नेपालीहरुको अर्को ठुलो चाड तिहारको संघारमा महान व्यक्तित्व लक्ष्मिप्रसाद देवकोटाको सम्झना

- प्रकाश चन्द्र परियार

दशैको लगतै हामी नेपालीहरुको अर्को ठुलो चाड तिहारको संघारमा आईपुगेका छौ । तिहारको शुभकामना आदान प्रदान पनि शुरु भई सकेको छ । यही मेसोमा विश्वभरीका आदरणीय दलित दाजुभाइ तथा दिदी वहिनीहरुमा म पनि यही अपिल मार्फ शुभकामना अर्पण गर्न चाहन्छु ।

प्रसंग तिहारकै हो तर म हरेक तिहारको धार्मिक तथा आर्थिक हिसावले र्सवाधिक महत्व मानिने गाई तिहार याने लक्ष्मिपुजाको दिनलाई विशेष स्वागत गरिरहेको छु आर्थिक र धार्मिक मानेमा होईन सामाजिक अँन्दोलनका युग पुरुष, जातिवादी विरुद्धका प्रणेता , नेपाली साहित्यका पिताममह, दक्षिण एशियाका सिद्धहस्त चिन्तक, राष्ट्रवादलाई केन्द्रीय महत्वका साथ शिक्षामन्त्री वनेका महाकवि लक्ष्मिप्रसाद देवकोटाको स्मृतिमा ।

ति महान व्यक्तित्व जसले व्रि्रम संवत २ हजार २ सालमा यो सताव्दिकै चर्चित साहित्यिक कृति मुना मदनको रचना रचना गरे ।

विकीका हिसावले समेत प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनको दर्तामा मुनामदन आज सम्मकै र्सवाधिक विकी र सवैभन्दा वढी छापिएको साहित्यिक निधिमा किर्तीमानी कायम छ । तिनै महान व्यक्तित्व लक्ष्मिप्रसाद देवकोटाको जन्म जयन्ति आगामी १२ गते याने अक्टोवर २८ गते मनाईदैछ । राणा शासनको समय जति वेला छुवाछुत प्रथा कानुनी दायरामा लादिएको थियो त्यतिवेला मानिस ठुलो दिलले हुन्छ जातले हुदैन भन्ने महान विचारलाई नेपाली झर्र्र्रो भाषामा साहित्यिक श्रृजना गरेर नेपाली जातिवादी, संकर्ीण्ा भाग्यवादी, विभेदकारी र दास युग विरुद्ध शब्द वुनेर त्यसको अन्त्यका लागि धावा वोल्दै नेपाली समाजलाई समानता, भाइचारा र मानवताका नाताले दिशा निर्देश गर्न राणा शासनको खप्कि व्यहोर्दै कलम चलाए अथवा त्यति वेलाको अवस्थामा राणा शासन विरुद्ध जघन्य अपराध गरे र त्यसको परिणाम पनि भोगे, जेलको काल कोठरीमा ।

उनै महान व्यक्तित्वको जन्म जयन्तिलाई नेपाली दलित आन्दोलनका सारथीहरु, समतावादी चिन्तनका अगुवाहरु, मानवतावादी आन्दोलनका नेतृत्वकर्ताहरु , जीवनवादी दर्शनका पक्षपातिहरु र सामाजिक आन्दोलनका नेताहरु, मानवअधिकारका अभियनताहरु मात्रै होईन जातिवादी, छुवाछुतप्रेमी र हिन्दू धार्मिक अतिवादको खिलापमा जान अन्जान अग्रपंक्तिमा रहेका समस्त नेपालीहरुको अग्रजका रुपमा महामानव लक्ष्मि प्रसाद देवकोटालाई सम्झना गर्दै उनको योगदानको उच्च सम्मान र नेपाली सामाजिक आन्दोलनमा उनले खेलेको अतुलनिय भुमिकालाई हामीले कसरी संस्थागत रुपमै मनाउन सक्छौ - साहित्यिक महारथीका रुपमा विख्यात चरचा पछि साहित्यक क्षेत्रमा अचाक्ली श्रद्धा कमाएका देवकोटा साहित्य अनुरागीहरुका लागि मात्रै सम्झना योग्य हुन त - अथवा उनी कविहरुका लागि मात्र पुजनिय हुन त्यसमा पुनरावलोकनको जरुरी महसुस गरेको छु । अथवा व्यत्तित्वका अगाडी महाकवि पद धारण गरे पछि सामाजिक क्षेत्रले उनलाई साहित्यकारको पेवाकै रुपमा छोडी दिएका त होईनन प्रश्न गर्न मन लागेको छ ।

त्यसैले पर््रार्थनीय साहित्यकारहरुमध्ये पनि भिमनिधि तिवारी,महानन्द सापकोटा, छविलाल पोखरेलहरु९ जन्म भने निधि, सापकोटा, पोखरेल र देवकोटाहरु कथित उच्च जातीय कुलमा जन्मिएका हुन जस्ता संकर्ीण्ा जातिवादी विरोधी कलमवाजहरुका पनि शिर्षथ र पुजनिय व्यक्तित्व लक्ष्मिप्रसाद देवकोटालाई किन सामाजिक आन्दोलनका प्रणेतका रुपमा हामीले उच्च कोटीको सम्मान गर्ने परम्परा नवसाल्ने भन्ने चिन्तनको विजारोपण गर्दै कार्यान्वयनतर्फ दृष्टिगोचर होस भन्ने अभि प्रायका साथ यो अपिल वहसमा ल्याउन चाहेको हु“ ।

महा मानव देवकोटाको जन्मजयन्तीलाई जातिवाद विरुद्धको आन्दोलनका रुपमा मनाउन जातिवादवाट राष्ट्रिय अन्तराष्ट्रिय जीवनमा पछाडी पारिएका दलित आदिवासी जनजाति र गैर व्राहमण सुमदायलाई क्रमशः यो आन्दोलनमा ऐक्यवद्धता जनाउदै अवैज्ञानिक जातिवाद विरुद्धको अभियानमा हातेमालो गर्न देवकोटा जयन्तिको मन्चलाई उपयोग गर्न हामी पछाडी परिरहेका त छैनौ - पैरवी र टिप्पणीका लागि सकारात्मक सकारात्मक हुन सक्छ ।

देवकोटाकृत मुनामदन काब्यमा आधारित चलचित्र पनि वनिसकेको छ । त्यसलाई पर््रवर्द्धन गर्न राष्ट्रिय चलचित्र विकास वोर्ड , चलचित्र कलाकार संघ र निर्माता संघहरुले उल्लेख्य चासो जाहेर गरेनन, नत चलचित्रको विषयवस्तु जातिवाद विरुद्ध छ र त्यसलाई पर््रवर्द्धन गरेर जातिय विभेद विरुद्धको अभियानमा उपयोग गर्ने रणनीति दलित जनजातिहरुले गर्ननै सके ।

Posted under Perspectives / Analysis on Friday 24 October 2008 at 7:34 am

1 Comment »

  1. Comment by Hira Bishwakarma — October 26, 2008 @ 2:57 pm

    लक्ष्मीप्रसाद देवकोटालाई दलितले पनि त्यत्तिकै महान रुपमा मान्ने की नमान्ने भन्ने सम्वन्धमा मेरो प्रकाशचन्द्र परियार भन्दा अलि फरक मत राख्न चाहान्छु । उनी नेपालका महान साहित्यकार हुन त्यसमा दुइ मत छैन, उनी धेरै हदसम्म प्रगतिशिल र मानवतावादी साहित्यकार हुन त्यसमा पनि शंका गर्ने ठाउं छैन । तर उनले दलितका पक्षमा आफ्नो विलक्षण प्रतिभाको प्रयोग गरे भन्ने कुरामा शंका गर्न सकिन्छ । उनी काठमाडौंमै जन्मेको भएता पनि त्यति वेला दलित अछूतहरुलाई अत्यन्तै धेरै उत्पीडन थियो र अहिले सम्म पनि दलितले डेरा पाउन गार्हो छ, अतः उनी जस्तो मानवतावादी तथा प्रगतिशिल कवि साहित्यकारको आंखाले त्यो देखेन होला भनेर पत्याउन गार्हो छ । तर उनले दलितहरुले भाग्नु परेको जातीय उत्पीडनको चर्चा उनको निवन्ध, कविता, उपन्यास, खण्डकाव्य तथा महाकाव्यमा कतै पाईदैन । जहां सम्म मानिस ठूलो दिलले हुन्छ जातले हुदैन, क्षेत्रीको छोरो यो पाउ छुन्छ घीनले छुदैन भन्ने मुना मदनको कवितालाई उधृत गरेर ठुलो समानताको सन्देश दिएको चर्चा गरिन्छ, त्यो उनले कुन प्रसंगमा भने भन्नेकुराको चर्चा गर्नु सान्दर्भिक हुन्छ ।

    मुना मदन खण्डकाव्यको कथा अनुसार मदन भोटबाट फर्किने क्रममा उसलाई हैजा लाग्छ, अनि उसका सवै साथीले उसलाई छोडेर जान्छन् र एउटा भोटेले उसको उद्धार गरेर उसलाई वचाउंछ । उ उपचार पछि स्वस्थ भएर घर फर्किने वेलामा उसलाई वचाउने भोटेको खुट्टा छोयर उसले यो कुरा गरेको हो । हिन्दु संस्कार अनुसार भोटे अर्थात तामाड० संभवत दलित अछूतमा पर्दैनन । अतः यहि भनाईलाई मानेर उनलाई दलितहरुले पनि महान भनि पगरि गुथाई दिनुइ त्यति न्यास संगत होला जस्तो लाग्दैन ।

    मेरो विचारमा दलितको पक्षमा आफ्ना साहित्यिक कृति मार्फ यदि कसैले गुन लगाएका छन् भने ती हुन नाटक सम्राट वालकृष्ण सम तथा अर्का नाटककार भीमनीधि तिवारी । वालकृष्ण समको एउटा उद्गार छ मानिसको जात मानिस हो उस्को अरु कुनै जात छैन, उनले चिसो चुल्हो भन्ने महाकाव्य लेखेका छन् र त्यसको प्रमुख पात्र एउटा दमाईलाई वनाएका छन् र त्यो जमानमा सो महाकाव्यमा एउटा दमाई केटा र काजीखलककी केटीसंगको प्रेम कथालाई उनले उनेका छन् ।

    विसे नगर्ची इतिहासको कुनै रसातलमा भासिइ सकेका थिए, तर त्यसलाई आफ्नो ऐतिहासिक नाटक मार्फ दलित आन्दोलन मात्रै नभई नेपालको प्रजातान्त्रिक आन्दोलनमा समेत स्थापित गर्राई दिने कार्य उनले गरेका छन् । यदि विसे नगर्ची नाटक न लेखिदो हो त विसे नगर्चीलाई हामीले चिन्न सक्दैन थियौ होला । यहि नाटकको मुख्य पात्रलाई अहिलेको लोकतान्त्रिक आन्दोलनका कवि श्रवण मुकारुमले आफ्नो वहुचर्चित कविता विसे नगर्चीको वयान मार्फ अझ स्थापित गराउन महत्वपर्ूण्ा भूमिका निर्वाह गरेका छन् । अतः देवकोटा ठूला महाकवि भएता पनि दलितका लागि पनि त्यतिकै वन्दनीय छन् भन्नु अलि वढिनै होला भन्ने म ठान्दछु ।

    - हिरा विश्वकर्मा

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.