिएको सो कार्यप्रति हाम्रो संगठन कडा शब्दमा भर्त्सना समेत गर्दछ । राष्ट्रिय अखण्डता, र्सार्वभौमिकता र स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनेगरी उपराष्ट्रपति झाले गरेको सो सपथ ग्रहणले धर्मनिरपेक्ष र छुवाछूतमुक्त राष्ट्रको उपहास समेत भएकाले उनलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गरिमामय उपराष्ट्रपतिको पदमा बस्ने कुनै नैतिक अधिकार छैन । तर्सथ, हामी मुलुकका ५० औं लाख दलित समुदायको तर्फाट उक्त कार्यको कडा शब्दमा भर्त्सना गर्दै तत्काल उपराष्ट्रपति पदबाट राजीनामाको माग गर्दछौं । अन्यथा, लामो त्याग र बलिदानबाट प्राप्त उपलब्धीको रक्षाको निमित्त जुनसुकै संर्घष्ा गर्न हामी बाध्य हुनेछौं ।
तिलक परियार
अध्यक्ष
नेपाल दलित मुक्ति मोर्चा (एकीकृत)
केन्द्रीय समिति
साउन ११, २०६५ ।
A news distpatch from Udpidit Dalit Samudaya Sanjal (Oppressed Dalit Community Network) of Baglung:
बागलुङ/ १२- उत्पीडित दलित समुदायको सञ्जाल बागलुङले नेपाल राष्ट्रका गरिमामय उपराष्ट्रपति पदमा परमानन्द झाले हिन्दी भाषामा लिएको सपथका विरुद्ध एक कार्यक्रम सम्पन्न गरेको छ । करिब ७५ जना दलित सहभागीताको बीचमा बागलुङ सञ्जालले सदरमुकाम बागलुङको पर्रि्रमा गरि उपराष्ट्रपतिको पुतला जलाउने र नेपाली भाषामा शपथ लिनु पर्ने माग राखेको छ । कार्यक्रममा बोल्दै नेपाल दलित मुक्ति मोर्चा (एकीकृत) बागलुङ जिल्ला कमिटीका सदस्य ओम वहादुर विश्वकर्माले विदेशी षडयन्त्रका विरुद्ध दलित समुदाय सजग हुनु पर्ने बताए । कार्यकंमका अर्का वक्ता नेपाल उत्पीडित जातीय मुक्ति समाजका अञ्चल कमिटीका अध्यक्ष गोविन्द नेपालीले दलित सभासदले विदेशी भाषाका विरुद्ध सदनमा बोल्नु पर्ने माग राखे । त्यसैगरि दलित महिला सञ्जालकी अध्यक्ष लक्ष्मी बोहोराले राष्ट्रमा हुने चलखेल र धोकाका विरुद्ध दलित महिलाले आन्दोलनमा लाग्नु पर्ने बताइन । कार्यक्रममा उत्पीडित दलित समुदायको सञ्जालका अध्यक्ष धनवहादुर परियारले उपराष्ट्रपति जस्तो गरिमामय पदमा रहेर विदेशी भाषालाई ठाँउ दिन खोज्नु नेपालीहरुप्रति बेइमानी भएको विचार व्यक्त गरेका छन । नयाँ नेपालमा दलित लगायत देशभकत र राष्ट्रभक्तलाई झुक्काउन नपाइने चुनौति दिए । कार्यक्रमको संचालन उत्पीडित दलित समुदायका सञ्जाल बागलुङका महासचिव वीरवहादुर विश्वकर्माले गर्नु भएको थियो ।
Report by:
Bhakti Nepal
for Nepaldalitinfo