Stop demeaning proverbs!
August 14- Mero Sansar Nepali Blog run by salokya (Umesh Shrestha) has brought out today a timely call for a band to demeaning proverbs, which can no longer be part of Nepali cultural heritage, but rather they are disgraceful expressions handed down from the feudal past. Keep up the good work Mero Sansar! We are in complete solidarity with you in your crusade against these demeaning and highly deplorable proverbs. Any usage of all these proverbs and all other of these kinds must be banned by law, and stopped in any part of Nepalese society. In the 21st century, anyone reciting these proverbs is inhuman, and is also uncivilized lot of the feudal past.
One of the 11-point demands put forward by the nepaldalitinfo network right from its inception in 2003 was the following:
Demand # 10: Denounce and disband all expressions, proverbs, verbatim or written works, which promote hierarchical caste discrimination and untouchability in the society. Entrust [Royal, now no longer Royal] Nepal Academy and Legal Book Management Authority with necessary directives to review and recommend corrections to all such official documents that take Dalits and other oppressed people for granted under the age-old caste discriminatory practices, and execute appropriate measures for making such corrections in the context of modern contemporary world. (Click here –> http://www.nepaldalitinfo.20m.com/demands.html for a list of nepaldalitinfo demands)
Excerpts from www.mysansar.com
फूलका सयौँ थुंगाका रुपमा जातजाति रहे पनि वास्तवमा हामी एउटै माला- नेपालीको हुनुपर्ने हो। तर जातिका आधारमा कसैलाई होच्याउने काम पहिलेदेखि हुँदै आएको हाम्रो समाजमा चलनचल्तीमा रहेका केही उखान टुक्काहरुले पनि देखाउँछ। अबको परिस्थितिमा यी उखानटुक्काहरुको प्रयोगलाई वर्जित गरिनुपर्छ र विभेद जनाउने कुनै पनि कार्य गरिनुहुन्न। आउनुस्, वर्जित गर्नै पर्ने केही चलनचल्तीमा रहेका उखानहरुलाई हेरौँ-
अर्तीको कुरा घर्तीको पनि लिनुपर्छ
अर्तीले घर्ती मान्दैन
मरेपछि डुमै राजा
एक घर विष्ट दश घर कामी, जस्ता तिमी उस्तै हामी
कागभन्दा कोइली चङ्ख, कोइलीभन्दा खत्री चङ्ख
कामीको पालो कात्तिकमा
कामीको बिहे, अठार खाँचो
कामी-दमाई माग्न जान्दैन, दाद-लुतो आउन जान्दैन
कालो बाहुन गोरो शुद्र, यिनीदेखि डराउँछन् महारुद्र
कुहिरे बाहुन, कैले खस, जुङ्गे मगर रस न बस
कुखुरा बास्यो, कामी नास्यो
खसको कुरा, पेटको छुरा
खसको कोखमा दाँत हुन्छ
खसको बिहेमा मगर नास्ती
टुप्पीभन्दा माथि थात छैन, बाहुनभन्दा माथि जात छैन
दमाई-कामी बोलाई नुनको खती
दमाईको थुक चोखो, बाहुनको मुख चोखो
दमाईको लुगामा तुना छिनेको
सियो हराएको दमाई जस्तो
दिनमा कमिनी कपाल कोर, रातमा कमिनी घोचा चोर
नेवार इस्ट र बाबु दुस्ट कहिले हुँदैन
नेवारको मुख चल्छ, थाक्सेको हात चल्छ
पश्चिमबाट घाम उदाउनु र बाहुनको चित्त बुझाउनु एउटै हो
ब्रत बस्ने हामी, फलाहार खाने कामी
बाहुनको चित्त माखाको पित्त
बाहुनको बिर्ता बोकाको मोलमा जान्छ
बाहुनलाई खाई जाडो, क्षेत्रीलाई नुहाई जाडो
बाहुनले च्याउ खाअोस् न स्वाद पाअोस्
विष्टका घरमा भात पाक्यो, दमाईका घरमा खलबल
भँडारीको बिहेमा पाँडेको परिपञ्च
भए अन्त नभए बुढाथोकीको जन्त
भोटेको बुद्धि भेडाको जस्तो
मरेको मधेसीले जिउँदो पहाडेलाई ठग्छ
माझीको मतो गर्दा सात गाउँ डुबे
राजाको काम छोडी कामीको देवाली
सानो जात मात्दैन, मातेपछि बाँच्दैन
सार्कीको देउता अक्षताले मान्दैन
सार्कीको सरापले डिँगो मर्दैन
क्षत्री बिग्रियो मोजले नेवार बिग्रियो भोजले
जहाँ दही त्यहीँ बाहुनको सही
जहाँ गुलियो त्यहीँ बाहुन भुलियो
जहाँ केरा त्यहीँ बाहुनको डेरा
ताक परे तिवारी नत्र गोतामे
कुमाईको घुमाइ- पूर्वीयाको जाल, गुरुङको बुद्धि- नेवारको काल
थारुलाई दारु र मुसा भए केही चाहिँदैन
लिम्बुको बुद्धि घुँडामा
जाँड खाएको सार्की जस्तो